Sunday, December 30, 2012

काँग्रेस नेता महत गुल्मी आउने

Voice of Gulmi,पि.एम.मगर

गुल्मी, पौष १४ गते । नेपाल शिक्षक संघ गुल्मीको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न काँग्रेस नेता रामशरण महत गुल्मी आउनुहुने भएको छ । यही २१ गतेका दिन सदरमुकाम तमघासमा हुन गईरहेको संघको अधिवेशनलाई नेता महतले उद्घाटन तथा सम्वोधन गर्नुहुने साथै नेपाली काँग्रेसका जिल्ला कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको संघका जिल्ला अध्यक्ष प्रेम भण्डारीले जानकारी दिनुभएको छ ।
सोही अवसरमा संघको शिक्षक दीप नामक मुख पत्रको चौथो अंकको समेत विमोचन हुने उहाँले वताउनुभयो । अधिवेशनका लागि अहिलेदेखि नै तैयारी शुरु भएको र अधिवेशनमा जिल्लाभरवाट शिक्षकहरुको व्यापक उपस्थिति हुने अध्यक्ष भण्डारीले वताउनुभयो । साथै उहाँले शिक्षक संघका पदाधिकारी तथा संघमा आवद्ध सम्पुर्ण शिक्षकलाई अधिवेशनमा उपस्थित हुन समेत आग्रह गर्दै अधिवेशन भव्य र शानदार रुपमा सम्पन्न हुनेमा आशावादी रहेको वताउनुभयो । अधिवेशनको शनिबार पनि तैयारी वैठक वसेको थियो ।

No comments:

Post a Comment