Wednesday, March 26, 2014

,नवलपरासीको अर्खलामा जिप दुर्घटना दुई जनाको मृत्यु

Voice of Gulmi,चैत्र ११ नवलपरासी नवलपरासीको पहाडी राजमार्ग अन्तर्गत बुलिङटार दलदले सडकखण्डको अर्खलामा  भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बुलिङटारबाट दलदलेका लागि आउँदै गरेको ना१ज २०७७ नम्बरको जिप अर्खला भिरबाट २०० मिटर तल खसेको हो । बुलिङटार बस्ने ३६ वर्षीया निमकुमारी सूर्यवंशी र डाडाँझेरी– ९ बस्ने ३७ वर्षीय जिप चालक दीपेन्द्र फालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिए । दुर्घटनामा आठ जना घाइते भएका छन् भने घाइतेमध्ये किरण रानाभाटको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनास्थल विकट पहाडी गाविस भएकाले घटनाका बारेमा ढिला थाहा भएको बताइएको छ । बुलिङटार प्रहरी चौकी र रुद्रपुर प्रहरी चौकीको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि कावासोतीतर्फ ल्याउँदै गरेको कावासोती प्रहरीले जनाएको छ ।

गत वर्षको तुलानामा यस वर्ष गुल्मी जिल्लामा परीक्षा थप मर्यादित भएको जिल्ला शिक्षा कार्यालयको दावी छ ।

Voice of Gulmiचैत्र ११ गुल्मी ,जारी एसएलसी प्रवेशिका परीक्षाको पाचौँ दिन आज विद्यार्थीहरुले सामाजिक अध्ययन विषयको परीक्षा दिएका छन् । गुल्मी जिल्लामा आजको परीक्षा अत्यन्त मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ मरासिनीले जानकारी दिनुभएको छ । जिल्लाको कुनै पनि केन्द्रमा त्यस्ता अप्रिय घटना नघटेको उहाँले बताउनुभयो । हिजोको अनिवार्य विज्ञान विषयको परीक्षामा भने गुल्मी जिल्लावाट १ जना विद्यार्थी निष्काशित भएका थिए भने ९ गते आईतबार भएको अनिवार्य गणित विषयका परीक्षामा ४ जना विद्यार्थी निष्काशित भएका थिए । परीक्षा समयमा परीक्षाको मर्यादा भन्दा वाहिर रही कार्य गरेको भेटिएपछि ती विद्यार्थीको परीक्षा रद्ध गरिएको थियो। गत वर्षको तुलानामा यस वर्ष परीक्षा थप मर्यादित तथा व्यवस्थित भएको जिल्ला शिक्षा कार्यालयको दावी छ ।

अर्घाखाँचीमा एसएलसी परिक्षामा निष्कासित हुने बिधार्थीको संख्या ८ पुग्यो

Voice of Gulmi,अर्घाखाँची चैत्र ११, एसएलसी परिक्षामा निष्कासित हुने बिधार्थीको संख्या अर्घाखाँचीमा ८ पुगेको छ ।परिक्षाको मर्यादा बिपरित काम गरेको भन्दै आज सामाजिक बिषयमा अर्घाखाँचीको जनज्योति उच्चमाबि सन्धिखर्क परिक्षा केन्द्रबाट १ जना बिधार्थी निष्कासित भएका छन् ।यस अघि बिभिन्न बिषयमा जिल्लाको जनपृय उच्च माबि असुरकोट परिक्षाकेन्द्र बाट १ जना , बिश्व उच्च माबि ढाकावाङ परिक्षाकेन्द्र बाट २ जना , सरस्वती माबि सितापुर वडाचौर परिक्षा केन्द्रबाट २ जना,युवाबर्षा जनता रबिचित्र उच्चमाबि सन्धिखर्क परिक्षाकेन्द्र बाट १ जना र कालिका नेरा उच्च माबि खन परिक्षा केन्द्र बाट १ गरि ८ जना बिधार्थी निष्कासित भएका हुन् ।

Monday, March 24, 2014

६५ बर्षका बृद्धले नौ बर्षीया ‘नातिनी’लाई बलात्कार गरे

Voice of Gulmi,अनिल खत्री   गुल्मी, १० चैत । नातिनीको उमेरका नौ बर्षीया अबोध बालिकालाई बलात्कार गर्ने एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको जोहाङ्ग गाविस वडा नम्बर १ चोरकाटेका ६५ बर्षीय खिमानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय बालिकालाई फकाईफुलाई पटक पटक बलात्कार गर्ने अर्याललाई इलाका प्रहरी कार्यालय जोहाङ्ग खैरेनीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बुझाएको छ ।  बिहीवार अर्यालले बलात्कार गरेपछि बालिकाले आमालाई बताएकी थिइन् । प्रहरीमा पुगेकी बालिकाकी आमाको उजुरीका आधारमा अर्याललाई पक्राउ गरिएको गुल्मी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेका अर्यालले बालिकालाई मिठाई दिई कहिले घरको छतमा ,कहिले शौचालयमा यौन शोषण गदै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।  अर्याललाई करणीको मुद्दा चलाइने प्रहरीले बताएको छ । अर्याल स्थानीय चोरकाटे बजारका ब्यापारी समेत हुन् ।  गुल्मीकै खड्कोट गाविसमा १० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा खड्कोट गाविस २ का २९ बर्षीय जीवन दमाईलाई केही दिन अघि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
अनिल खत्री 
गुल्मी, १० चैत । नातिनीको उमेरका नौ बर्षीया अबोध बालिकालाई बलात्कार गर्ने एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको जोहाङ्ग गाविस वडा नम्बर १ चोरकाटेका ६५ बर्षीय खिमानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय बालिकालाई फकाईफुलाई पटक पटक बलात्कार गर्ने अर्याललाई इलाका प्रहरी कार्यालय जोहाङ्ग खैरेनीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बुझाएको छ ।
बिहीवार अर्यालले बलात्कार गरेपछि बालिकाले आमालाई बताएकी थिइन् । प्रहरीमा पुगेकी बालिकाकी आमाको उजुरीका आधारमा अर्याललाई पक्राउ गरिएको गुल्मी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेका अर्यालले बालिकालाई मिठाई दिई कहिले घरको छतमा ,कहिले शौचालयमा यौन शोषण गदै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
अर्याललाई करणीको मुद्दा चलाइने प्रहरीले बताएको छ । अर्याल स्थानीय चोरकाटे बजारका ब्यापारी समेत हुन् ।
गुल्मीकै खड्कोट गाविसमा १० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा खड्कोट गाविस २ का २९ बर्षीय जीवन दमाईलाई केही दिन अघि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
- See more at: http://dainiknepal.com/news/15638/#sthash.HwaENDCW.XpONyss7.dpuf
अनिल खत्री 
गुल्मी, १० चैत । नातिनीको उमेरका नौ बर्षीया अबोध बालिकालाई बलात्कार गर्ने एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको जोहाङ्ग गाविस वडा नम्बर १ चोरकाटेका ६५ बर्षीय खिमानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय बालिकालाई फकाईफुलाई पटक पटक बलात्कार गर्ने अर्याललाई इलाका प्रहरी कार्यालय जोहाङ्ग खैरेनीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बुझाएको छ ।
बिहीवार अर्यालले बलात्कार गरेपछि बालिकाले आमालाई बताएकी थिइन् । प्रहरीमा पुगेकी बालिकाकी आमाको उजुरीका आधारमा अर्याललाई पक्राउ गरिएको गुल्मी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेका अर्यालले बालिकालाई मिठाई दिई कहिले घरको छतमा ,कहिले शौचालयमा यौन शोषण गदै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
अर्याललाई करणीको मुद्दा चलाइने प्रहरीले बताएको छ । अर्याल स्थानीय चोरकाटे बजारका ब्यापारी समेत हुन् ।
गुल्मीकै खड्कोट गाविसमा १० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा खड्कोट गाविस २ का २९ बर्षीय जीवन दमाईलाई केही दिन अघि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
- See more at: http://dainiknepal.com/news/15638/#sthash.HwaENDCW.XpONyss7.dpuf

Monday, March 17, 2014

गुल्मीमा बिभिन्न कार्यक्रम गरि होली मनाइयो

Voice of Gulmi,शिबलाल सुबेदी गुल्मी २ चैत्र । - रंगहरुको चाड होली पर्व आज गुल्मी जिल्लामा बिभिन्न कार्यक्रमहरु ग्रि मनाइएको छ । गुल्मी जिल्लामा पछिल्लो समयमा होली बिशेष हर्सोल्लासका साथ मनाउन थालिएको छ । रगंहरुको पर्व होली आज गुल्मी जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न स्थानहरुमा घैटो फोर्ने तथा बिभिन्न सागिंतिक मनोरञ्जनका कार्यक्रमहरु ग्रि मनाइएको हो । केटाकेटी देखि युवायुवती र बृद्धबृद्धाहरु समेतले आज रगंहरु दलेर होली पर्व मनाएका छन । होलीमा रातो, निलो, पहेलो, हरियो, लगायतका बिभिन्न रगंहरुको प्रयोग भएका थिए । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा समेत लिने गरिन्छ । यता जिल्ला प्रहरी कार्यलय गुल्मीले पनि होलीको दिन आज सुरक्षा ब्यवस्थालाई कडा बनाएको थियो । होलीमा जथाभावी रगं दल्ने, लोला हान्ने लगायतका बिभिन्न उछिन्खल गतिबिधीहरु ह्ुने भन्दै सुरक्षा ब्यवस्था कडा पारेको थियो । प्रहरील्े आज दिनभर होलीलाई अनुशासित र मर्यादित बनाउनका लागि बिहानैदेखि माइकिङ्ग गदै सदरमुकाम तम्घास बजारको परिक्रमा गरेको थियो । होलीमा समाजमा विकृति, विसंगति र उच्छृङखल गतिविधि हुन सक्ने भन्दै प्रहरीले जिल्लावासीहरु बिशेष अनुरोध गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका निमित्त प्रहरी प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिन्भयो । यस्तै होली पर्वमा हुन सक्ने दुर्घटना न्यूनीकरण्ँ गर्न ट्राफिक प्रहरीले समेत आज दिनभर विशेÈ अभियान सञ्चालन गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सदरमुकाम तम्घासका बिभिन्न स्थानहरुमा चेकप्वाइन्ट खडा गरी सवारी जा“च तथा चालकहरुले मदिरा सेवन गरे नगरेको चेकजाचं गरेको थियो । मादक पदार्थ सेवन गरी गाडी चलाउने, हेलमेट नलगाउने, Ôमता भन्दा बढी यात्रु चढाउने, लगायतका बिभिन्न गल्ती गर्ने केही सवारीका साधन र चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ । गुल्मी जिल्लामा अघिल्ला दिनहरुको तुलनामा आइतबार सवारीका साधनहरु समेत कमी चलेका थिए । अघिल्ला बर्षहरुमा स साना दुर्घटनाहरु ह्ुने गरेकाले यस बर्ष भने कुनै दुर्घटना नभएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । आईतवार पहाडमा होली पर्व मनाइएको हो भने सोमबार तराइमा गरि यस बर्षको होली मनाइदै छ

गुल्मी क्षेत्र नम्बर २ मा ज्ञवाली

Voice of Gulmi,शिबलाल सुबेदी गुल्मी २ चैत्र ।-नेकपा एमाले गुल्मी क्षेत्र नम्बर २ को दोस्रो क्षेत्रिय अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले देवनारायण ज्ञवालीको अध्यक्षतामा सर्वसम्वत ३२ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा माधव ज्ञवाली, सचिवमा भुवन टण्डन, उप सचिवमा प्रकाश काफ्ले, लगायत ३२ सदस्य रहनु भएको छ । शनिवार बिहानदेखि शुरु भएको अबिधेशन राती १२ बजे मात्र सर्वसम्बत नेतृत्व चयन गदै सकिएको थियो । अबिधेशनमा इलाका नम्बर ५ बाट नेत्र ज्ञवाली, नारायण ज्ञवाली, हुमनाथ ज्ञवाली, इलाका नम्बर ६ मा शोभाखर पन्त, अर्जुन ज्ञवाली, नरपति काफ्ले, हरि भण्डारी रहनु भएको छ इलाका ७ मा बिनोद कुमार भुसाल, हरि नारायण कडेल, खुमलाल आचार्य भने इलाका नम्बर ८ मा अर्जुन आचार्य, बिरेन्द भुसाल, जयलाल आचार्य,गोपाल मरासिनी, निर्विरोध निर्वाचि हुनुभएको छ । त्यस्तै इलाका नम्बर ९ बाट हरि बहादुर कुवँर, ढाल बहादुर कार्की र कमल खत्री, जनजातीतर्फ हिरा सिहं सतुङ्गी र जुक्त बहादुर छन्तेल रहनु भएको छ भने दलितमा गोपाल सुनार, कुष्ण नेपाली र अर्जुन बिक निर्वाचित हुनुभएको हो । यता महिला तर्फ शान्त्रा चुदाली, सोनु बराल, सीता कार्की, मिना गौतम रहनु भएको छ । त्यस्तै मुस्लिममा मोहम्मद सागिर मिया निर्बिरोध निर्वाचित हुनु भएको छ । नयाँ कार्यसमितीले तिन जनालाई भने मानोनित गर्ने जनाएको छ । कार्यक्रममा राष्ट«िय प्रतिनिधि परिÈद् सदस्य निलकण्ठ गौतम, नर्मदा भण्डारी, मैना भण्डारी, अञ्चल कमिटि सदस्य कोशल पोखरेल, पुर्व जिल्ला अध्यÔ बोम बहादुर खड्का, जिल्ला उपाध्यÔ मधुकृष्ण्ँ पन्थ, सचिव सोमनाथ सापकोटा, गुल्मी काडमाण्डौ सम्पर्क मञ्च Ôेत्र नं २ का अध्यÔ रविन्द्र जंङग रायमाझि लगायतले शुभकामना मन्तव्य व्यतm गर्नुभएको थियो । अबिधेशनको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रिय प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

Sunday, March 16, 2014

लङका जित्ने हनुमान पगेरी गुथ्ने ढेडु – नेता ज्ञवाली

Voice of Gulmi,टोपलाल अर्यालunnamed (1)। आगामी स्थानिय निकायको चुनावमा नेकपा एमालेलाई पहिलो शत्तिको रुपमा उभ्याउन एमाले नेता प्रदिपकुमार ज्ञवालीले आफ्ना जिल्ला स्तरिय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । दोस्रो संविधान सभा चुनावमा गुल्मी जिल्लामा नेकपा एमाले दोस्रो शत्ति भएपनि जनमतको हिसावले पहिलो भएकाले निरासा होइन नयाँ उमङ्ग र आशाका साथ निर्वाचनमा लाग्न उहाँले अनुरोध समेत गर्नु भयो ।
नेकपा एमाले गुल्मी क्षेत्र नं २ को दोस्रो अबिधेशनलाई संबोधन गर्दै एमाले प्रचार बिभाग प्रमुख ज्ञवालीले पहिले एमाओवादीले गर्ने जस्तो गलत प्रचारबाजी गर्ने प्रवृति अहिले काङग्रेसमा हावी भएको आरोप लगाउनु भयो । तम्घास -अर्खले –भुवनपानी –नयाँगाउँ मोटरबाटोको लागी हामीले अर्थमन्त्रालयको ढोका ढकढकाएर रकम प¥यौ, अहिले केहि काङग्रेसका नेताहरुले आफुले गरेको भन्दै नाम राख्दै हिडेका छन रे । उहाँले भन्नु भयो लङका जित्ने हनुमान पगेरी गुथ्ने ढेडु ।
अधिबेशनको उद्घाटन सत्र सकिएको र आगामी २ बर्षको लागी नयाँ नेतृत्व चयन गर्नका लागी बन्दसत्र शुरु भएको अनेरास्वावियूका जिल्ला सचिव राजेन्द्र बिक्रम कुवंरले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निलकण्ठ गौतम, नर्मदा भण्डारी, मैना भण्डारी, अञ्चल कमिटि सदस्य कोशल पोख्रेल, पुर्व जिल्ला अध्यक्ष बोम बहादुर खड्का, जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्थ, सचिव सोमनाथ सापकोटा, गुल्मी काडमाण्डौ सम्पर्क मञ्च क्षेत्र नं २ का अध्यक्ष रविन्द्र जंङ्ग रायमाझि लगायतले शुभकामना मन्तव्य ब्याक्त गर्नुभएको थियो । अधिबेशन आयोजक कमिटि सयोजक देवनारायण ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रम आयोजक कमिटि सदस्य कर्ण बिकको स्वागत एवं उपसंयोजक भुवन टण्डनको संचालनमा सम्पन्न भएको थियो ।

Friday, March 14, 2014

मूल्यबृद्धि फिर्ता लिन बैद्य माओवादीको चेतावनी

Voice of Gulmi, काठमाडौ, फाल्गुन ३० - मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले मूल्यबृद्धि फिर्ता लिन माग गर्दै फिर्ता नलिए सडक आन्दोलनमा उत्रने चेतावनी  दिएको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको निर्णयले पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनमा मुल्यबृद्धिको निर्णय गरेको थियो ।  निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६–६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नेकपा–माओवादीका सचिव देव गुरुले जारी गरेको बिज्ञप्तीमा निगमभित्रको अनियमितता, अनावश्यक कर्मचारी र व्यबस्थापनका असमर्थताका कारण निगम घाटामा गएको दाबी गरिएको छ ।  दुई दिन अघि मात्रै दूधको मूल्य बढाउनु र पेट्रोलियम पदार्थको भाउ बढाउनुले सरकार जनविरोधी काम गर्न उद्यत भएको देखिएको बिज्ञप्तीमा भनिएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले पनि बिज्ञप्ती जारी गर्दै दूध र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । 
Dev_Gurung_Maoist_leader
काठमाडौ, फाल्गुन ३० - मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले मूल्यबृद्धि फिर्ता लिन माग गर्दै फिर्ता नलिए सडक आन्दोलनमा उत्रने चेतावनी  दिएको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको निर्णयले पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनमा मुल्यबृद्धिको निर्णय गरेको थियो ।
निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६–६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नेकपा–माओवादीका सचिव देव गुरुले जारी गरेको बिज्ञप्तीमा निगमभित्रको अनियमितता, अनावश्यक कर्मचारी र व्यबस्थापनका असमर्थताका कारण निगम घाटामा गएको दाबी गरिएको छ ।
दुई दिन अघि मात्रै दूधको मूल्य बढाउनु र पेट्रोलियम पदार्थको भाउ बढाउनुले सरकार जनविरोधी काम गर्न उद्यत भएको देखिएको बिज्ञप्तीमा भनिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले पनि बिज्ञप्ती जारी गर्दै दूध र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
- See more at: http://www.ekantipur.com/np/2070/11/30/full-story/385702.html#sthash.mi3248oi.sQdy5Rq4.dpuf
मूल्यबृद्धि फिर्ता लिन बैद्य माओवादीको चेतावनी

Thursday, March 13, 2014

अप्सनाले भनिन् ‘ त्यसो भए चुक्कुल लगाउनुस

Voice of Gulmi,प्रेम सुनार
गुल्मी, फाल्गुन २९ । स्थान  तम्घासको होटल मझेरी । वन्द कोठा दुई वटा वेड । अर्ध नग्न विस्तरामा द रियल हिरो की नायिका अप्सना थापा । पातलो कपडा, हिस्ट पुष्ट अंग–प्रत्यअंग र कामुक मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । वेड सिन दिन सक्नु हुन्छ ? मुस्कुराउँदै कति देखाउने ?  भन्दै  उनले आफ्नो कपडा तानेर भनिन् ‘  यति सम्म देखाउन सक्छु ।’  अलि  हट दिन मिल्दैन ? उनले अलि झ्याम्मीदै भनिन् ‘त्यसो भए चुुक्कुल लगाउनुस् ।’
चुक्कुल लागाएँ । झयालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । जुन चाँही एक्सोपोज नगर्नु भनिन् । तपाईको न्युज र फोटा देखेर पाठकहरुले निकै सेक्सी लुक्स भएकी रहिछन् अप्शना त भन्ने प्रतिकृया दिए नि पाठकहरुले , साँच्ची तपाईको लुक्स मात्र सेक्सी कि मेन्टल्ली पनि सेक्सी ? भन्ने प्रश्नमा हाँस्दै, लजाउँदै र ओंठ टोक्दै भनिन् ‘थाह छैन्………… ।’
सेक्सको अनुभुत गर्नु भाछ ? जवाफ थियो–‘किन ढाँट्नु गरी सक्या छु । ’ कति वर्षको उमेरमा ?–‘ १८ वर्षको उमेरमा । ’पहिलो पटक सेन्सको अनुभुती कस्तो लाग्यो ? मन्द मुस्कानका साथ भनिन् –‘रमाईलै हुँदो रहेछ………’ । त्यो पहिलो अनुभुत दिनेसंग विवाह गर्ने कि नगर्ने ? –उनले भनिन्–‘अँह उसंग त गर्दिन् । ’ सेक्स के होे ?– ‘आँखा घुमाउँदै र मुकुराउँदै भनिन् ‘लाईफसंग जोड्ने अभिन्न पाटो…’। सेक्सको अन्तिम ईमोशनको पोज दिन मिल्छ ? भनेर सोधे पछि उनले आँखा ओछाईन् ओंठ टोकिन् र  छिटो छिटो स्वास प्रस्वास छाडिन् । जो निकै तिब्र गतिको छटपटाहट थियो । साँच्ची नै उत्तेजित मुडमा उनि ववाल देखिने रहेछिन् ।
पाँच सात पटक पोज दिदा दिदै अप्शनालाई हतार भई सकेको थियो । उनको आमा विमारी भएर काठमाणडौ जान सुडकेशमा कपडा राखी सकेकी थिईन् । ओझेलका खवरका लागि छोटो रेडियो कुराकानी गरियो । जो निकैलाई मन पर्ने अपेक्षा राखेका छौं । गुल्मी कै नायक तिलक केसीसंग नायिकाको भुमिकामा रहेकी अप्सना यहाँको सुटिङ्ग सकेर आजै काण्ठमाण्डौ लागेकी छन् । गुल्मीलाई विर्सन नसक्ने बताउँदै उनले फेरी फेरी पनि गुल्मी आउने बताईन् ।
उनी स्याङ्गजाकी चेली हुन् । द रियल हिरो र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् । हेरौं होटल मझेरीमा खिचिएका तस्वीरहरु मध्ये उनले एक्सपोज गर्न स्वीकृत दिएका केहि पोजहरु
yuy hhhhhh oo unnamed

Wednesday, March 12, 2014

गुल्मीको ग्वादीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु ६ जना घाईते

Voice of Gulmi,सीता भण्डारी,गुल्मी, २८। - फागुन,गुल्मीको ग्वादीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । ग्वादीवाट रीमुवा तर्फ बालुवा लिएर जाँदै गरेको लु २ त ४३९९ नम्बरको ट्याक्टर ग्वादीको वार्ड नं ८ पोसापाखामा दुर्घटना ग्रस्त भएको हो । दुर्घट्नामा परी वामीका १५ वर्षिय युवराज रसाइलीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घाईतेहरु ग्वादी वार्ड नं ८ की १९ वर्षिय मीना विक,सोही ठाउकै २३ वर्षिय लीला विक, रिमुवा ४ की १५ वर्षिय निरा विक, रिमुवा ८ का ५० वर्षिय भक्त बहादुर सिंजाली र उनकी श्रीमती होमा सिंजालीको पाल्पा मिसन अस्पताल तान्सेनमा उपचार भईरहेको छ । उक्त ट्याक्टर उकालो वाटोमा गेयर चेन्जगर्ने क्रममा अनियन्त्रीत भई सडकबाट करीब ३ सय मीटर तल खसी दुर्घटना ग्रस्त भएको हो । ट्याक्टर चालक भने फरार रहेको र खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Tuesday, March 11, 2014

जीप दूर्घटनामा दुईको मृत्यु, ११ घाईते

Voice of Gulmi,
जनार्दन घिमिरे/गुल्मी समाचारदाता गुल्मी, २७ फागुन ।- गुल्मीको ठूलोलुम्पेक गाविसमा मंगलवार भएको जिप दूर्घटनामा परि एकै घरका दुई जनाको ज्यान गएको छ भने अन्य ११ जना घाईते भएका छन् । दूर्घटनामापरि सोही गाविस ३ निवासी ६० वर्षीय सन्त वहादुर राहाडी र निजकि ५५ वर्षीय श्रीमती खगिसरा राहाडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलवार विहान सन्त वहादुरको घटना स्थलमै ज्यान गएको वताए पनि गंभिर घाईते भएका उनीहरु दुवै जनाको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वताईएको छ । ठूलो लुम्पेकवाट वुटवलतर्फ जादै गरेको लु १ ज १९५८ नम्वरको उक्त जीप मंगलवार विहान सोही गाविस २ र ३ वार्डको सिमाना स्थित कुँदार भन्ने स्थानमा दूर्घटना भएको वताईएको थियो । व्रेक फेल भई दूर्घटना भएको उक्त जीप सडकवाट ५० मिटर तल खसेको छ । घाईतेहरु मध्य मंगलवार सात जनाको प्राथमिक स्वास्थ्य केन्द्र रिडि र अन्य चार जनाको पाल्पा स्थित लुम्विनि मेडिकल कलेज प्रवासमा उपचार भईरहेको प्रहरीले वताएको छ । घटना स्थल सदरमुकाम तम्घासदेखि १४ कोष टाढा पूर्वमा पर्दछ ।

Sunday, March 9, 2014

शिसु जन्माएर मारेको आरोपमा युवती पक्राउ

Voice of Gulmi,प्रेम सुनार गुल्मी । - अन्तराष्ट्रिय नारी दिवसका अवसरमा नारी हक अधिकारका कुरा उठी रहेका बेला जिल्ला प्रहरी कार्यालय गुल्मीले भने अवैध सम्वन्धबाट शिसुको जन्म दिई जंगलमा फालेको अभियोगमा गुल्मी खज्र्याङ्गकी एक युवतीलाई पक्राउ गरेको समाचार दिएको छ । फागुन ११ गते खज्याङ्गको बाटो नजिकै जंगलमा मृत फेला परेको शिसु उनैको भएको आशंकामा प्रहरीले २१ वर्षिया सुस्मीता (नाम परिवतर्न) लाई पक्राउ गरेको जानकारी दिएको हो । त्यस कार्यालयका सुचना अधिकृत रहेका प्रहरी निरक्षक निशन्त श्रीवास्तवले उनि त्यस दिन देखि फरार रहेको र वुटवल देखि पक्राउ गरी हिरासतमा लिएको बताए । ति युवतीले शिसु मारेर फालेको आशंका गरिए पनि त्यो शिसु कुन पुरुषको हो भन्ने नखुलेको उनको भनाई छ । ति युवतीसंग निकै हेउपेउ रहेको भनिएका एक स्वास्थ्यकर्मी पुरुषलाई भने प्रहरीले सामन्य सोधपुछ गरी छाडेको बताईएको छ । ति पुरुष कुनै एक दलको प्रभावशाली कार्यकर्ता रहेकोले राजनैतिक संरक्षण पाएको खज्र्याङ्गका केहि समाज सेवीहरुको आरोप छ । प्रहरी निरक्षक श्रीवस्तवले भने त्यो आरोप गलत भएको बताएका छन् । मृत शिसुको गलामा महिलाको भित्री वस्त्रले कसीएको बताईन्छ । मृत शिसु स्थानियले फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । नारी दिवसको अवसरमा उनको जवानी लुट्ने पुरुष पानी माथीको ओभानो हुने र ति युवती शिसु हत्याको अभियोगमा जेल जाने हुन की भन्ने संकेत देखा परेको छ ।


Friday, March 7, 2014

गुल्मी जिल्लाका सभासदलाई सम्मान

Voice of Gulmi, अनिल खत्री गुल्मी फाल्गुन २३
   गुल्मी जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने सभासदललाई बिभिन्न संगठन र दलहरुले सम्मान गरेका छन । बिहिवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्थित बिभिन्न राजनैतिक दल,नेपाल पत्रकार महासंघ गुल्मी शाखा,आदिवासी जनजाति महासंघ,संञ्चारिका समुहले सयुक्तरुपमा  एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने ७ जना सभासदलाई सम्मान गरेका छन । गुल्मी जिल्लाको सातौ गणतान्त्रिक जिल्ला परिषदको उदघाटन कार्यक्रममा जिल्ला आएका सबै सभासदलाई एउटै कार्यक्रममा सम्मान गरिएको छ ।  सम्मान कार्यक्रममा नेपाली काग्रेसका सभासदहरु  गुल्मी क्षेत्र नं.१ का कृष्ण छत्याल , क्षेत्र नं.२ का चन्द्र भण्डारी,सुवर्ण ज्वारचन,नेकपा एमालेका सभासदहरु गुल्मी क्षेत्र नं.३ का गोकर्णराज बिष्ट,दिलसोभा पुन,एकिकृत नेकपा माओवादी बाट सभासद सृजना त्रमु र नेकपा मालेकी  सभासद कमला बिश्वकर्मा लाई सम्मान सम्मान गरेका छन । सम्मान कार्यक्रममा दलहरुको तर्फबाट बोल्दै नेकपा एमाले गुल्मीका जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्तले संबिधान सभाबाट एक वर्ष भित्र लोकतान्त्रिक संबिधान जारि गर्न र जिल्लाका बिकास निमार्णका काममा ध्यानदिन आग्रह गर्नु भएको थियो । यस्तै कार्यक्रममा पत्रकारको तर्फबाट बोल्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले नेपाल पत्रकार महासंघ गुल्मी शाखाको नवनिर्मित भवन निर्माण र पत्रकार अछयकोष स्थापनाको लागी सहयोगर्न र  जिल्लाको बिकास निमार्णमा ध्यानदिन आग्रह समेत गरेका छन । कार्यक्रममा बोल्दै नेपाली काग्रेस गुल्मी क्षेत्र नं. २ का सभासद चन्द्र भण्डारीले पत्रकार महासंघको भवन निमार्णमा सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गदै जिल्लाको बिकस निमार्ण सगै नया संबिधान निमार्ण तर्फ ध्यान दिई रहेको बताउनु भएको थियो  । सम्ममान कार्यक्रममा बोल्दै नेकपा मालेकी महिला सभासद कमला बिश्वकर्मा जिल्लाको बिकास निमार्णमा गुल्मी जिल्लाका सबै सभासद एकै ठाउमा उभिएर बिकास निमार्णका काममा ध्यान दिने बताउनु भएको थियो ।

       

सुशासन अभियान गुल्मीको वैठक सम्पन्न

Voice of Gulmi,विष्णु पौडेल गुल्मी, फागुन २३ ।-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध सुशासन अभियान गुल्मीको वैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा आज वसेको वैठकले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा सञ्चालित एलाक डीपी कार्यक्रम अन्तर्गतको चैत मसान्तसम्मको कार्ययोजना पारित गरेको छ । कार्ययोजनामा सरकारी कार्यालयवाट सेवा लिँदा सर्वसाधरणले खेप्नुपरेको हैरानी तथा ढिलासुस्तीलाई हटाउँदै सार्वजनिक सेवालाई छिटो, छरितो र गुणस्तरीय वनाउन सेवाग्राही र सेवाप्रदायक विच विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । कार्ययोजना अन्तर्गत अन्तरक्रिर्या, गुनासो संकलन, सुशासनसम्बन्धि रेडियो कार्यक्रम प्रशारण, एलाक डीपी कार्यक्रमसम्बन्धि प्रचारप्रसार लगायतका कार्यक्रम समेटिएको एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले वताउनुभयो । यसैगरी मिडिया फेलोसिप वितरणका लागी संस्थाका कोषाध्यक्ष माहाशर्मा भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा नरेश भण्डारी र पिएम मगर रहनुभएको छ । सरकारी सेवा र सुशासनसम्वन्धि समाचार लेखनमा पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्न लागिएको हो । संस्थाले फागुन १२ गते १५ दिने सूचना प्रकाशन गरी पुरस्कारका लागी निवेदन दिन सवै पत्रकारहरुलाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न भएको वैठकमा उपाध्यक्ष शुशिला मरासिनी, कोषाध्यक्ष माहाशर्मा भण्डारी, सदस्य नरेश भण्डारी, वेदप्रसाद कुँवर, धनेन्द्र विश्वकर्मा, एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवर, कार्यक्रम सहायक विष्णु पौडेल लगायतको उपस्थिती रहेको थियो । यसवर्षदेखि गुल्मी जिल्लामा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमार्फत सञ्चालित एलाक डीपी कार्यक्रमले सरकारी कार्यालय वा सार्वजानिक संस्थानवाट प्राप्त सेवामा हुने हैरानी, ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारसँग सम्वन्धित उजुरीमा सरसल्लाह र आवश्यक कानूनी परामर्श दिँदै आएको छ । कार्यक्रमले सरकारी कार्यालय वा सार्वजानिक निकायसँग सम्वन्धित उजुरी भएमा ०७९–५२०८५४ वा टोलफ्रि नम्वर १६०६०–०१–२२–२११ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

एकिकृत घुम्ती शिबिर सम्पन्न

Voice of Gulmi,अनिल खत्री गुल्मी फाल्गुन २३ :-गुल्मी जिल्लाको क्षेत्र नं. १ जुनिया गाबिसको चोरकाटेमा दुई दिने एकिकृत घुम्ती सिबिर सम्पन्न भएको छ । जिल्ला प्रसासन कार्यालय गुल्मीको आयोजनामा बिहिबार र शुक्रबार दुई सम्म सम्पन्न शिबिरमा सदर मुकाम तम्घासबाट दिइने सेवा प्रदान गरिएको थियो । शिबिरमा जिल्ला प्रसासन कार्यलयबाट नागिरता,जिल्ला हुलाक कार्यलय बाट हुलाक टिकट बितरण,नेपाल टेलिकम बाट सिमकाड बितरण,जिल्ला आर्युबेद कार्यलयबाट बिामी जाच जेष्ट नागरिक शक्त्ती व्र्दक औषदी बितरण नसा रोगीलाई मेसिनबाट सेक्ने,महिला तथा वालवालिका अपाङ्गपरिचय पत्र बितरण, र महिला हिंसा बिरुद्ध शिक्षा ,जिल्ला स्वाथ्य कार्यलयबाट बिरामी जाच औषदी बितरण र स्वाथ्य शिक्षा ,जिल्ला कृषि बिकास कार्यलयबाट बिउपल बितरण,वालिबिरुवाको नमुना सहित प्लान्ट क्लिनिक,जिल्ला निर्वाचन कार्यलयबाट फोटो सहितको मतदाता नामावली संकलन ,जिल्ला पसु सेवा कार्यलयबाट नाम्ले तथा माटे रोगको औषदी बितरण,जिल्ला प्रहरी शान्ति सुरक्षा सम्बन्धी शिक्षा लगायतका कार्यलयको सेवा प्रदान गरिएको साहयक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकादिनु भयो । दुई दिन सम्म संञ्चालित घुम्ती शिबिरमा जिल्ला प्रसासनबाट १ सय ८४ जनाले नागरिता प्राप्त गरेका छन । ६ सय ६३ जनाले आर्युबेद स्वाथ्य सेवा,३ सय ६० जनाले जिल्ला कृषि कार्यलयबाट बिउ वाली तथा कृषि सम्बन्धी परामर्स, ३ सय ६५ जनाले नेपाल टेलिकम बाट सिम काड ,२ सय ४३ जनाले पसु सेवा बाट नाम्ले तथा माटे रारेगको औषदी बितरण , ३१ जनाले अपाङ्ग परिचय पत्र ,२ सय ६४ जनाले फोटो सहितको मतदाता नामावालीमा नाम दर्ता,२ सय ३५ जनाको जिल्ला स्वाथ्य कार्यलय बाट स्वाथ्य परिक्षण गरेकोे साहयक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकादिनु भयो । स्वाथ्य परिक्षण गरिएका मध्ये ५ जनाको पाठेघरको सम्बन्धी अप्रेसनको लागी अनेत्र सिफारिस गरिएको बताइएको छ ।

नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज आपतकालीन अवतरण

Voice of Gulmi,काठमाडौं शुक्रबार , २३ फागुन   नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज प्राविधिक गडबडीका कारण काठमाडौं विमानस्थलबाट उड्नासाथ आपतकालीन अवतरण गरेको छ ।
काठमाडौंबाट लामीडाँडा उड्दै गरेको ट्विनअटर जहाज रनवे छाडेर एक सय फिट माथि पुगेपछि आपतकालीन अवतरण गरेको हो ।
विमानस्थलमा रहेका प्रहरी उपरीक्षक दीलिप चौधरीले विमान ‘इमर्जेन्सी ल्यण्डिङ’ गरेको र यात्रुहरु सकुशल रहेको पुष्टी गरे पनि त्यसबारे विस्तृत विवरण आफूलाई थाहा नभएको बताए ।
विमानको चालक दलमा क्याप्टेन सञ्जय वैद्य, को–पाइलट प्रशान्त राईका साथै १५ जना वयस्क र तीन जना बालक रहेको बुझिएको छ ।
यसअघि पोखराबाट जुम्ला जाँदै गरेको निगमकै ट्विनअटर विमान ४ फागुनमा अघाँखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

तीन मिनेट भाषण गर्न एक दिनको यात्रा.

Voice of Gulmi,भरत पाण्डेय धुर्कोट् (गुल्मी), २३ फागुन ।- जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका हुन्छन् । त्यसमा पनि जिल्लाको समग्र योजना बनाउने विषयमा उनीहरूको मन्तव्यले विशेष अर्थ राख्छ । तर गुल्मीको सातौँ जिल्ला परिषद्मा भने त्यसो हुन सकेन । जिल्ला परिषद् कार्यक्रम तैयारी गर्ने निकाय जिल्ला विकास समितिको फितलो व्यवस्थापनले यहाँका सभासद्हरूले एक दिनको यात्रा गरेर जम्मा तीन मिनेटमात्र भाषण गर्न पाए । उनीहरूले मन्तव्यका क्रममै त्यसप्रति गुनासो गरे । “हामी बुधबार बिहान ५ बजे गाडी चढेर साँझ ५ बजे यहाँ आयौँ, जिल्लाको विकासको विषयमा कुरा गर्न तर जम्मा तीन मिनेट समय भनेर छुट्याउनु हुन्थेन”– गुल्मीकी सभासद् दिलशोभा पुनले भन्नुभयो । सातौँ गणतान्त्रिक जिल्ला परीषद्मा सभासद्का लागि जम्मा तीन मिनेट भन्दै समय छुट्याएपछि उहाँले मन्तव्यकै क्रममा यस्तो बताउनुभयो । परिषद्मा जिल्लाका ससाना सङ्गठन र नेतादेखि सभासद्, पूर्वमन्त्री र मन्त्रीसम्म गरी अढाइ दर्जनभन्दा बढीको भाषण राखिएको जिल्ला परिषद् निकै लम्बेतान भएकाले खल्लो भएको कार्यक्रमका अतिथि र दर्शकहरूले बताए । उहाँले भन्नुभयो– “हामी आज संसद् बैठक छोडेर यहाँ कुरा गर्न आएका छाँै, जिल्लाको प्रतिनिधिको हैसियतले जिल्लाको विकासको विषयमा कुरा गर्नुपर्नेछ ।” पुनसहित गुल्मी जिल्लाका प्रत्यक्ष तीन र समानुपातिकका चार गरी सातजना सभासद् जिल्ला परिषद्मा मन्तव्य व्यक्त गर्न आएका थिए । उनीहरू सबैले मन्तव्य राख्ने क्रममा कार्यक्रम सञ्चालक जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले ‘कृपया छोटो मन्तव्यका लागि अनुरोध गर्दछु’ भन्ने वाक्यांश पटकपटक दोहो¥याउनुभएको थियो । सभासद् पुनसहित सुवर्ण ज्वारचन, सिर्जना तरामु, कमला विक लगायतले उद्घोषकको आग्रहबमोजिम यही दायरामा रहेर आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका भिडियोग्राफर हरि न्यौपानेले पनि लामो कार्यक्रम भएकाले समस्या भएको बताउनुभयो । “लम्बेतान कार्यक्रम छ, सबैको भिडयो खिच्न पुग्दैन, कसैको छुटे मेरो किन खिचिनस् भनेर गुनासो गर्छन्”–उहाँले भन्नुभयो–“यस्तो महत्वपूर्ण कार्यक्रम अलि मिलाएनन् ।” रासस

गुल्मी जिल्लाका सभासदलाई सम्मान

Voice of Gulmi,अनिल खत्री गुल्मी फाल्गुन २२ ।-गुल्मी जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने सभासदललाई बिभिन्न संगठन र दलहरुबाट द्धारा सम्मान गरेका छन । बिहिवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्थित बिभिन्न राजनैतिक दल,नेपाल पत्रकार महासंघ गुल्मी शाखा,आदिवासी जनजाति महासंघ,संञ्चारिका समुहले सयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने ७ जना सभासदलाई सम्मान गरेका छन ।
सम्मान कार्यक्रमका तस्विरहरु: अनिल खत्री

तम्घास अस्पतालको लापर्वाहीले सुत्केरीको ज्यान जोखिममा

Voice of Gulmi,प्रेम सुनार गुल्मी २२ फागुन ।- गत महिना तम्घास अस्पातलमा प्रशुती सेवा लिन आएकी गुल्मी अर्खलेकी एक महिलाको अप्रेशन सकेर त्यहाँका डाक्टरले त्यस बेला प्रयोग गरिने कपडा पाठेघर मैं छाडेर सिलाई गरेको खुलासा भएको छ । अर्खले ९ भाडगाउ निवासी ३० वर्षिया राधा खत्रीको गत माघ २४ गते तम्घास अस्पतालमा वच्चा जन्माउनका लागि सल्यक्रिया गरेपछि त्यहाँका डाक्टरले त्यस वेला प्रयोग गरिने कपडा उनको पाठेघरमै छाडेको कुरा राधालाइ थप उपचारका लागिे लम्विनी मेडिकल कलेज प्रवास पाल्पा पुराए पछि खुलसा भएको हो । जन्म दिईएको शिसु सकुशल भए पनि सुत्केुरी राधाको पेट दुख्न थालेपछि उनकी दिदी विष्णु केसीले उनलाई त्यहाँबाट रिफर गराई मेडिकल कलेज प्रवास पाल्पा लगेकी थिईन् । त्यहाँ लगेर पनि डाक्टरले के हो भन्ने कुरा पत्ता लगाउन सकेनन् राधाकी दिदी विष्णुले भनिन् वहिनीलाई फर्काएर घर ल्याईयो, ११ दिनमा गराउनु पर्ने न्वारन १६ दिनमा गराइयो तर वहिनी झन थला पर्दै गए पछि फेरी त्यही प्रवास पाल्पामा लगेर डाक्टरले राम्ररी चेक गर्दा पाठेघरमा कपडा फेला परेको हो । वहिनीको पाठेघरबाट कपडा झिकेको म आफैले र त्यहाँका अरुले पनि देखेका छन् उनले थपिन कपडाले असर गरेर वहिनीको आन्द्रा कुहेको र पिपै पिप थियो ।प्रवासका डाक्टरले त्यति वेला त्यो कपडा झिकेर तम्घास अस्पतालको लापर्वाही भने पनि अहिलेलाई कसैसंग केहि नभनि पहिला राधाको उपचार गराउन आग्राह गरेको विष्णुले बताईन् । अहिले किन चाहियो तपाईलाई धेरै कुरा ? डाक्टरले यस्तो प्रश्न गर्दै पहिला राधाको उपचार सफल भएपछि मात्र सवै रिर्पोट दिने डाक्टरले बताएको उनले जानकारी दिईन् । राधालाई प्रवासको आईसियु कक्षमा राखिएको र उनको अवस्था गम्भीर रहेको उनलाई कुर्न बसेकी विष्णुले बताईन । उसलाई रगत चाहिने भयो र म खोज्न बुटवलतिर जाँदैछु उनले भनिन् ८० हजार खर्च भई सक्यो त्यस माथी वहिनीको ज्यान जोखिममा छ , यसको जिम्मेवारी तम्घास अस्पतालका डाक्टरहरुले लिनु पर्दछ । यस सम्वन्धमा गुल्मीका जिल्ला स्वास्थ्य प्रमख डाक्टर हरिबहादुर केसीसंग सम्पर्क राख्दा आफुले पनि भर्खरै त्यस्तो सुनेको तर आफ काठमाण्डौंमा रहेकोले सत्य तथ्य त्यही आएर मात्र बुझ्ने बताए । उनले भने अहिलेलाई रोक्नुहोस , म आउछु र अप्रेशन गर्ने डाक्टरहरु र उहाँको टिमसंग सोधपुछ गरेर मात्र तपाईलाई समेत बोलाएर जे गर्नु पर्ला त्यही गरौंला । निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्डर रमेश नेपालसंग सम्पर्क राख्दा उनि पनि काठमाण्डौं रहेको बताए । उनले पनि हाललाई समाचार रोक्न र आफु आए पछि सवै वसेर के रहेछ बुझ्ने , छलफल गर्ने बताए । यता राधाका आफन्तजनले यस्तो खालको लपार्वाहीको समाचार बाहिर आउनु पर्ने माग गरेका छन् । राधाकी दिदी विष्णुले भनिन् पाठेघरबाट निकालेको कपडा स्वयम मैले देखेकी छु र अरुले पनि देखेका छन् , डाक्टर डाक्टर मिलेर प्रमाण लुकाए भन्दैमा हुन्छ र ? उक्त उक्त दिन राधाका अप्रेशनका लागि डाक्टर अरविन्दा शाह , डाक्टर किशोर वञ्जाडे लगायतको टिम खटिएको बताईएको छ । श्रोतका अनुसार ति दुवै जनाको सरुवा भई सकेको छ । राधा वोल्न समेत नसक्ने र उनको ज्यान जोखिममा रहेको कुरवा दिदी विष्णुले बताईन् । उनको १४ वर्षकी एक छोरी रहेकी छन् । तम्घास अस्पतालका डाक्टरहरुको यस्तो लापर्वाही विरुद्ध बुधवार तम्घासमा आयोजित जिल्ला विकास समितिको सातौं जिल्ला परिषद उद्घाटन गर्न आई पुगेका उप प्रधान मन्त्री प्रकाशमान सिंहका सामु यहाँका अधिकारकर्मीहरुले आवाज उठाएका थिए । सवै महिलाहरुको तर्फबाट बोल्दै लोकतान्त्रिक महिला सञ्जालकी अध्यक्ष विष्णु कुमारी सापकोटाले भनिन् तम्घास अस्पतालको लापर्वाहीका कारण आज एउटी महिलाको ज्यान जोखिममा छ ।

Wednesday, March 5, 2014

राष्ट्रपति कप महेन्द्र उ.मा.वि. तम्घासलाई .

Voice of Gulmi,गुल्मी २१ फागुन । गत ११ दिन देखि गुल्मीको सदरमुकाम तम्घासमा आयोजित ५ औं राष्ट्रपति रनिङ्ग शिल्ड कप पतियोगिताको बुधवार अन्तिम दिन महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घास गुल्मीले प्रथम पुरस्कार   हाता पार्न सफल भएको छ ।
उसले जिल्लाका ३२ वटा विद्यालयलाई पछाडी पार्दै निकटतम प्रतिद्धन्द्धी त्रिभुवन उच्च माध्यामिक विद्यालय कुर्घासंग जम्मा २ अंकले अग्रस्थानमा रहेर ५ औं राष्ट्रपति रनिङ्ग शिल्डकप आफ्नो पोल्टामा पारेको हो ।
त्यस विद्यालयले विभिन्न खेलबाट ७६ अंक ल्याएको थियो भने गत वर्ष राष्ट्रपति कप जित्न सफल त्रिभुवन उच्च मावि कुर्घाले ७४ अंक ल्याई दृतिय र शिद्धबाबा उच्च मावि तम्घास खानीगाउँले ७० अंक ल्याई तृतिय पुरष्कारमा चित्त बुझाउनु परेको छ ।
प्रथम, दृतिय र तृतिय पुरष्कार विजेता विद्यालयले क्रमशः १५ हजार, १० हजार र ९ हजार नगद पुरस्कार  शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरस्कार समापन समारोहका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बि.क.ले प्रदान गरेका थिए ।
अन्तिम दिन निकै रोमन्चक र राष्ट्रपति शिल्ड हात पार्न निर्णायक जस्तै मानिएको छात्र भलिवल खेल ज्यादै सकस पुर्वक उदय उच्च माध्यामिक शान्तिपुरले भानु सेकेन्डरी ईङ्गलिस वोर्डिङ्ग स्कुल हर्राचौरलाई पर्छार्दै प्रथम भएको थियो । भलिवलमा प्रथम भए पछि त्यस विद्यालयले राष्ट्रपति रनिङ्ग शिल्डकप आफ्नै पोल्टामा पर्ने हुटिङ्ग गरको भए पनि घोषण गर्ने बेलामा छाँगाबाट खसे झैं हुनु परेको थियो ।
छात्रा भलिवल खेलमा शिद्धबाबा उच्च माध्यामिक विद्यालय प्रथम भएको छ भने भानु सेकेन्डरी वोर्डिङ्ग स्कुल हर्राचौर दृतिय भएको छ । यस प्रतियोगितामा छात्र तर्फ उत्कृष्ट भलिवल खेलाडीको पुरस्कार उदय उच्च माध्यामिक विद्यालयका रञ्जीत खत्रीले हाता पार्न सफल भएका छन् भने छात्रा तर्फ उत्कृष्ट खेलाडी हर्राचौर माध्याकि विद्यालय हर्राचौरकी छात्रा अस्मीता श्रीसले प्राप्त गरेकी छन् ।
अनुशासनमा भने आदर्श विद्या आश्रम तम्घासले उत्कृष्ट पुरस्कार  हाता पार्न सफल भएको छ । एथेलेटिक्समा त्रिभुवन उच्च मावि कुर्घा नै उत्कृष्ट हुन सफल भयो । यस वर्षको रनिङ्ग शिल्ड कप हात पार्न सफल महेन्द्र उच्च माध्यामिक विद्यालयले प्रथम राष्ट्रपति शिल्ड कप पनि हात पारेको थियो ।
चार वर्ष पछि पाँचौ शिल्डकप पनि हात पार्न सफल भएकोमा त्यस विद्यालयका प्राचर्य केशरबहादुर थापाले खुशी ब्याक्त गर्दै विद्यार्थी, खेल शिक्षकलाई विशेष धन्यबाद थिए । समापन समारोहमा तृतिय पुरस्कार सौजन्यकर्ता नेपाल सुन चाँदी ब्यबसायी संघका अध्यक्ष वालकृष्ण बराल सहित खेल ब्यबस्थापक, रेफ्री एवं प्रशिक्षण गरी रहेको गुरुगोरख गुल्म धागीथुम ब्यारेकका खेलाडी, जिल्ला प्रहरी कार्यालय, विभिन्न खेल प्रशिक्षकलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो ।
चौथो राष्ट्रपति शिल्डकप प्रतियोगिता सम्म जिल्लामा मात्रै सिमित रहेकोमा गत वर्ष देखि आयोजक संस्था जिल्ला खेलकुद विकास समिति गुल्मीले तिन वटै निर्वाचन क्षत्र स्तरिय राष्ट्रपति कप खेल गराएर त्यसबाट छनौट भएका विद्यालयहरुलाई सहभागी गराएको थियो ।
फल्गुन १० गते देखि सुरु भएको पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिताका लागि नेपाल सरकार युवा तथा खेलकुद विकास मन्त्रालयबाट २ लाख रुपैयाँ आएको , जिल्ला स्थित ७ वटा गैह्र सरकारी संस्थाले ५ हजारका दरले दिएको र सुनचाँदी ब्यवसायी संघका अध्यक्ष वालकृष्ण बरालले तृतिय पुरष्कारका लागि ९ हजार रुपैयाँ सौजन्य गरेको जिल्ला विकास समितिका कार्यालय प्रमुख दिपक केसीले बताए । उनका अनुसार राष्ट्रपति रनिङ्ग शिल्डकप अन्तरगतको मार्शल आर्ट खेलको भने छनौट गर्न बाँकी छ ।
समापन समारोहमा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालको प्रमुख आतिथ्यता, रहेको थियो भने अन्य समाज सेवी र पत्रकारहरुको आतिथ्यता थियो । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बिकको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कृष्ण भण्डारीको स्वागत मन्तब्य र आईटिएफ कराँते प्रशिक्षक नवराज खरेलको सञ्चालन रहेको थियो ।
तस्वीरः चौरमा ठुलो समुहमा तस्वीर खिचाउँदै राष्ट्रपति रनिङ्ग शिल्ड कप विजेता महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासका प्रार्चय सहित शिक्षक खेलाडीहरु सार्थै छात्र भलिवल तर्फ प्रथम र दृतिय, छात्रा तर्फ प्रथम र दृतिय तथा खेल प्रशिक्षक लगायत
unnamed (34) unnamed (33) unnamed (32) unnamed (31) unnamed (30) unnamed (29) unnamed (28) unnamed (27)

Tuesday, March 4, 2014

निसुल्क आखाँ सिबिर सम्पन्न

Voice of Gulmi,अनिल खत्री गुल्मी फाल्गुन २० । - गुल्मी जिल्लाको बिभिन्न स्थानमा नेपाल नेत्र ज्योति संघ रणअंम्बिका शाहा आखा उपचार केन्द्र्र गुल्मीले जिल्लाका ग्रामीण गाविसहरुमा निसुल्क आखा सिविर सम्पन्न गरेको छ । गुल्मी जिल्लाको फोक्सीङ्ग गाबिसमा स्थानिय जनकल्यण उच्च मा.बि.फोक्सीङ्गमा दुइ दिन सम्म सम्पन्न आखा शिबिरमा ३ सय ६० जनाले आखा जाच गराएको र मध्येबाट १६ जना मोतिया बिन्दु अप्रेसन गरिएको बताइएको छ । सिबिरमा स्थानिय टिकाराम सापकोटा द्धारा औषदी तथा चश्मा किन्ने बिरामीहरुका लागी सहयोग स्वरुप रु ८० हजार बराबरको रकम सहयोग गरेको आखा उपचार केन्द्र गुल्मी प्रमुख सुर्य बहादुर बस्नेतले बताउनु भयो । शिबिरमा गुल्मी जिल्लाका पोक्सीङ्ग,पुर्तिघाट,हराचौर,ग्वाघा,लगायतका स्थानबाट बिरामीहरुको सहभागिता रहेको थियो । यस्तै गुल्मी जिल्लाकै मजुवामा पनि आखा सिबिर सम्पन्न भएको छ । आखा उपचार केन्द्र गुल्मीको सहयोग र स्थानिय जागृति महिला बिकास शहकारी मजुवा गुल्मीको आयोजनामा दुई दिन सम्म सम्पन्न सिबिरमा ४ सय ५५ जना बिरामीले आखा जाच गराएका छन भने ५६ जना बिरामीले मोतियबिन्दुको अप्रेसन गरेको प्रमुख सुर्य बहादुर बस्नेतले बताउनु भयो । बिशिरमा गुल्मी जिल्लाका मजुवा,जुभुङ्ग,तराङ्ग,आपचौर,जोहाङ्ग,जुनिया शान्तिपुर लगायतका स्थानबाट बिरामीहरुको सहभागिता रहेको थियो ।

Sunday, March 2, 2014

पत्रकारिताको विकास नै ताकत भएको गोकर्णबिष्ट को भनाई

Voice of Gulmi,अनिल खत्री । गुल्मी, फागुन
हाँले मुलुकको अहिलेको राजनीतिमा जनताको आशा जगाउने खालको परिस्थिति नदेखिएको बताउनुभयो । विघठिट संविधानसभाको कमी तथा असफल्तालाई पनि राजनीति दलहरुले बोध गर्न नसकेको उहाँको भनाई थियो । अहिले पनि राजनीति दलहरु सत्ता राजनीतिमा अल्झिरहेकाले त्यसबाट मुलुकलाई निकास दिनका लागि पत्रकारहरुको सुझाव तथा दबाब जरुरी रहेको बताउनुभयो कार्यक्रममा विशेष अतिथि केन्द्रीय प्रतिनिधी एबं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपक पाण्डेले मुलुकको विकास तथा राजनीतिक निकासका लागि पत्रकारले खेल्नुपर्ने भूमिकाका विषयमा पत्रकारहरुले गरेका प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने कुरामा जोड दिनुभयो । गुल्मी जिल्लामा विद्युतीय सञ्चार माध्यमहरु भएपनि छापा पत्रिका नहुँदा दुःख लागेको बताउँदै यसको निरन्तरताका लागि आफुले भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दिनेश पन्थी, राप्रपाका कमलराज अर्याल, नेकपा माओवादीका जिल्ला इन्चार्ज विरबहादुर कार्की, निमित्त स्थानीय विकास अधिकारी इन्जिनियर लालु गिरी, पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष एबं सल्लाहकार हरिकुमार श्रेष्ठ, रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकारहरु व्यवसायिक पत्रकारिता र त्यसमा पनि विकास पत्रकारितातर्फ लाग्न आग्रह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नवराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव भरत पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन समारोहको समापनपछि अहिले बन्द सत्रको कार्यक्रमहरु चलिरहेको छ । अधिबेशनले नयाँ कार्य समितिको चयन गर्दैछ । यस पटकको अधिबेशनबाट सबै पक्षलाई मिलाएर सहमति गरी लैजाने प्रयास भईरहेको बताईएको छ । अहिले जिल्लामा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ र प्रगतिशिल पत्रकार संघसँग आबद्ध साधारण सदस्यहरुले अधिबेशनमा नेतृत्व चयनका लागि सहभागी हुन पाउनेछन् । यस अघि प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघको प्यानल जिल्लाको महासंघ शाखाको नेतृत्वका लागि निर्वाचित भएको थियो भने नेपाल प्रेस युनियन प्रतिपक्षमा रहेको थियो ।
। संविधानसभा सदस्य गोकर्णराज विष्टले व्यवसायिक पत्रकारिताको विकास नै यसको ताकत भएको बताउनुभएको छ । उहाँले व्याक्तिको जीवनमा मात्र नभई सिङ्गो मुलुकको जीवनमा पनि पत्रकारिताले महत्वपुर्ण भूमिका निर्बाह गर्दै आईरहेको समेत उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ, गुल्मी शाखाको चौथो जिल्ला अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सभाषद विष्टले यस्तो बताउनुभएको हो । सभाषद विष्टले आज संसारको राजनीतिक आर्थिक संबन्धसंग जोडिएको बताउँदै हाम्रो मुलुकको परिवेशमा हामीले राजनीतिलाई जनताको जीवनसँग जोड्न नसकेको बताउनुभयो । त्यसका लागि सबै क्षेत्रबाट समयमै ध्यान दिन सकेनौ भने हाम्रा सबै विद्याहरु अपुरा हुने उहाँको भनाई थियो । उहाँले पत्रकारहरुले यसप्रति जति दवाव दियो त्यति नै राजनीतिक दलहरु सावधान हुने, समयमै जनताको संविधान आउने र देशको राजनीति सच्चिने दाबी गर्नुभयो ।