Voice of Gulmi,अनिल खत्री गुल्मी फाल्गुन २० । -
गुल्मी जिल्लाको बिभिन्न स्थानमा नेपाल नेत्र ज्योति संघ रणअंम्बिका
शाहा आखा उपचार केन्द्र्र गुल्मीले जिल्लाका ग्रामीण गाविसहरुमा निसुल्क
आखा सिविर सम्पन्न गरेको छ । गुल्मी जिल्लाको फोक्सीङ्ग गाबिसमा स्थानिय
जनकल्यण उच्च मा.बि.फोक्सीङ्गमा दुइ दिन सम्म सम्पन्न आखा शिबिरमा ३ सय ६०
जनाले आखा जाच गराएको र मध्येबाट १६ जना मोतिया बिन्दु अप्रेसन गरिएको
बताइएको छ । सिबिरमा स्थानिय टिकाराम सापकोटा द्धारा औषदी तथा चश्मा
किन्ने बिरामीहरुका लागी सहयोग स्वरुप रु ८० हजार बराबरको रकम सहयोग गरेको
आखा उपचार केन्द्र गुल्मी प्रमुख सुर्य बहादुर बस्नेतले बताउनु भयो ।
शिबिरमा गुल्मी जिल्लाका पोक्सीङ्ग,पुर्तिघाट,हराचौर,ग्वाघा,लगायतका
स्थानबाट बिरामीहरुको सहभागिता रहेको थियो । यस्तै गुल्मी जिल्लाकै मजुवामा
पनि आखा सिबिर सम्पन्न भएको छ । आखा उपचार केन्द्र गुल्मीको सहयोग र
स्थानिय जागृति महिला बिकास शहकारी मजुवा गुल्मीको आयोजनामा दुई दिन सम्म
सम्पन्न सिबिरमा ४ सय ५५ जना बिरामीले आखा जाच गराएका छन भने ५६ जना
बिरामीले मोतियबिन्दुको अप्रेसन गरेको प्रमुख सुर्य बहादुर बस्नेतले बताउनु
भयो । बिशिरमा गुल्मी जिल्लाका मजुवा,जुभुङ्ग,तराङ्ग,आपचौर,जोहाङ्ग,जुनिया
शान्तिपुर लगायतका स्थानबाट बिरामीहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment