Voice of Gulmi,
गुल्मी, फागुन ७ ।
गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा १०६.२ मेघाहर्ज आज देखि नौँ वर्षमा प्रवेश गरेको छ । २०६४ फागुन ७ गते गुल्मी गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियो रेसुङ्गाले सफलतम आठौ औँ वर्ष पारगरि नवौं वर्षमा प्रवेश गरेको हो
गुल्मी, फागुन ७ ।
गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा १०६.२ मेघाहर्ज आज देखि नौँ वर्षमा प्रवेश गरेको छ । २०६४ फागुन ७ गते गुल्मी गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियो रेसुङ्गाले सफलतम आठौ औँ वर्ष पारगरि नवौं वर्षमा प्रवेश गरेको हो
“गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म
शान्ति र समान्ताको प्रतिक“ नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र
दिवसको अवशर पारेर स्थापना भएको रेडियोले आम नागरिकको सुचना , र अधिकारको
प्रत्याभुती गराउदैँ सुचना ,शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने ,
नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने , शान्ति र
समान्तामुलक समाजको निर्माणमा सहयोग जुटाउने , सामाजिक विकृति विषङगति
विरुद्ध चेतना जगाउने लगायतका विभिन्न उद्देश्यल राखि स्थापना भएको
रेडियोले लुम्बिनी , गण्डकी, धौवलागिरि लगाउतका अञ्चलका लाखौँ स्रोताको मन
जित्न सफल भएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत
नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्रि सतहबाट २ हजार मिटर उचाईमा
रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर बाट आफ्नो प्रशारण गदै आएको छ । रेडियो
रेसुङ्गा निजि क्षेत्रबाट कम्पनि ऐना अन्तर्गत सञ्चालन भएपनि रेडियोले
सामुदायिक रेडियो सरह आफ्ना समचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ ।
गुल्मी जिल्लाका व्यवसायी, वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५०
जना महानुभावहरुको यस रेडियोमा लगानि रहेको छ ।
रेडियोले मुख्यतः आफ्नो गाउँ ठाउँ र
समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र
व्यवस्थापनलाई सञ्चालन गदै आएको छ । यस रेडियोले प्रसारण गर्ने हरेक
कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरि तयार गर्ने गरेको छ ।
यसले संञ्चार ,विकास र चेतनाले पछाडि गरेका क्षेत्रका समुदायहरुलाई पहिलो
प्राववथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण समेत गदै आएको छ
।
भोलि नवौँ वर्षमा प्रवेशको अवसरमा
रेडियोले विभिन्न कार्यक्रमसँगै आठौँ वार्षिकोत्सव मनाउँदै छ ।जलपान
कार्यक्रम,शुभकामना आदानप्रदान , रेडियोलाई आगामि दिनमा अझ गुणस्तरिय बनाउन
शेयर सदस्य महानुभावहरुसँग छलफल तथा अन्तरक्रिया ,स्रोता प्रतिक्रिया
लगायतका कार्यक्रम गर्ने रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद
श्रेष्ठले जानकारी दिनु भएको छ ।
उहाँले रेडियोलाई आगामि दिनमा अझ
प्रभावकारी ढङ्गले सञ्चालनका लागि केन्द्रित रहेर वार्षिकोत्सव कार्यक्रम
गरिने जानकारी दिनुभएको छ ।रेडियो आगामि दिनमा नागरिकको सुचनाको अधिकारको
प्रत्याभुति गराउन शिक्ष संञ्चार रमनोरञ्जन प्रदानगर्ने खालका विभिन्न
प्रस्तुतिहरु को साथमा अगाडि बढ्ने स्टेशन म्यानेजर अनिता खत्रिले
बताउनुभएको छ ।

No comments:
Post a Comment