Thursday, February 4, 2016

गायिका मञ्जुले बुनेको “जाले रुमाल” सार्बजनिक

Voice of Gulmi, अनिल खत्री गुल्मी

manju poudel
 पछिल्लो समय यता निकै चर्चित बन्दै गएकी गायिका मञ्जु पौडेल नयाँ गीत को अडियो सार्वजनिक गरेकी छन् । लोक तथा दोहोरी गित मार्फत दर्सक तथा श्रोतालाई भ्यालेण्टाइन डे लाई मध्य नजर राखेर गित सर्बजनिक गरेको बताईन । उनि पछिल्ला केहि वर्ष यतो अलि बढी गितहरु बजारमा ल्याउँने गरेकी छन् । उनले भ्यालेण्टाइन डे नजिकिदै गर्दा सोहि अबसरमा नयाँ गीत “जाले रुमाल” बजारमा ल्याएको बताईन ।
गितमा
रुमाल बुन्न सिके पोहोर साल ।
कस्ले सिकाई देला मलाई बुन्न मायाँ जाल ।।
जाले रुमाल, मैले बुनेको जाले रुमाल देखे तिम्रो हातैमा
मै भए जस्तो लाग्यो तिम्रो साथैमा ।।
गितमा चर्चित गितकार एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । उनले आफना अघिल्ला एल्वम झै यो गितलाई पनि दर्सक श्रोताले निकै नपराउँने गीतप्रती आशावादी रहेको बताएईन । उनको गितमा पुरुष आवाजमा लोकप्रिय लोक गायक कुलेन्द्र बिश्वकर्माले दिएका छन् । गितको म्युजिक भिडियो तयार गर्ने काम भैरहेको बताईन । गितको युजिक भिडियो भ्यालेण्टाइन डे को दिन सम्म सार्बजनिक गर्ने तयारी गरि काम अगाडी बढेको बताईन ।
पछिल्लो समय नेपालका बिभिन्न स्थान र नेपाल बाहिर बिभिन्न कार्यक्रमको शिलसिलाममा बिभिन्न देसहरुमा पुग्दा उनले मायाँ प्रेममा आधारित गितहरु सगै अलि फाष्ट खालका गितहरु दर्शक श्रोताले मन पराउने बताईन । मौलिकता गित भन्दा आज भोलिका युवा पिडिले फरक खालका गितहरु मन पराउने उनले बताईन ।

No comments:

Post a Comment