Wednesday, February 17, 2016

एमालेले भैरहवामा २ लाख जनता उत्रार्ने

Voice of Gulmi,

UML_
प्रधानमन्त्रि ओली , झलनाथ खनाल, माधव नेपाल लगायतका एमाले केन्द्रिय पदाधिकारीले सम्बोधन गर्ने
नेपाल कम्युनिष्ट पार्टि एकिकृत माक्र्सवादी लेनीनवादीले २ लाख जनतालाई भैरहवामा उत्रार्ने योजना बनाएको छ ।
एमाले रुपन्देही जिल्ला कमिटीको सोमबार भैरहवा स्थित पार्टि कार्यलयमा बसेको सचिवालय बैठकले फागुन १४ गते भैरहवा स्थित सिद्धार्थ रंगसालामा वृहत जनसभा गर्ने र सो सभामा लुम्बिनी अन्चलका ७ वटै जिल्लाका जनताको अधिकाधिक सहभागिता गराउने पार्टिले तयारी गरेको छ ।
पार्टिका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य एकराज विकको आतिथ्यतामा सम्पन्न बैठकले यसअघि फागुन ८ गते गर्ने भनि गरिएको तयारी प्रधानमन्त्रि केपी शर्मा ओली भारत भ्रमणमा जानेभएको हुदां मिती सारि फागुन १४ गते लाई तय गरेको हो ।
पार्टिले यस अघि फागुन ८ गते कार्यक्रम गर्ने तय गरी सोही अनुसार प्रचारप्रसार पनि गरेको थियो । प्रधानमन्त्रिको भारत भ्रमणको कारण सभालाई सारिएको पार्टिका रुपन्देही सचिव तुलसी प्रसाद चौधरीले जनाए ।
सचिवालय बैठकले सम्पुर्ण रुपन्देहीबासीलाई सभामा सहभागी हुन आग्रह समेत गरेको छ । पार्टिले रुपन्देहीबाट १ लाख र अन्य नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाची र गुल्मीबाट गरी १ लाख गरी कम्तिमा २ लाख जनता भैरहवामा उत्रार्ने तयारी गरेको हो ।
सभालाई प्रधानमन्त्रि तथा एमाले अध्ययक्ष के.पी शर्मा ओली, उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, बरिष्ठ नेताद्वय पुर्वप्रधानमन्त्रिहरु झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल लगायतका पदाधिकारीले सम्बोधन गर्ने एमाले रुपन्देहीले जनाएको छ । लुम्बिनी अन्चल स्तरीय सभाले नेपालको संविधान २०७२ लाई संस्थागत गर्नमा ठूलो भूमीका खेल्ने एमालेले अपेक्षा लिएको छ ।

No comments:

Post a Comment