Voice of Gulmi,
अनिल खत्री, गुल्मी फागुन ।
गुल्मीमा सातौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालन भएको जिल्ला स्तरिय सातौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता गुल्मीमा शुरु भएको छ । मंलवारबाट गुल्मीको सदरमुकाम तम्घास शुरु भएको प्रतियोगित दुई दिन सम्म संञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाका तिन वटा निर्वाचन क्षेत्रबाट छनोट भएर आएका १२ वटा बिद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितको मंगलवार एक कार्यक्रमका बिच उदघाटन गरिएको थियो । सदरमुकामको चिदीचौर खेलमैदानमा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितको उदघाटन गर्दै प्रमुख जिल्ला
अधिकारी कणेलले स्वस्थ्य जिवनका लागी पनि खेलकुद अपरिहार्य रहेको बताउँदै
उहाँले नेपालले सिमित श्रोत साधनका बिच पनि खेल क्षेत्रमा पछिल्लो समय फडको
मार्दै गएको बताउनु भयो । प्रतियोगितामा एथ्लेटिस तर्फ रिलेदौड १ मिटर, २
सय मिटर, ४ सय मिटर, ८ सय मिटर १५ सय मिटर र ३ हजार मिटरका महिला पुरुष
तर्फका दौड, लमजम, हाइजम, त्रिपलजम,ज्यामिङ्गथ्रो सटफुट, महिला तथा पुरुष
भलिवल र कबटी लगायतका खेलहरु सञ्चालन हुने भएका छन् । प्रतियोगिताको पहिलो
दिन उदघाटन शत्रका खेलहरु सञ्चालन भएका छन् ।
प्रतियोगितको क्षेत्रिय स्तरका छनेट
प्रतियोगित क्षेत्र नं. १ को कुर्घामा गत माघ २२, २३ र २४ गते सम्पन्न भएको
थियो भने क्षेत्र नं ३ को क्षेत्रिय छनोट माघ २७ र २८ गते पृथ्वी उमावि
पुर्कोटमा, सम्पन्न भएको थियो । यस्तै क्षेत्र नं. २ को सदरमुकाम तम्घासमा
फागुन १ र २ गते क्षेत्रिय स्तरका खेलहरु सञ्चालन भएका थिए ।
क्षेत्रियस्तरबाट प्रथम, द्धितिय र तृतिय भएका बिद्यालहरुले फाइनल
प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगीता सम्पन्न गर्न शशस्त्र
प्रहरी, नेपाल आर्मी, नेपाल प्रहरी, स्थानीय युवा क्लव तथा जिल्ला खेलकुद
विकास समितिक लगायत यस क्षेत्रका बिद्यालयहरुले महत्वपूर्ण भुमिका निर्बाह
गरेका छन् ।
प्रतियोगितको उद्घाटन कार्यक्रम जिल्ला
खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको प्रमुख आतिथ्यता रहेको
थियो । कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रमुख, बिभिन्न कार्यलयका
प्रमुख, बिभिन्न स्थानबाट छनोट भएका बिद्यालयका प्रअ,खेलाडी तथा
पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम सहआयोजक महेन्द्र उच्च
माबिका प्राचार्य केशरबहादुर थापाको स्वागत र जिल्ला खेलकुद बिकास समितीका
कोषाध्यक्ष कृष्ण बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment