Tuesday, March 19, 2013

एनसेलको मूख्य कार्यालयमा वैद्य पक्षका कार्यकर्ताद्वारा तोडफोड

Voice of Gulmi,६ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एनसेलको कार्यालयमा मोहन वैद्य पक्षका मजदुर कार्यकर्ताहरुले आक्रमण गरेका छन् । आक्रमणबाट कार्यालयका सिसा फुटेका छन् । 
ncell-todfodमोहन वैद्यपक्षीय अखिल नेपाल टे्रड युनियन महासंख र अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले मंगलबार दिउँसो कार्यालयमा आक्रमण गरी तोडफोड गरेका हुन् । करिब ३०/३५ जनाको संख्यामा कार्यालय अगाडि भेला भएका वैद्य निकट मजदुरहरुले कार्यलयमा आक्रमण गरेका थिए ।प्रदर्शनकारीले कार्यालकभित्र पसेर कम्युटर, एनसेल डिभाइस र एफटीबी समेत तोडफोड गरेका छन् ।2
प्रदर्शनकारीको आक्रमणबाट कृष्ण टावरको तल्लो तलामा रहेका सिसा फुट्नुका साथै टावरको माथ्लो भागमा कालो सिसामा ठाउँठाउँमा भ्वाङसमेत परेको छ । आक्रमणबाट कार्यालयको एउटा गाडीमा समेत क्षति पुगेको छ । प्रहरीले गरेको लाठी प्रहारबाट केही कार्यकर्ता घाइते बनेका छन् । प्रहरीले गिरफ्तार गरी भ्यानका हालेका कार्यकार्ताको आाखामासमेत चोट देखिएको छ ।  कार्यालयमा तोडफोड भएपछि एनसेनका कार्यकर्ताहरु टावरको छतमा भेला भएका थिए ।3
आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरिहरेका बेला प्रहरीले हस्तक्षेप गर्दा आक्रोशित कार्यकर्ता तोडफेडमा उत्रिएको छापाखाना मजदुर नेता जन्मदेब जैसीले अनलाइनखबरलाई बताए । ‘हामी शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौं, प्रहरीले लाठी प्रहार गरेपछि यस्तो भयो ।’ जैसीले भने । एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएपछि व्यवस्थापनविरुद्ध आन्दोलन गरिएको उनले बताए । तोडफोडपछि कार्यकर्ताहरु भागेको र टीका थापालगायत केही कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको उनले बताए । घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ ।

अनुदानको चामल बजार मूल्य भन्दा महँगो !

Voice of Gulmi,६ चैत, सोलुखुम्बु । सरकारले दुर्गम क्षेत्रका बासिन्दाले महँगो मूल्यमा खाद्यान्न उपभोग गर्न नपरोस भनेर सहुलियत दरमा चामल बिक्री गर्न थालेपनि त्यो चामल बजार मूल्य भन्दा प्रतिकिलो रु चार बढी पर्न गएकोछ । सोलुखुम्बुको सदरमुकाममा खाद्य संस्थानले बिक्री गर्ने अनुदानसहितको सो चामल सल्लेरी बजारमा व्यापारीहरुले बिक्री गर्ने चामल भन्दा प्रतिकिलो ४ रुपैयाँ महँगो भएको उपभोक्ताले बताएका छन् । खाद्य संस्थानले अहिले सल्लेरी डिपोबाट प्रतिकिलो ३८ रुपैयाँमा चामल बिक्री गरिरहेको छ । तर समान गुणस्तरको चामल बजारमा प्रतिकिलो ३४ रुपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा भन्दा महँगो भएकै कारण सल्लेरी डिपोबाट गत वर्ष नै बेचिसक्नुपर्ने एक हजार क्विन्टल भन्दा बढी चामल अझै गोदाममै थन्किएको छ । “पुरानो बिक्री नभएको कारण नयाँ ल्याउन सकिएको छैन, नयाँ ल्याएर पनि के गर्नु बिक्री हुँदैन होला ?” -खाद्य संस्थान सल्लेरीका प्रमुख गङ्गाप्रसाद शाहले भन्नुभयो । बजारमूल्य भन्दा खाद्य संस्थानको चामल महँगो भएको शाहले पनि स्वीकार्नुभयो । “महँगो त भएकै हो तर हामीले मूल्य समायोजन गर्न मिल्दैन, केन्द्रमा भनेका छौं, सायद समायोजन हुन्छ होला” उहाँको भन्नुभयो ।

सदरमुकामसम्म सडक यातायात सञ्चालन नहुँदा खाद्य संस्थानको चामल भन्दा बजार मूल्य झण्डै दोब्वर हुन्थ्यो । त्यतिबेला पाँच केजी चामल लिनका लागि खाद्य संस्थानमा लाइन बस्नुपथ्र्यो ।”पहिले त एक बोरा चामल मिलाइदिनु भनेर नेताहरुलाई भन्नुपथ्र्यो अहिले त बजारको भन्दा महँगो पो भएछ”-सल्लेरीमा व्यवसाय गर्नुहुने लक्ष्मी राईले भन्नुभयो । सडक यातायात सञ्चालन भएपछि सल्लेरीमा खाद्यान्न निकै सस्तो भएको छ । “अहिले त जाँड पकाउन र रोटी पकाउन पनि बजारकै चामल किन्छौं”-एक होटल व्यवसायीले भने ।बजार मूल्य भन्दा सस्तोमा चामल दिनुपर्ने वा अनुदान भनेर राज्य कोषको खर्च गरिरहन नहुँने यहाँका बासिन्दाको माग छ । अहिले पनि जिल्लाको सोताङ तथा लुक्ला डिपोमा खाद्य संस्थानको भन्दा बजार मूल्य बढी भएकोले बरु संस्थानले ति क्षेत्रमा चामल बिक्री गर्नुपर्ने त्यहाँका बासिन्दाहरुको माग छ । 

जिप दुरघटना १ जनाको घटना स्थलमै मृत्यु ४ जना गम्भीर घाइते

Voice of Gulmi,अनिल खत्री गुल्मी चैत्र ५ - 
गुल्मीको वामी ८ माला रानिमा जिप दुरघटना १ जनाको घटना स्थलमै मृत्यु ४ जना गम्भीर घाइते भएका छन । लु १ च ४१४६ नम्बरको जिप केहि बेर अगाडी दुरघटना परेको हो दुरघटनामा परि वामी ८ का टेक बहादुरको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Wednesday, March 13, 2013

३ सय ८० परीक्षार्थीलाई चिट चोराउन १ हजार


६ चैत, रुकुम । नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षासँग सम्बन्धित विभिन्न निकायहरुले यस बर्षको प्रवेशिका परीक्षा मर्यादित भएको दाबी गरे पनि रुकुमको अधिकांश परीक्षा केन्द्रमा भने यस बर्षको प्रवेशिका परीक्षा अमर्यादित बनेको छ ।
परीक्षामा परीक्षार्थी भन्दा चिट चोराउनेहरुको भीड लाग्ने गरेको छ । सदरमुका बाहिरका परीक्षा केन्दैहरुमा जिल्ला शिक्षा कार्यालयबाट गएको अनुगमन थोलीले परीक्षा मर्यादित नभएको बताएको छ ।
परीक्षा केन्द्रमा विहान ८ बजे पुग्दा परीक्षार्थीहरु परीक्षा हलभित्र पसिरहेका थिए, भने उनीहरुका साथीहरु, आफन्त, अभिभावक, स्थानीय गाउँलेहरु परीक्षा केन्द्रको वरिपरि झुम्मिन थालिसेका थिए । बाँफिकोटको परीक्षा केन्द्रमा ३ सय ९० परीक्षार्थीका लागि चिट चोराउन भेला भएका अभिभावकको संख्या झन्डै एकहजार भन्दा बढी भएको नेपाल समाचारपत्रमा खबर छ ।