Monday, January 27, 2014

तीन दिनमा चार शिशुको मृत्यु

Voice of Gulmi,
रुकुममा तीन दिनमै एक वर्ष मुनिका चार शिशुको मृत्यु भएको हो । लगातार पखाला लागे पछि उपचारको लागि १० माघमा भर्ना गरिएका चार शिशुको निमोनिया र झाडापखालाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
एक सातादेखि बच्चाहरुमा फैलिएको झाडापखाला र निमोनियाबाट २० भन्दा बढी शिशुहरु प्रभावित छन् । जिल्ला अस्पताल रुकुमका प्रमुख डा. भोजराज गौतमले रोग नियन्त्रणका लागि राजधानीस्थित रोग नियन्त्रण महाशाखालाई अनुरोध गरिएको जानकारी दिए ।

मुटु रोग पिडित श्यामलाई पौने दुई लाख सहयोग

Voice of Gulmi,
प्रेम सुनार, गुल्मी  माघ १२-
 मुटुले काम नगरे पछि आर्थिक अभावका कारण उपचार गर्न नसकेर मृत्यु स्वीकार गर्न बाध्य भएका गुल्मी हस्तीचौरका श्याम घर्तिको जिवन रक्षाका लागि आज एक संस्थाले उनको उपचार्थ झण्डै पौने दुई लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । गुल्मी सेवा समाज युएई सहित अन्यले आज सामुदायिक रेडियो स्काईले आयोजना गरेको कार्यक्रममा १ लाख ६९ हजार रुपैयाँ श्यामकी आमालाई हस्तान्तरण गरेको हो । सामुदायिक रेडियो स्काईबाट उत्पादन हुँदै आएको चर्चित रेडियो कार्यक्रम ओझेलका खवरमा केहि हप्ता अघि उनको कथा–ब्याथा गुल्मी टाईम्स डटकम मार्फत सुनेपछि दुबईमा कार्यरत र गुल्मी सेवा समाज युएईको नामबाट संगठित गुल्मेलीहरुको सक्रियतामा रु १ लाख ३९ हजार र अर्को स्थानबाट पठाईएको ३० हजार समेत कर्यक्रमको अध्यक्षता गरी रहेका गुल्मी सेवा समाज नेपाल शाखाका अध्यक्ष शंकर ज्ञवाली र कार्यक्रमका प्रमुख अतिथी सामुदायिक रेडियो स्काईका उपाध्यक्ष हरिबहादुर के.सी.ले श्यामकीआमा गोमा घर्तिलाई सो रकम हस्तान्तरण गरेका थिए । गुल्मी सेवा समाजका सयौंले सहयोग गरी सो रकम पठाएका थिए भने सोही दोहा कतारमा कार्यरत गुल्मी दर्लामचौर ४ रामकोटका वावुराम महतको सक्रियतामा त्यहाँ रहेका अन्यर दर्लामचौरवासी र हस्तीचौरका प्रेम के.सी., कमल केसी, नमदेव पन्थी गजेन्द्र केसी, खिम केसी,रोशन कुँवर, तम्घासका राजु उपाध्याय,दिपक पछाई, गोविन्द पन्थी, किसन केसी, सुर्य बोहरा, कृष्ण बोहराबाट सहयोग संकलन भई ओझेलका खवर सञ्चालक प्रेम सुनारको नाममा पठाएको ३० हजार रुपैयाँ आजै हस्तान्तरण गरिएको हो । रकम हस्तान्तर गर्दै कार्यक्रमका प्रमुख अतिथी हरिबहादुर के.सीले त्यस सामुदायिक रेडियो खोल्ने समस्त शेयर सदस्यहरुको उद्देश्यको बाटोमा आफुहरु हिड्न सुरु गरेको महसुस भएको बताए । भने–‘ हामी १ सय ३० जना शेयर सदस्यहरुले यस्तै असाहय, गरिव र पछाडी परेको वर्गको उत्थान र उपकार गर्न सकियोस भनेर सामुदायिक रेडियो खोलेका थियौं , अहिले श्याम जस्ता पिडितहरुको पक्षमा खवर बनाएर सहयोग गर्न पाएकोमा त्यही उद्देस्य पथमा हामी हिड्न सुरु गरेको महशुस गरेका छौं । उनले कार्यक्रम ओझेलका खवर र उ सित सहकार्य गरी रहेका अन्य रेडियोहरु र अनलाईन मिडिया गुल्मी टाईम्स डटकम लगायतका सञ्चार माध्यमको पनि खुलेर प्रंशसा गर्दै धन्यवाद दिए । उनले अवका सञ्चार माध्यमले यस्तै ओझेलमा परेका दुखी गरिवको कुराहरु उठाउनु पर्नेमा जोड दिदै भने –‘श्यामको कुरा सञ्चार माध्यममा नआएको भए यसरी उनको जिवन रक्षा गर्ने कार्य अगाडी बढ्नै सक्दैन्थ्यो । कार्यक्रममा गुल्मी सेवा समाज नेपालका अध्यक्ष शंकर ज्ञवालीले प्रवास र स्वदेशमा आफुहरुले मानव उद्धारको क्षेत्रमा उल्लेख्य सेवा गर्दै आएको बताउँदै समाजले श्यामलाई सहयोग संकलन कार्य जारी नै राखेको बताए । समाजका उपाध्यक्ष एवं जिल्लाका पुराना पत्रकार समेत रहेका भुवन अर्यालले रेडियो स्काईबाट उत्पादन हुने कार्यक्रम आझेलका खवरले उठाउँदै आएका मानव उद्धारका यस्ता विषयलाई अझै अगाडी बढाउन सुझव श्यामको उपचारका लागि सहयोगको अपिल सम्वन्धी खवर ओझेलका खवर सम्म ल्याई पुराएका हस्तीचौर १ तरिखर्कका समाज सेवी ईन्द्रबहादुर कुँवरले ओझेलका खवर युनिट र पत्रकार अनिल खत्री तथा सहयोगदता सबै प्रति आभार प्रकट गरे । श्यामकी आमाले सहयोग रकम समात्दै मेरो छोरा अव बाँच्छ होला भन्दै भक्काने छाडिन् ।कार्यक्रमका बक्ताहरुले गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष तुल्सीराम पौड्याल, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष रामलाल न्युरे र गुल्मी टुडे डटकम सञ्चालक मानबहादुर कुँवर लगायतका गुल्मेलीहरुले श्यामको सहयोग संकलनमा खेलेको भुमिकाको प्रंशसा गरेका थिए । कार्यक्रम पत्रकार विशाल भट्टराई , सामुदायिक रेडियोका शेयर सदस्य थम्मन केसी, लक्ष्मण बस्नेत , रेडियो गुल्मीका प्रतिनीधीहरु माया पुन र संगम मरासीनी लगायतको सहभागिता थियो । समाजका अध्यक्ष शंकर ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष भुवन अर्यालको स्वागत मन्तब्य र ओझेलका खवर सञ्चालक प्रेम सुनारको सञ्चालन रहेको थियो । यस अघि ईजराईलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा ईजराईल युरोप र अमेरिकामा कार्यरत नेपालीहरुले ३० हजार , दर्लामचौरको रामकोट निवासी जगनाथ अधिकारीले १५ हजार २५ रुपैयाँ , गुल्मीको अर्खले घर भई ईजराईलमा कार्यरत मञ्जु थापाले १० हजार रुपैयाँ सहयोग पठाएका थिए ।
श्यामकी आमालाई सहयोग हस्तान्तरण गर्दै  रेडियो स्काईका उपाध्यक्ष हरिबहादुर केसी र समाजका अध्यक्ष शंकर ज्ञवाली
तस्वीरः प्रेम सुनार

जिल्ला जनसंख्या सूचना केन्द्रमा अनियमितता

भरत पाण्डेय, गुल्मी माघ १२ -
Voice of Gulmi,  आर्थिक वर्ष २०६८⁄०६९ सालमा सूचना केन्द्रका लागि भनेर जिल्ला स्वास्थ्य कार्यालयमा आएको १ लाख ५० हजार बजेटबाट शतप्रतिशत प्रगति भएको विवरण जिल्ला स्वास्थ्य प्रोफाइलमा छ। तर सूचना केन्द्र भने गएको पुस २३ गते स्थानीय विकास अधिकारी हरि ज्ञवालीले उद्घाटन गरे। तीन वर्षअघि पठाएको बजेटबाट नियमित रूपमा सूचना केन्द्र स्थापना गरेको भनेर प्रतिवेदन बनाएको भए पनि केन्द्र भने हालैमात्र उद्घाटन गरिएपछि कागजी प्रतिवेदन बनाएर सूचना केन्द्रको रकम दुरुपयोग गरेको खुलासा भएको छ। स्वास्थ्यको आफ्नै प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६९⁄०७० मा पनि १ लाख ५० हजार नै आएको र त्यसको पनि शतप्रतिशत प्रगति भएको उल्लेख छ। सूचना केन्द्र स्थापना गर्ने जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजना सुपरीवेक्षण शाखाको हो। पहिला स्वास्थ्यको आफ्नै कार्यालय नभएकाले भर्खरै मात्र व्यवस्थित गर्न लागिएको सो शाखाका सुपरीवेक्षक नवराज कँडेल बताउँछन्। ‘पहिला हाम्रो भवन बन्दै थियो, आफ्नै कार्यालय थिएन त्यसैले सामानहरू किनेर राख्यौं’, उनले भने– ‘अहिले बल्ल नयाँ भवन बनेपछि व्यवस्थित गर्दै छौं।’तीन वर्षअघिको बजेटबाट हालै मात्र स्थापना गरिएको सूचना केन्द्रमा स्वास्थ्यसम्बन्धी जानकारीका लागि आवश्यक पर्ने धेरै सन्दर्भ सामग्री र सूचनामूलक सामग्री हुनुपर्ने भए पनि त्यो भेटिँदैन। कँडेलका अनुसार जनसंख्याको बारेमा जानकारी दिन टिभी, ल्यापटप, डिजिटल क्यामेरासहित पत्रपत्रिका र इमेल इन्टरनेटको व्यवस्था छ भनिए पनि त्यो व्यवस्था सूचना केन्द्रमा छैन। केबुल नजोडिएको टिभी र एउटा कम्प्युटर मात्रै रहेको केन्द्रमा इमेल इन्टरनेटको व्यवस्था त छैन नै केन्द्रमा बस्ने कर्मचारीसमेत छैनन्। सूचना केन्द्रका लागि पहिलो र दोस्रो वर्ष डेढ डेढ लाख र चालू आवमा ६० हजार गरी ३ लाख ६० हजार रुपियाँ बजेट छुट्टिएको छ।
तर त्यो सबै रकमको फाँटबारी भने केन्द्र प्रमुख कँडेलले नै दिन सक्दैनन्। ‘सूचना केन्द्र व्यवस्थित गर्नुपर्ने तथ्यांक सहायकले हो, त्यसैले केके समान खरिद भए मलाई सबै जानकारी छ्रैन’, उनी भन्छन्– ‘सामान खरिद गर्ने सरहरू सरुवा हुनुभयो, त्यसैले मलाई सबै जानकारी छैन।’ स्वास्थ्य कार्यालयको स्टोर फाँटमा रहेको जानकारीअनुसार टिभी, डीभीडी, ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, डिजिटल क्यामेरा, टिभी ट्रलीलगायतका सामान १⁄१ थान, स्टिल दराज २ थान, स्टिल र्याक २ थान र कुर्सी, टेबुलहरू, बेन्चहरू खरिद गरिएको विवरण छ। आव ०६८⁄०६९ मा १ लाख ६६ हजार र ०६९⁄०७० मा ३७ हजार गरी २ लाख ३ हजारका सामान खरिद गरिएको विवरण उल्लेख भए पनि उल्लेखित सबै सामान सूचना केन्द्रमा छैनन्।
त्यसमध्ये अघिल्लो २ वर्षमा मात्रै १ लाख ५० हजारका दरले ३ लाख रकम आएको छ। त्यसमध्ये स्टोरमा २ लाखको मात्र सामानको दाखिला रिपोर्ट छ। तर सूचना केन्द्रमा भने करिब १ लाखको मात्रै सामान छ। एउटा कम्प्युटर, एउटा टिभी, साधारण टेबुल २ वटा, ९ वटा कुर्सी, २ बेन्च, २ वटा स्टिल र्याक र १ स्टिल दराज मात्रै केन्द्रमा रहेका छन्। बाँकी सामानमध्ये ल्यापटप र क्यामेरा आफूसँगै रहेको कँडेलले बताए। केन्द्रको उद्घाटन गर्ने जिल्ला जनसंख्या समन्वय समितिका अध्यक्षसमेत रहेका स्थानीय विकास अधिकारी हरि ज्ञवालीले आफूलाई पुरानो बजेटको कार्यक्रम भएको भन्ने कुरा आफूलाई थाहा नभएको बताए। ‘मलाई त चालू वर्षको कार्यक्रम भनेर बोलाइयो र उद्घाटन गरें’, ज्ञवालीले हाँस्दै भने– ‘तीन वर्ष पहिलादेखि पैसा आएको भन्ने त मलाई के थाहा भयो र?’
Voice of Gulmi,