Friday, September 13, 2013

ब्लड क्यान्सर पिडित घिमिरेलाइ ४३ हजार ५ सय सहयोग

Voice of Gulmi,      अनिल खत्री :                                                                                                              ब्लड क्यान्सर पिडित घिमिरेलाइ ४३ हजार ५ सय सहयोग अनिल खत्री गुल्मी भदौ २८ १ वर्ष देखि ब्लड क्यान्सर भएर कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराइ रहेका गुल्मी हस्तिचौर –६ बालक रमेश घिमिरेलाई विदेशबाट सहयोग प्रदान गरिएको छ । गुल्मी सेवा समाज दोहा कतारले रमेशको उपचारमा सघाउनको लगि ४३ हजार ५ सय आर्थिक सहयोग उपलब्ध गराएको हो । कतारमा तीन महिनाको समय लगाएर नेपालीहरुबाट संकलन गरिएको उक्त रकम समाजका सचिव कुमार अविरल पन्थीले रमेशका बाबु रामलाललाई हस्तान्त्रण गर्नुभएको थियो । रकम हस्तारणको लागी तथा सार्वजनिक गर्नको लागी शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर रामलालले छोरोको उपचारको लागि सहयोग गर्ने स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ सम्पूर्ण लाइ बिशेष धन्यावाद दिनु भएको छ । बिदेशमा रहेर आफनो छोराको उपचारको लागी सहयो गर्नु हुने सम्पुर्ण नेपालीलाई आफुले कहिल्लै पनि नभुल्ने समेत बताउनु भएको छ । पत्रकारहरु संग कुरा गदै रामलाल घिमिरेले आफनो जेठो छोरा रहेको र अब त बिस्तारै आफुलाइ केहि सहयोगहोला भन्ने बेलामा आफुलाइ यस्तो ठुलो समस्या आइ परेकोमा दुख ब्यक्त गर्नु भएको थियो । साथै स्वदेश तथा बिदेश बाट सहयो प्राप्त हुनुमा गुल्मी जिल्लका संञ्चारकर्मीहरुले बिषेस मत्वपुर्ण भुमिका रहेकोले सबै पत्रकारहरुलाइ धन्यावाद दिनु भएको थियो र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो । छोराको उपचारको लागि लाखौँ खर्च लाग्ने भएपछि आर्थिक हैसियत कम्जोर भएका कारण घिमिरेले सवैलाई उपचारको लागि सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो । घिमिरेका अनुसार आफू सक्दो सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैंककोखाता नम्बर ३५२४७ मा रकम जम्मा गर्न सकिने छ । उनको उपचारको लागी बिभिन्न संघ संगठनहरुबाट भएको सहयोग बाट उपचार भइ रहेको छ । पछिल्लो रिपोट अनुसार उनुस्वाथ्यमा धेरै सुधार आएको छ । ब्लड क्यान्सर भइ उपचार गराइ रहेका रमेश घिमिरे गुल्मी जिल्ला हस्तिीचौर गाबिस वार्ड नं.८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढने र गत २०६९ साल चैत्र महिनामा संञ्चालन भएको एस एल सी परिक्षामा सहभागि हुने बिद्यार्थी थिए तर अस्वस्थताका कारण उनि परिक्षामा सहभागि हुनभने सकेनन्् । रकम हस्तारण गर्दै गुल्मी सेवा समाज दोहा कतारका सचिव कुमार अबिरल पन्थी रकम लिदै बलड क्यान्स पिडित रमेश घिमिरे तस्विर अनिल खत्री

Tuesday, September 10, 2013

१५ दिनदेखि लगाईएको ताला खुलाउन कुनै पहल भयन

Voice of Gulmi,नवलपरासीको माकर गाविसको कार्यालयमा बिगत १५ दिनदेखि लगाईएको ताला खुलाउन सम्बन्धित पक्षले कुनै पहल नगरेको भन्दै मानवअधिकारकर्मी तथा सञ्चारकर्र्मीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै स्थानिय निकायबाट हुने दैनिक कामकाजलाई सञ्चालन गरी सेवाग्राहीको सेवा पाउने अधिकारबाट बञ्चित नगर्न नगराउन र मानवअधिकारको रक्षा गर्न समेत सम्बन्धित निकाय, सर्वदलीय संयन्त्र, पेशाकर्मी, तथा सरोकारवाला पक्षसंग आग्रह गरिएको छ । विज्ञप्तीमा कार्यालय बन्दका कारण सेवाग्राहीको दैनिक अतिआवश्यक कामकाज, नागरिकता सिफारिस, जन्म मृत्यु बिवाह दर्ता, जग्गा सम्बन्धि सिफारिस र अन्य सिफारिस लगाएतका कार्यहरु सुचारु नहुदा सेवाग्राही अत्यन्त मारमा परेकाले बार्ता र संबादद्धारा यथाशक्य समस्याको समाधान गर्नतर्फ सरोकारवाला सबै पक्षसंग जोडदार माग गरिएको छ । अहिलेको लोकतान्त्रिक युगमा बार्ता र संबाद नै समस्या समाधानको मुख्य उपाय रहेकाले तत्काल संबादलाई निरन्तरता दिई समस्या समाधानको पहल गर्नुपर्ने भन्दै संबन्धित पक्षलाई अनुरोध समेत गरिएको छ । माकर ४ वाढीपिडीतमा सञ्चालन भईरहको उक्त कार्यालयलाई नवनिर्मित पक्की भवन बर्दघाटमा सार्ने निणर्यको बिषयमा विबाद हुदा कार्यालयमा स्थानियबासीले अनिश्चितकालिन ताला बन्दी गरेका थिए ।

न्यौपानेको सम्झनामा नेपाली कांगे्रस हँुगा गाउँ कार्य समितिले शोक सभा सम्पन्न

Voice of Gulmi, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष स्वर्गीय हरिप्रसाद न्यौपानेको सम्झनामा नेपाली कांगे्रस हँुगा गाउँ कार्य समितिले  शोक सभा सम्पन्न गरेको छ । समितिका सभापति महेश्वर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, क्षेत्रीय सचिव धातानन्द भण्डारी लगायतले स्वर्गीय न्यौपानेले पार्टीलाई पु¥याएको अतुलनीय योगदानको चर्चा गर्दैै उहांंले देखाएको मार्गमा सबै जना लाग्न सकेमात्र उहांप्रति सच्चा सम्म्ाँन र श्रृद्धाञ्जली हुने बताउनुभयो । कार्यक्रमका बक्ताहरुले उहां राजनीतिकर्मी मात्र नभई एउटा कुशल समाजसेवी पनि रहेको बताउंदै उहांको निधनले समाजलाई नै क्षति पुगेको बताएका थिए । सोही अवसरमा न्यौपानेकी धर्मपत्नी जमुना खरेल न्यौपानेले उहांले चाल्नुभएका अभियानहरुलाई पुर्णता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव पदमपाणी न्यौपानेले गर्नुभएको थियो ।

,नवलपरासीका बिभिन्न ठाउहरुमा चोरीका घटनामा ९ जनालाई चोरीका समानसहित पक्राउ

Voice of Gulmi,नवलपरासीका बिभिन्न ठाउहरुमा भएको चोरीका घटनामा सलग्न तीन भारतीय महिला लगायत ९ जनालाई चोरीका समानसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय महिलाहरुमा जानकी केवट, सुनिता केवट र भानुमति केवट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक संजीब शर्माले बताउनुभयो । हाटबजारमा बजार गर्न तथा मेला हेर्न आएका मानिसहरुको मोवाईल, मनि पर्स चोरी गरेकोले उनिहरुलाई पक्राउ गरि कारवाही प्रकृया अघि बढाएको शर्माले बताउनुभयो । यस्तै मनरीमा राईस मिल र बोडिर्ङ स्कुल बाट बिभिन्न सामान चोर्नेहरु मध्ये मनरी २ कै खिरी नारायण चौधरीलाई, सुनिल हरिजन समेतलाई प्रहरीले पक्राउ गरेको छ । सोमनीका रबिन्द्र यादवको पसलमा चोरी गर्ने बिजय चौधरी, राजेश चौधरी, संजय चौधरी, बेचन र चौधरी समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैबिच प्रहरीको गस्तीलाई देखेर गाडी छाडेर केही व्यक्ती फरार भएपछि गस्तीले सिमावर्ती रमपुरुवा ७ बाट करिब २५ लाख बराबरको युपी ५३ ए. क्यु ४४१८ नंम्बरको टाटा सुमो गाडी बरामद गरी नियन्त्रणमा लिएर आबश्यक कार्बाहीको लागी आजै भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

,दिपक माध्यमिक विद्यालयको सामाजिक लेखा परीक्षण प्रतिबेदन सार्वजनिक

Voice of Gulmi,दिपक माध्यमिक विद्यालय, भनभने गुल्मीले आज विद्यालयको सामाजिक लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गरेको छ । आज अभिभावक भेला गरी प्रतिबेदन सार्वजनिक गरिएको हो । सामाजिक लेखा परीक्षण संयोजक हुमाकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानेश्वर खनालले ६२ लाख रुपैयाँ बराबरको सामाजिक लेखा परीक्षण तथा प्रगति प्रतिबेदन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र बहादुर घर्ति सहित बावुराम पोखरेल, भिमकान्त पन्थी, इश्वरीप्रसाद पन्थी लगायतले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको प्रमुख भुमिका रहने भन्दै यसतर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा गोविन्द स्मृति अक्षय कोषद्धारा पुरस्कार स्वरुप यस बर्षको एसएलसी परीक्षामा विद्यालयबाट प्रथम हुने छात्र र छात्रालाई एक एक हजार रुपैयाका दरले वितरण समेत गरिएको थियो । शिक्षक ऋषिराम पन्थीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक श्यामबहादुर अधिकारीले गर्नुभएको थियो ।

रुपन्देहीमा दम्पतीले आत्महत्या गरे

Voice of Gulmi,रुपन्देहीमा दम्पतीले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुर गाउ विकास समिति वडा नं ९ मनोहरापुर वस्ने ३८ वर्षका मिनराज परियार र उहाँकी ३५ वर्षकी श्रीमती सरस्वती परियारले आत्महत्या गरेका हुन । भान्छा कोठामा रहेको फलामको पाइपमा चुन्नीको पासो लगाई श्रीमतीले आत्महत्या गरेको देखेपछि श्रीमान मिनराजले पनि विष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ । सरस्वतीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्पले टोकेर सोमबार एक बालिकाको ज्यान गयो

Voice of Gulmi,रुपन्देहीमा सर्पले टोकेर सोमबार एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सेमरा गाउँ विकास समिति वडा नं। ४ की सुभा कहारको सर्पको टोकाई वाट ज्यान गएको हो । घरमा वसिरहेको वेला सर्पले टोकेर घाइते भएकी कहारलाई उपचारको लागि भैरहवा लैजाँदौ गर्दा वाटो मै ज्यान गएको हो । एन्टी स्नेक भेनम नभएपछि कपिलवस्तुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा आएका विरामी जिवन मरणको लडाइ लडिरहेका छन् । भेनमको अभावमा कपिलवस्तु जिल्लाका अतिरिक्त रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाची, दाड., प्युठान, तथा भारतको सिद्धार्थनगर जिल्लाबाट आएका डेढ दर्जन बढि विरामी जिवनमरणको लडाइ लड्न बाध्य भएका हुन् । भदौ महिना लागेपछि मात्र सर्पदंश उपचार केन्द्रमा कुल ६० जना विरामी आएका मध्ये भेनम सकिएपछि डेढ दर्जन विरामी उपचार पाउनबाट बञ्चित हुंदा जिवन मरणको लडाइ लडिरहेको चनइ गाविस खगेन्दपुरका थानेश्वर भुसालले बताउनुभयो । सरकारी स्तरबाट केन्द्रिय रेडक्रस सोसाइटीले आजसम्म एन्टी स्नेक भेनम सम्वन्धीत जिल्लाका स्वास्थ्य संस्थामा पठाउने बताए पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधी उपलव्ध भएको छैन । सरकारी बेवास्ताका कारण एन्टी स्नेक भेनम औषधीको आएको छैन । दैनिक ८ देखी १० जनासम्म विरामी आउने केन्द्रले यस अगाडी नै औषधी अभाव भएपछि सुचना टांँस गरीे उपचार दिन नसकिने जनाइसकेको छ ।

स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्म जयन्ती

Voice of Gulmi,नारायण प्रभात मरासिनी         प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । एक सय वर्ष अगाडि आजैका दिन जन्मनु भएका कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका कहिल्यै नओइलाउने नाम हुनुहुन्छ । विश्व समाजवादी आन्दोलनका अगुवासमेत रहनुभएका वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि सान्दर्भिक मानिन्छ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका कोइरालाको बि सं २०३९ साउन ६ गते निधन भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणा शासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो । त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्र्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बिसं २०३३ सालमा नेपाल फर्किनु भएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । नेपाली कांग्रेस गुल्मीले पनि एक कार्यक्रमका विच सयौँ विपी जयन्ति मनाएको छ । आजको राजनीतिक अवस्था र विपी विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरेर पार्टीले सयौँ विपी जयन्ति मनाएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । साथै उनीहरुले बर्तमान राजनीतिमा उहाँको अभाव खड्कीएको समेत बताएका थिए । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता प्रेमनाथ अर्यालले प्रजातान्त्रीक समाजबादका प्रणेता कोईरालाको विचार बर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । खासगरी अहिलेको संक्रमणकालीन अवस्थामा उग्र बामपन्थी र दक्षिणपन्थी समुहरुले विपीको विचारमा प्रहारको गरेको उहाँले आरोप समेत लगाउनुभयो । त्यसैले अहिले नेपाली कांग्रेसले अहिलेको समयलाई चिन्दै विपीले अंगिकार गरेको विचारलाई अझ शशक्त माध्यमबाट जनतामा पु¥याउनुपर्ने उहाँको जोड छ । त्यस्तै नेपाली कांग्रेस गुल्मीका सचिव विष्णुप्रसाद बलालले नेपालको प्रजातन्त्रको लागि संसारमै प्रजातन्त्रको महत्वपूर्ण विचार राख्ने कोईरालाको विच अहिलेको समयमा एकदमै सान्दर्भिक भएको बताउनुभयो । कोईराला एउटा युगान्तकारी ब्यक्ति भएकै कारण नेपालबाट हुकुमी शाशन र शोषणको अन्त्य भएको स्पष्ट पार्नुभयो । साथै कोईरालाले नेपालमा प्रजातान्त्रिक सुरुवात गरेकोले उहाँको नाम ईतिहासमा स्वर्णिम अक्षरमा लेखिने बलालको भनाई रहेको छ । सचिव बलालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महिलासंघ सभापति विष्णुकुमारी सापकोटा, तम्घास गाउँ समिति सभापति अखिलेश्वर प्रसाद पाण्डे, नेपाल विद्यार्थी संघका उपसभापति निरोज मरासीनी लगायतले पनि विपीको सिद्धान्त, राष्ट्रप्रति उहाँको भुमिका र आजको राजनीति अवस्थामा उहाँले प्रतिपादन गर्नुभएको पार्टीको सिद्धान्तको महत्वका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रम तम्घास गाउँ समितिका उप सभापति रुद्र पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

Saturday, September 7, 2013

प्रहरीकै हाकिम मापसे कारबाहीमा

Voice of Gulmi,२२ भदौ, काठमाण्डौं । मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रहरीका सिनियर अधिकारी नै कारबाहीमा परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एकजना एसपी कारबाहीमा परेका हुन् ।
महानगरीय ट्राफिक महाशाखाले उनीहरुलाई क्लास लिन लगाई लाइसेन्ससमेत प्वाल पारेको छ । महाशाखा स्रोतका अनुसार एकजना बानेश्वर तथा अर्का महाराजगञ्ज क्षेत्रमा मापसे गरी सवारी चलाउनेक्रममा कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने नेपाली प्रहरीका एसपी प्रहरी अस्पतालमा कार्यरत रहेको महाशाखा स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ ।
दुवैजनाले क्लास नलिन र लाइसेन्समा प्वाल नपार्न सोर्सफोर्स लगाएपछि एसपी भएको खुलेको थियो । ‘तर, सिस्टमको अगाडी सोर्सफोर्स चलेन,’ महाशाखाका एक अधिकारीले भने । ट्राफिक महाशकाखाले मापसे चेकिङ सुरु गरेयता एक लाख चालक कारबाहीमा परिसकेका छन् । त्यसमध्ये ७० हजारको त लाइसेन्स नै प्वाल पारिएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय प्रहरी अधिकारी नै मापसे चेकिङमा परेको भन्दै महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने, ‘उनीहरुलाई क्लास नै लिन लगायौं र लाइसेन्समा पनि प्वाल पार्‍र्यौ ।’

Friday, September 6, 2013

एकैपटक चार सन्तान जन्मे पिता भन्छन् विपत्ति आइलाग्यो’

Voice of Gulmi,,२१ भदौ, बिराटनगर । समान्यतः नयाँ सन्तान पैदा हुँदा मानिसलाई हर्ष लाग्नु स्वभाविकै हो । तर, एउटा मात्रै सन्तानका लागि हात थापेका बेला भगवानले एकैपटक तीन छोरा र एक छोरी थमाइदिएपछि आमाबुबालाई कस्तो लाग्छ होला ? बिराटनगरमा एकैपटक चार सन्तानका पिता बनेका धनश्याम भट्टराईलाई अनलाइनखबरले तपाईलाई यतिबेला कस्तो महसुस भइरहेको छ भनेर सोध्दा उहाँले आफूमाथि विपती आइलागेको बताउँदै सहयोग गरिदिन राज्यसँग आग्रह गर्नुभएको छ ।

आफ्नो गच्छे अनुसार एउटा सन्तान मात्रै पाल्न सक्ने आँकलन गरेका झापा धुलावारीका धनश्याम र दीपा भट्राई दम्पतीको जीवनमा एक साथ खुसी र विपती मिसिएर आएको छ । उनीहरुले चार सन्तानको आवश्यकता महसुस नगरे पनि विधाताबाट एकैचोटि धेरै सन्तानहरु हात थाप्न बाध्य हुनुपरेको छ ।झापा धुलावारी-२ घर भएकी दीपा भट्राईले चार सन्तानलाई एकैपल्ट जन्म दिनुभएको हो । २६ वर्षीया दीपाले विहीबार अपरान्ह बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा एक छोरी र तीन छोरासहित चार सन्तानलाई जन्म दिनुभएको हो । दिउँसो २ बजेर ३६ मिनेटदेखि ३९ मिनेटसम्मको अवधिमा दीपाले २८ हप्ताका चार सन्तानलाई जन्म दिएपछि यो घटनालाई धेरैले आश्चर्यका रुपमा लिएका छन् । पहिले जन्मिएका तीन छोरा क्रमश १ किलो २ सय ग्राम, एक किलो र १ किलो २ सय ग्राम तौलका छन् भने अन्तिम छोरी ८ सय ग्रामकी रहेको अस्पतालले जनाएको छ ।
‘बच्चा पाएपछि खुसी त लागेकै छ तर एकैचोटि यतिका बच्चा स्याहार्न समस्या हुँदा विपत्ति आएको महसुस भएको छ,-बुबा घनश्याम भट्राईले भन्नुभयो । उहाँले अहिलेको अवस्थामा एक सन्तानको चाहना सबै आमाबुबामा हुने भन्दै यसरी अपत्यारिलो अवस्थामा बच्चा पैदा भएपछि आफु समस्या परेको बताउनुभयो ।’सामान्यरुपमा मानिसको एक पटकमा एउटा मात्र वच्चाको चाहना हुन्छ, तर हामीले एकैपटकमा यतिका वच्चाहरु पाएका छौं यसमा खुसी पनि लागेकै छ ।’ भट्राईले भन्नुभयो ।’मेरो घर परिवारको आय स्रोत सामान्य छ, महंगीले गर्दा कसरी लालन-पालन गर्ने हो, सोच्नै सकेको छैन ।’-नोबेल मेडिकल कलेजको वार्डमा श्रीमती सुत्केरी गराउन झापाबाट आएका ३३ वर्षीय भट्राईले अनलाइनखबरसँग भन्नुभयो ।
आफुमाथि प्रकृति विपति परेको भन्दै भट्राईले सरकारले वच्चाको लालन-पालन र स्वास्थ्य उपचार एवं शिक्षा दिक्षाको समेत प्रवन्ध मिलाइदिन आग्रह गर्नुभयो । ‘म सरकारसँग अपील गर्छु, हामीमाथि विपत्ती आइपरेको छ, मेरो सामान्य जागिरले यतिका वच्चाको लानन-पालन गर्ने हैसियत छैन ।’नोबेल मेडिकल कलेकल कलेजले भने पहिलोपल्ट आफ्नो अस्पतालमा चम्ल्याहा वच्चा पैदा भएको भन्दै अस्पताल व्यावस्थपनले आवश्यक सहयोग गर्ने बताएको छ । ‘हामी भट्राई दम्पतीका यी चार सन्तानका लागि के कति सहयोग गर्न सक्छौं भन्ने बारेमा छलफलमा छौं, पक्कै पनि हाम्रो तर्फवाट उहाँरुलाई सहयोग गर्नेछौं ।’- अस्पतालका प्रसाशकीय अधिकृत नारायण दाहालले अनलाइनखबरसँग भन्नुभयो ।
नवजात चारैजना शिशुहरुलाई उनीहरु सवैलाई अहिले एनआईसियुमा अक्सिजन दिएर राखिएको छ । उनीहरु र आमा पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डा दीक्षा प्रसाईर्ले जानकारी दिनुभएको छ ।सामान्यतः ४० हप्तामा वच्चा पैदा हुने गर्छ । तर, उनीहरु २८ हप्ता अथाएत सात महिनामै पैदा भएकाले श्वास-प्रश्वासमा भने सामान्य समस्या देखिएको डा. प्रसाईले भन्नुभयो । महिना नपुगी वच्चा पैदा भएकाले उनीहरुको फोक्सो पूर्णरुपमा विकशित नभइसकेको चिकित्सको भनाइ छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरुलाई कम्तिमा एक महिना एनआईसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । अस्पतालका अनुसार तीन महिनाअघि पनि सोही अस्पतालमा त्यस्तै अवस्थाको ८ सय ग्रामको एक नवजात शिशुलाई एक महिनासम्म चिकित्सको निगरानीमा राखी सकुशल घर फर्काइएको थियो ।’महिना नै नपुगी बच्चा पैदा हुँदा संक्रमण हुने लगायतका समस्या धेरै आउने गर्दछन् तर पनि जोखिमलाई पार गर्न सकिन्छ ।’ डा. प्रसाईले भन्नुभयो । अस्पतालको वार्डमा रहेकी सुत्केरी दीपाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

Wednesday, September 4, 2013

नेकपा एमाले गुल्मीले तिनवटै क्षेत्रबाट प्रत्यक्ष तर्फ उमेदवार छनोट

Voice of Gulmi,
     
अनिल खत्री गुल्मी भदौ १९
      संबिधान सभाको दोस्रो निर्वाचनको सरगर्मी बढीरहेका बेला राजनितीकदलहरु प्रत्यक्ष तथा समानुपातिक तर्फ उमेदवार चयनको  प्रक्रियामा ब्यस्त रहेका छन । यसै बिच नेकपा एमाले गुल्मीले तिनवटै निर्वाचन क्षेत्रको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक प्रणलीका लागी उमेदवारहरुको नाम प्रस्ताव गरेको छ । नेकपा एमाले क्षेत्र नं.१ को मजुवामा सम्पन्न बैठकले राज्य ब्यवस्थासमितीका पुर्व सभापति एबं क्षेत्र नं.१ का पुर्व सांसद रामनाथ ढकाललाई सर्ब सम्मत प्रत्यक्ष निर्वाचनको उमेदवार बनाउने निर्णय गरेको छ । त्यसै गरि समानुपातिकालागी क्षेत्र नं.१ र २ को तर्फबाट आगामी भदौ २१ गते आयोजित जिल्ला कमिटीको बैठक बाट उमेदवारको  निर्णय गरिने बताइएको छ । त्यसै गरि क्षेत्र नं.२ को मदन आश्रीत स्मृती भवन तम्घासमिा सम्पन्न बैठकले प्रत्यक्ष तर्फ पुर्व मन्त्री एबं संबिधान सभाका पुर्व सदस्य प्रदिप कुमार ज्ञवाली,पुर्व सांसद एबं नेकपा एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य कमलराज श्रेष्ठ र राष्ट्रिय प्रतिनिधी परिषद सदस्य नर्मदा भण्डारीको नाम प्रस्ताव गरेको छ ।
       त्यसै गरि क्षेत्र नं.३ को धनार्जीमा सम्पन्न बैंठकले पुर्व उर्जा मन्त्री एबं पार्टी केन्द्रिय सदस्य गोकर्णराज बिष्ट,पार्टी जिल्ला कमिटी अध्यक्ष टोमलाल पाण्डेय र अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष ललिता गौतमको नाम सिफारिस गरेको छ । त्यसै गरि समानुपातिक तर्फ अनेरास्वबियु पुर्व केन्द्रिय अध्यक्ष रामकुमारी झाक्री,पार्टी लुम्बीनि अञ्चल कमिटी सदस्य दिलशोभा पुन,जिल्ला सल्लाहाकार कमिटीका अध्यक्ष दानबहाुर के.सी.र नेपाल उत्पीडित जातिय मुक्तीसमाज गुल्मीका अध्यक्ष दल बहादुर बिश्वकर्माको नाम सिफारिस गरेको छ । उमेदवारको नाम प्रस्ताव गरे सगै नेकपा एमाले गुल्मीले आफनो चुनाबी अभियानलाइ जनताको घरदैलो सम्म तिब्ररुपमा संंञ्चालन गर्ने जनाएको छ । आगामी संबिधासभाको दोस्रो निर्वाचनमा नेकपा एमालेले गुल्मीका तिन वटै निर्वाचन क्षेत्रमा अत्यधिक बहुमतका साथ बिजय हासिल गर्ने दाबी गरेको छ । बैठकले पार्टीको अबस्था पहिले भन्दा निकै सुधार भएको निष्र्कष सहित पार्टी कार्यकर्ताहरुलाई चुनावी अभियानमा सक्रियताका साथ होमिन निर्देसन गरेको छ ।

नेकपा एमाले गुल्मीले उमेदवारी सिफारिस गर्न बैठक जारी

Voice of Gulmi,      अनिल खत्री, गुल्मी        आगामी संबिधान सभाको निर्वाचनको लागी नेकपा एमाले गुल्मीले उमेदवारी सिफारिस गर्न बैठक जारी आागामी दोसा्रो संबिधान सभाको निर्वाचनको लागी उमेदवारी सफिारिस गर्न नेकपा एमाले गुल्मीको तिन वटै क्षेत्रमा बैठक जारी रहेको नेकपा एमाले गुल्मीले जनाएको छ । दास्रो संबिधान सभाको निर्वाचनको लागी एकिकृत नेकपा माओवादीले र नेपाली का्रग्रेसले यस अगिनै उमेदवारीको नाम सिफारि गरि सकेको छ । भने नेकपा एमाले गुल्मीले आज टुङ्गो लगाउने भन्दै गुल्मी क्षेत्र नम्बर तिनवटै क्षेत्रमा क्षेत्रिय बैठक जारी रहेको नेकपा एमाले गुल्मीले जनाएको छ । उमेदवारी सीफारिसको लागी गुल्मी क्षेत्र नम्बर एकको मजुवामा , क्षेत्र नम्बर दुइ को एमाले पार्टी कार्यलय तम्घासमा र क्षेत्र नम्बर तिनको धनार्जी गुल्मीमा बैठक जारी रहेको बैठकमा सहभागि नेताहरुले जानकारी दिएका छन । अहिले तिनवटै उक्त स्थानमा बैठक चलिरहेको छ र साझ सम्म उमेदवारीको टुङ्गो लाग्ने नेकपा एमाले गुल्मीले जनाएको छ ।