Voice of Gulmi,२२ भदौ, काठमाण्डौं । मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रहरीका सिनियर
अधिकारी नै कारबाहीमा परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका
एक-एकजना एसपी कारबाहीमा परेका हुन् ।
महानगरीय ट्राफिक महाशाखाले उनीहरुलाई क्लास लिन लगाई लाइसेन्ससमेत प्वाल
पारेको छ । महाशाखा स्रोतका अनुसार एकजना बानेश्वर तथा अर्का महाराजगञ्ज
क्षेत्रमा मापसे गरी सवारी चलाउनेक्रममा कारबाहीमा परेका हुन् । कारबाहीमा
पर्ने नेपाली प्रहरीका एसपी प्रहरी अस्पतालमा कार्यरत रहेको महाशाखा
स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ ।
दुवैजनाले क्लास नलिन र
लाइसेन्समा प्वाल नपार्न सोर्सफोर्स लगाएपछि एसपी भएको खुलेको थियो । ‘तर,
सिस्टमको अगाडी सोर्सफोर्स चलेन,’ महाशाखाका एक अधिकारीले भने । ट्राफिक
महाशकाखाले मापसे चेकिङ सुरु गरेयता एक लाख चालक कारबाहीमा परिसकेका छन् ।
त्यसमध्ये ७० हजारको त लाइसेन्स नै प्वाल पारिएको महाशाखाको तथ्यांकमा
उल्लेख छ ।
पछिल्लो समय प्रहरी अधिकारी नै मापसे चेकिङमा परेको
भन्दै महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने, ‘उनीहरुलाई क्लास नै
लिन लगायौं र लाइसेन्समा पनि प्वाल पार्र्यौ ।’
No comments:
Post a Comment