Tuesday, September 10, 2013

,नवलपरासीका बिभिन्न ठाउहरुमा चोरीका घटनामा ९ जनालाई चोरीका समानसहित पक्राउ

Voice of Gulmi,नवलपरासीका बिभिन्न ठाउहरुमा भएको चोरीका घटनामा सलग्न तीन भारतीय महिला लगायत ९ जनालाई चोरीका समानसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय महिलाहरुमा जानकी केवट, सुनिता केवट र भानुमति केवट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक संजीब शर्माले बताउनुभयो । हाटबजारमा बजार गर्न तथा मेला हेर्न आएका मानिसहरुको मोवाईल, मनि पर्स चोरी गरेकोले उनिहरुलाई पक्राउ गरि कारवाही प्रकृया अघि बढाएको शर्माले बताउनुभयो । यस्तै मनरीमा राईस मिल र बोडिर्ङ स्कुल बाट बिभिन्न सामान चोर्नेहरु मध्ये मनरी २ कै खिरी नारायण चौधरीलाई, सुनिल हरिजन समेतलाई प्रहरीले पक्राउ गरेको छ । सोमनीका रबिन्द्र यादवको पसलमा चोरी गर्ने बिजय चौधरी, राजेश चौधरी, संजय चौधरी, बेचन र चौधरी समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैबिच प्रहरीको गस्तीलाई देखेर गाडी छाडेर केही व्यक्ती फरार भएपछि गस्तीले सिमावर्ती रमपुरुवा ७ बाट करिब २५ लाख बराबरको युपी ५३ ए. क्यु ४४१८ नंम्बरको टाटा सुमो गाडी बरामद गरी नियन्त्रणमा लिएर आबश्यक कार्बाहीको लागी आजै भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

No comments:

Post a Comment