Voice of Gulmi,नारायण प्रभात मरासिनी प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । एक सय वर्ष अगाडि आजैका दिन जन्मनु भएका कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका कहिल्यै नओइलाउने नाम हुनुहुन्छ । विश्व समाजवादी आन्दोलनका अगुवासमेत रहनुभएका वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि सान्दर्भिक मानिन्छ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका कोइरालाको बि सं २०३९ साउन ६ गते निधन भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणा शासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो । त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्र्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बिसं २०३३ सालमा नेपाल फर्किनु भएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । नेपाली कांग्रेस गुल्मीले पनि एक कार्यक्रमका विच सयौँ विपी जयन्ति मनाएको छ । आजको राजनीतिक अवस्था र विपी विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरेर पार्टीले सयौँ विपी जयन्ति मनाएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । साथै उनीहरुले बर्तमान राजनीतिमा उहाँको अभाव खड्कीएको समेत बताएका थिए । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता प्रेमनाथ अर्यालले प्रजातान्त्रीक समाजबादका प्रणेता कोईरालाको विचार बर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । खासगरी अहिलेको संक्रमणकालीन अवस्थामा उग्र बामपन्थी र दक्षिणपन्थी समुहरुले विपीको विचारमा प्रहारको गरेको उहाँले आरोप समेत लगाउनुभयो । त्यसैले अहिले नेपाली कांग्रेसले अहिलेको समयलाई चिन्दै विपीले अंगिकार गरेको विचारलाई अझ शशक्त माध्यमबाट जनतामा पु¥याउनुपर्ने उहाँको जोड छ । त्यस्तै नेपाली कांग्रेस गुल्मीका सचिव विष्णुप्रसाद बलालले नेपालको प्रजातन्त्रको लागि संसारमै प्रजातन्त्रको महत्वपूर्ण विचार राख्ने कोईरालाको विच अहिलेको समयमा एकदमै सान्दर्भिक भएको बताउनुभयो । कोईराला एउटा युगान्तकारी ब्यक्ति भएकै कारण नेपालबाट हुकुमी शाशन र शोषणको अन्त्य भएको स्पष्ट पार्नुभयो । साथै कोईरालाले नेपालमा प्रजातान्त्रिक सुरुवात गरेकोले उहाँको नाम ईतिहासमा स्वर्णिम अक्षरमा लेखिने बलालको भनाई रहेको छ । सचिव बलालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महिलासंघ सभापति विष्णुकुमारी सापकोटा, तम्घास गाउँ समिति सभापति अखिलेश्वर प्रसाद पाण्डे, नेपाल विद्यार्थी संघका उपसभापति निरोज मरासीनी लगायतले पनि विपीको सिद्धान्त, राष्ट्रप्रति उहाँको भुमिका र आजको राजनीति अवस्थामा उहाँले प्रतिपादन गर्नुभएको पार्टीको सिद्धान्तको महत्वका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रम तम्घास गाउँ समितिका उप सभापति रुद्र पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment