Tuesday, September 10, 2013

१५ दिनदेखि लगाईएको ताला खुलाउन कुनै पहल भयन

Voice of Gulmi,नवलपरासीको माकर गाविसको कार्यालयमा बिगत १५ दिनदेखि लगाईएको ताला खुलाउन सम्बन्धित पक्षले कुनै पहल नगरेको भन्दै मानवअधिकारकर्मी तथा सञ्चारकर्र्मीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै स्थानिय निकायबाट हुने दैनिक कामकाजलाई सञ्चालन गरी सेवाग्राहीको सेवा पाउने अधिकारबाट बञ्चित नगर्न नगराउन र मानवअधिकारको रक्षा गर्न समेत सम्बन्धित निकाय, सर्वदलीय संयन्त्र, पेशाकर्मी, तथा सरोकारवाला पक्षसंग आग्रह गरिएको छ । विज्ञप्तीमा कार्यालय बन्दका कारण सेवाग्राहीको दैनिक अतिआवश्यक कामकाज, नागरिकता सिफारिस, जन्म मृत्यु बिवाह दर्ता, जग्गा सम्बन्धि सिफारिस र अन्य सिफारिस लगाएतका कार्यहरु सुचारु नहुदा सेवाग्राही अत्यन्त मारमा परेकाले बार्ता र संबादद्धारा यथाशक्य समस्याको समाधान गर्नतर्फ सरोकारवाला सबै पक्षसंग जोडदार माग गरिएको छ । अहिलेको लोकतान्त्रिक युगमा बार्ता र संबाद नै समस्या समाधानको मुख्य उपाय रहेकाले तत्काल संबादलाई निरन्तरता दिई समस्या समाधानको पहल गर्नुपर्ने भन्दै संबन्धित पक्षलाई अनुरोध समेत गरिएको छ । माकर ४ वाढीपिडीतमा सञ्चालन भईरहको उक्त कार्यालयलाई नवनिर्मित पक्की भवन बर्दघाटमा सार्ने निणर्यको बिषयमा विबाद हुदा कार्यालयमा स्थानियबासीले अनिश्चितकालिन ताला बन्दी गरेका थिए ।

No comments:

Post a Comment