Monday, December 31, 2012

सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने १४ जना गएराति चितवनका विभिन्न स्थानबाट पक्राउ ।

Voice of Gulmi,

सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने १४ जना गएराति चितवनका विभिन्न स्थानबाट पक्राउ ।।
सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने १४ जना गएराति चितवनका विभिन्न स्थानबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले गरेको जाँचका क्रममा उनीहरु कारवाहीमा परेका हुन् । प्रहरीले उनीहरुबाट जरिवानास्वरुप दुई हजार चारसय रुयैयाँ रावस्वसमेत सङ्कलन गरेको छ । पछिल्लो समयमा प्रहरीले सवारी नियम उल्लङ्घन गर्नेहरूमाथि कडा निगरानी गरि कारवाही गर्दै आएको छ । सवारी नियम उल्लङ्घन गर्नेहरुलाई कारवाही गरी प्रहरीले जरिवाना तिराउनुका साथै करिब एक घण्टा जिल्ला प्रहरी कार्यालयमा लगी सम्झाई बुझाई गर्ने गरेको छ ।

ट्याक्टरको ढालाले लागेर बालकको मृत्यु

Voice of Gulmi,गुल्मी । ट्याक्टरको पछाडिको ढालाले लागेर शुक्रबार दिब्रुङ ३ दहमा ७ बर्षिय एक बालकको मृत्यु भएको छ । दिब्रुङ ३ का अमर बलालको छोरा बिलनको लु२त २७०६ नम्बरको ट्याक्टरको पछाडिको ढालाले लागेर घटनास्थलमै मृृत्यु भएको हो । इलाका प्रहरी शान्तिपुरका सहायक निरीक्षक शंकर श्रेष्ठका अनुसार ट्याक्टरको पछाडि झुन्डिन खोज्दा ढाला खुलेर निधारमा गहिरो चोट लागेकाले अत्यधिक रक्तस्राव भएको थियो ।

हार्दिक श्रद्धाञ्जली दामिनी !

Voice of Gulmi,
हार्दिक श्रद्धाञ्जली दामिनी !
दिल्लीमा भएको सामुहिक बलात्कारकी शिकार दामिनीको सिंगापुरको अस्पतालमा आज भएको निधनको खबरले मर्माहत बनायो । आखिर घटना जहाँ,जसरी भएपनि मानवताको बिरुद्ध भएको घटनाले दुखाउँदो रहेछ । यो दुखद घडीमा उनको आत्माले तव मात्र शान्ति पाउनेछ जब भारत सरकारले दोषीहरु उपर कडा भन्दा कडा कारवाही गर्नेछ । बलात्कारीहरु माथी मृत्युदण्डको माग गर्दै सडकमा उत्रिएका भारतिय जागरुक नागरिकहरु लाई सलाम । त्यो जागरुकताको पाठ हाम्रा नेपालीहरुले पनि सिकुन । भारत सरकारले दोषीहरु उपर छिटो भन्दा छिटो कडा कारवाही गरोस् !!! Delhi gang-rape victim given symbolic name 'Damini'

Sunday, December 30, 2012

काँग्रेस नेता महत गुल्मी आउने

Voice of Gulmi,पि.एम.मगर

गुल्मी, पौष १४ गते । नेपाल शिक्षक संघ गुल्मीको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न काँग्रेस नेता रामशरण महत गुल्मी आउनुहुने भएको छ । यही २१ गतेका दिन सदरमुकाम तमघासमा हुन गईरहेको संघको अधिवेशनलाई नेता महतले उद्घाटन तथा सम्वोधन गर्नुहुने साथै नेपाली काँग्रेसका जिल्ला कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको संघका जिल्ला अध्यक्ष प्रेम भण्डारीले जानकारी दिनुभएको छ ।
सोही अवसरमा संघको शिक्षक दीप नामक मुख पत्रको चौथो अंकको समेत विमोचन हुने उहाँले वताउनुभयो । अधिवेशनका लागि अहिलेदेखि नै तैयारी शुरु भएको र अधिवेशनमा जिल्लाभरवाट शिक्षकहरुको व्यापक उपस्थिति हुने अध्यक्ष भण्डारीले वताउनुभयो । साथै उहाँले शिक्षक संघका पदाधिकारी तथा संघमा आवद्ध सम्पुर्ण शिक्षकलाई अधिवेशनमा उपस्थित हुन समेत आग्रह गर्दै अधिवेशन भव्य र शानदार रुपमा सम्पन्न हुनेमा आशावादी रहेको वताउनुभयो । अधिवेशनको शनिबार पनि तैयारी वैठक वसेको थियो ।

अनटेस्ट युवा क्लबले तम्घासमा खुल्ला भलिवल प्रतियोगिता गर्दै

  पि.एम.मगर
गुल्मी, पौष १४ गते । गुल्मी तम्घासको अन टेस्ट युवा क्लवले आफनो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत राष्ट्रिय खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । आईतवारदेखि सदरमुकाम तम्घासको चिदीचौरमा संञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको क्लवका सचिव नबिन श्रेष्ठले जानकारी दिनुभएको छ ।
शनिवार दिउँसोसम्म आधिकारीक रुपमा १३ टिमले प्रतियोगिताको लागि नाम दर्ता गरिसकेको साथै फोन सम्र्पकमा भने धेरै टिमले सम्पर्क गरेको क्लवले जनाएको छ । प्रतियोगिताको बिजेता समुहले ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले ३० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । त्यस्तै तृतीय स्थानमा आउनेलाई २० हजार रुपैयाँ नगद र चौथो स्थानमा आउनेलाई पाँच हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवले जनाएको छ। टीम दर्ताका लागि २ हजार पाँच सय रुपैयाँ लिने क्लवले निर्णय गरेको छ। टिम दर्ता भोली मध्यान्ह १२ वजेसम्म रहने क्लवले जनाएको छ । भलिवल खेल आइतबार दिउसो १ बजेबाट शुरु हुनेछ। प्रतियोगितालाई मध्यनजर गर्दै सरसफाई गरी चिदीचौरको खेल मैदानलाई चिटिक्क पारिएको छ ।

मान्छेको योगदान कहिल्यै मर्दैन (साथमा छिमेकी जिल्लाका समाचार)

 0 1 0 1

पि.एम.मगर
गुल्मी, पौष १४ गते । मानिसले प्रशस्त धन सम्पति कमाएको उदाहरणहरु धेरै पाईएपनि व्याक्तिको मृत्युपछि समेत मानसपटलमा जिवनभरी सम्झनामा आइरहने नाम विरलै कमाएको भेटिन्छ।
राणाशासन कालमा शिक्षाको ज्योति फैलाउन गाउँमा विद्यालय खोलेर अमरत्व कमाउनु भएका अर्घाखाँचीको पोखराथोक स्थित हरिहर गौतम अहिले भौतिक रुपमा नरहेपनि उहाँको योगदान सवैका लागि अस्मरणीय छ।
विक्रम संम्वत १९७१ सालमा दलाने शिक्षाबाट शुरु भई १९८१ सालमा गुरुकुल शिक्षाबाट शुरु भएको हरिहर संस्कृत विद्यालय १९९४ सालमा विधिबत रुपमा स्थापना भएको हो। राणाकालीन समयमा गाउँका बालबालीका शिक्षाको उज्यालोबाट बञ्चित रहेको बताउँदै तत्कालीन अवस्थामा संस्कृत पाठशालाबाट ८ जना विद्यार्र्थीलाई खाने वस्ने सम्पुर्ण व्यवस्था सहित यो विद्यालयको जन्म भएको थियो ।
पोखराथोक गाउ“का नेपालकै तेस्रो धनी मानिएका हरिहर गौतमले तत्कालीन समयमा गुरु दधिराम मरासिनीलाई भुमिदान दिने घोषणा गर्दा दधिरामले भुमिदान नदेउ विद्यालय बनाउँ मैले निशुल्क पठाउँछु भनेपछि दुवैको सल्लाहमा त्यस विद्यालयको स्थापना भएको स्थानीय चन्द्रकान्त पौडेलको भनाइ छ। हरिहर गौतम ३६ बर्षको हुँदा ३६ जना विद्यार्थीको सम्पुर्ण खर्च व्याहोर्ने गरी २००८ सालमा अँग्रेजी माध्यमबाट श्रीराम प्राथमिक विद्यालय सञ्चालन भएकोमा २०३१ सालमा उक्त विद्यालय र हरिहर सँस्कृत पाठशाला एकिकरण भई हाल हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयले आपनो स्थापनाको ७५ बर्ष पुगेर हिरक महोत्सव मनाइरहँदा समेत समय अनुुकुलको शैक्षिक विकास गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत गौतमको ठहर छ। अहिले पनि भौतिक पुर्वाधार र दरवन्दीको अभावमा विद्यालय सञ्चालनमा कठिनाई हुँदा समेत सम्वन्धीत निकायको ध्यान नपुगेको हरिहर संस्कृत तथा साधारण उच्च माविका प्राचार्य ठाकुरप्रसाद गौतमको गुनासो छ।
पश्मिाञ्चल क्षेत्रकै पहिलो र नेपालको तेस्रो महाविद्यालय मानिएपनि यसले समय सापेक्ष फड्को मार्न सकेको छैन। पञ्चायत हुँदै प्रजातन्त्र र लोकतन्त्रसम्म आइपुग्दा तत्कालीन मन्त्रीहरु काशीनाथ गौतम, ढुण्डीराज शास्त्री, डाक्टर मोदनाथ प्रश्रित, पुर्व उपकुलपति डाक्टर माधवराज गौतम लगायतका नेता र साहित्यकार जन्माउने विद्यालय भएको प्रध्यापक डा. माधवराज गौतम बताउनुहुन्छ।
नेपाल र भारतमा आपनो रोजगारीका शिलशिलामा रहँदा हरिहर गौतमले आपनो आम्दानीबाट दाङ्ग, कपिलवस्तु, बर्दिया, बा“के र अर्घाखा“चीमा गरी झन्डै ६ हजार विघा जमिन आर्जन गरेको स्थानीयको भनाई छ। सामान्य परिवारमा जन्मिनुभएका गौतमले ६८ विगा जग्गा र आफनै घरलाई दान दिएर विद्यालय स्थापना गर्नुभएको थियो।

खानेपानीको श्रोत संरक्षणमा स्थानीयवासी
भविष्यमा आउन सक्ने खानेपानीको समस्यालाई मध्यनजर गर्दै अर्घाखाँची मरेङ्ग गाविसको आँपकाटे क्षेत्रका जनता यतिवेला पानीको श्रोत संरक्षणमा लागेका छन्। मरेङ्ग गाविस ८ आँपकाटेका स्थानीय जनताले आफ्नै परिश्रममा पधेरा गैरा भन्ने स्थानमा रहेको पानीको मुहानमा पधेरा निर्माण गरी यसको संरक्षणमा जुटेका हुन । सो क्षेत्रका ३२ घरधुरीका जनताले ढुङ्गा, गिटी, वालुवा लगायतका सामान संकलन गर्नुका साथै पधेरा निर्माणमा स्वयं नै खटिएका थिए । अहिले आफुहरुले प्रयोग गर्दै आईरहेको पानीको मुहान सुक्दै जान थालेपछि गाउँमा खानेपानीको अभाव सृजना हुन थालेको र भविष्यमा थप समस्या उत्पन्न हुन सक्ने भन्दै उनीहरुले पधेरा गैरामा पानीको श्रोतलाई संरक्षणका लागि भन्दै पधेरा निर्माण गरेको त्यहाँवाट बालकृष्ण मरासिनीले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीद्धारा उद्घाटन भएको सेवा केन्द्र सेवा विहीन्
एक महिनाअघि प्रधानमन्त्रीे डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको बागलुङ बुर्तिबाङको एकीकृत सेवा केन्द्रमा अहिलेसम्म कर्मचारी उपस्थित नहुँदा केन्द्र सेवाविहीन भएको छ।
गत मंसिर १३ गते प्रधानमन्त्री डा. भट्टराईले उद्घाटन गर्नुभएको सेवा केन्द्रमा सामाजिक शाखा, भौतिक पूर्वाधार शाखा, जीविकोपार्जन शाखा, स्थानीय प्रशासन शाखा र सामान्य प्रशासन शाखाको सेवा दिने भनिएतापनि अहिलेसम्म कार्यालयमा कर्मचारी नआउँदा सेवाग्राहीहरु सेवा लिनवाट वञ्चित भएका हुन। सेवाकेन्द्र बुर्तिबाङका कार्यालय प्रमुख रत्नाकर गौतमले कर्मचारीका लागि आफुले सम्वन्धित निकायमा पहल गरिरहेको तर यतिवेला जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुख तीन महिनाका लागि तालिममा जानुभएका कारण कर्मचारीको व्यवस्थापनमा ढिलाई भएको वताउनुभयो। साथै सेवा केन्द्रले पाँच सेवा मध्ये अहिले सामाजिक शाखाको मात्र सेवा सञ्चालनमा ल्याएको उहाँले वताउनुभयो। सेवा केन्द्र उद्घाटनका क्रममा द्वन्दकालमा विस्थापित भएका मालपोत, नापी, बैंक लगायतका कार्यालयहरु पनि रहने भनिएता पनि पाँच सेवा सहित उदघाटन गरिएको सेवा केन्द्रले कर्मचारी नै नभएपछि अझैसम्म पुर्ण सेवा दिन सकेको छैन।

Saturday, December 8, 2012

राष्ट्रिय जनमोर्चाको बिरोध सभा समपन्न
अनिल खत्री
गुल्मी, मंसिर २१ । राष्ट्रिय जनमोर्चा गुल्मीले केन्द्रिय कार्यक्रम अनुसार गुलमीको सदरमुकाम तम्घासमा बर्तमान सरकारको बिरुद्धमा बिरोध सभा समपन्न गरेको छ ।
बिहिबार गुल्मीको सरमुकाम तम्घासमा समपन्न सभामा बर्तमान सरकारको बिस्थापन, राष्ट्रिय सहमतिको सरकारको निर्माण, सबैधानिक प्रक्रियामा संबिधान सभाको निर्बाचन तथा संघियताको खारेजी जातिय तथा क्षेत्रिय सदभाब
 कार्यक्रम गर्नको लागी भन्दै तम्घासको लाकुरी मञ्चमा बिरोध सभा समपन्न गरेको छ ।
बिरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झबिलाल थापा राष्ट्रिय जनमोर्चा गुल्मीका जिल्ला उपाध्यक्ष रामेश्वर खत्री ,अखिल छैठौ गुल्मीका सल्लाहाकार योगेन्द्र काउछा लगायतको सहभागिता रहेको थियो । नेपालमा संबिधान सभा तथा बाहिर संघिएताको बिरोध गर्दै आएको दल मध्येको यो प्रमुख दल रहेको छ ।