Thursday, February 27, 2014

एक अर्बभन्दा बढी मुल्यका अतियार खरिद गर्ने प्रकृया अघि

Voice of Gulmi, काठमाडौं, फागुन १५  – गृहमन्त्री बामदेव गौतमले पदको सपथ खान नपाउँदै प्रहरीका लागि चिनबाट एक अर्बभन्दा बढी मुल्यका अतियार खरिद गर्ने प्रकृया अघि बढाएपछि छिमेकी मुलुक भारत चिढिएको छ । प्राप्त खबर अनुसार नेपाल प्रहरीले यसै वर्षभित्र एक अर्ब तीन करोड रुपैया“ बराबरको आधुनिक हतियार खरिद गर्न बजेट बिनियोजन गरिसकेको छ । हतियार खरिद गर्दा कम्तीमा चालीसदेखि पचास
प्रतिशतसम्म कमिसन अर्थात ४० देखि ५० करोड रुपैयाँसम्म प्राप्त हुने भएकाले गृहमन्त्री बामदेव त्यसतर्फै लोभीएका छन् । केही माफीयाहरुले बामदेवलाई गृहमन्त्री बनाउन व्यापक लवीङ गर्दै रकम समेत खर्च गरेको बुझिएको छ । प्रहरीलाई विभिन्न सामान आपूर्तिको काम गर्दै आएका ठेकेदार दिपक भट्टले वामदेव गौतमलाई चालिस करोड रुपैयाँ कमिसन दिने प्रतिबद्धता जनाउँदै हतियार आयातको ठेक्का आफूलाई दिन प्रलोभन दिइरहेका छन् । गृहमन्त्री बामदेवलाई ‘बुबा’ भन्दै सम्बोधन गर्ने दिपक भट्टले यसअघि वामदेव गृहमन्त्री भएका बेला रमेश चन्द ठकुरीलाई प्रहरी महानिरीक्षक बनाउन पनि यिनै दीपक भट्टले दुई करोड रुपैया“ उपलब्ध गराएको बुझिएको छ । झलनाथ खनाललाई एक करोड र वामदेव गौतमलाई दुई करोड दिएर त्यसबेला वरियाताक्रममा अगाडि रहेका रविन्द्रप्रताप शाहलाई पछार्दै दीपकले रमेश चन्दलाई आईजीपी बनाउने भूमिका निर्वाह गरेको सुत्र बताउँछ । वामदेव गृहमन्त्री भइसकेपछि प्रहरी र गृह मन्त्रालयअन्तर्गत हुने सम्पूर्ण लाभको काममा दीपक भट्टकै हालिमुहाली हुने निश्चित छ । बामदेवले कमिसनको लोभमा चिनबाट हतियार ल्याउन थालेको खबरबाट भारत भने चिढिएको छ । को हुन भट्ट ? दिपक भट्ट पञ्चायतकालमा खाद्य संस्थानको महाप्रबन्धक भई भ्रष्टाचार काण्डमा मुछिएर बर्खास्त हुनुका साथै बदनामी कमाएका चतुर्भुज भट्टका छोरा हुन् । उनको फक्स ट्राभल्स र गोर्खा ट्राभल्स नामक ट्राभल एजेन्सी सञ्चालनमा छ । तर, खास धन्दा भने सेना र प्रहरीलगायतका निकायमा हतियार, युनिफर्म लगायतका आवश्यक हरेक सामग्री सप्लाई गर्नु हो । ‘गोर्खा ट्राभल्स’ उनले ज्ञानेन्द्र राजा भएपछि दरबारियासँग खरिद गरेका हुन् । गोर्खा ट्राभल्सका पहिलेका मालिक ज्ञानेन्द्र नै थिए । हतियारदेखि प्लेन, हेलिकप्टर खरिदमा समेत दलालीको धन्दा गर्ने भट्टले विभिन्न नाममा कम्पनी दर्ता गराएर धन्दा चलाउँदै आएका छन् । सुडान काण्डका भारतीसँग यीनको विशेष साँठगाँठ छ । दिपकले आफ्नो धन्दा सहज तुल्याउनकै लागि शक्तिकेन्द्रमा करोडौँ खर्च गरी रमेश चन्दलाई आइजीपी बनाएका थिए । पछि चन्दसँग उनको मनमुटाव भएको थियो । बामदेबलाई ‘बुबा’ भनी सम्बोधन गर्ने र मीठा कुरा गरेर जसलाई पनि लठ्याउन सक्ने भट्टको हरेक दलका शक्तिशाली नेताहरूसँग सम्बन्ध छ । त्रिशुली थ्री ए हाइड्रोपावरको क्षमता बढाएर राज्यलाई अर्बौं घाटा पार्ने ‘योजना’ भट्टकै दिमागको उपज हो । उनी सो प्रोजेक्टको चिनियाँ ठेकेदारका नेपाली एजेण्ट हुन् ।

करोडौं कमिसनको खेलमा जुटे गृहमन्त्री बामदेव

 
 
 
 
 
 
 
bamdev-hatiyarकाठमाडौं, फागुन १५  – गृहमन्त्री बामदेव गौतमले पदको सपथ खान नपाउँदै प्रहरीका लागि चिनबाट एक अर्बभन्दा बढी मुल्यका अतियार खरिद गर्ने प्रकृया अघि बढाएपछि छिमेकी मुलुक भारत चिढिएको छ । प्राप्त खबर अनुसार नेपाल प्रहरीले यसै वर्षभित्र एक अर्ब तीन करोड रुपैया“ बराबरको आधुनिक हतियार खरिद गर्न बजेट बिनियोजन गरिसकेको छ ।
हतियार खरिद गर्दा कम्तीमा चालीसदेखि पचास प्रतिशतसम्म कमिसन अर्थात ४० देखि ५० करोड रुपैयाँसम्म प्राप्त हुने भएकाले गृहमन्त्री बामदेव त्यसतर्फै लोभीएका छन् । केही माफीयाहरुले बामदेवलाई गृहमन्त्री बनाउन व्यापक लवीङ गर्दै रकम समेत खर्च गरेको बुझिएको छ । प्रहरीलाई विभिन्न सामान आपूर्तिको काम गर्दै आएका ठेकेदार दिपक भट्टले वामदेव गौतमलाई चालिस करोड रुपैयाँ कमिसन दिने प्रतिबद्धता जनाउँदै हतियार आयातको ठेक्का आफूलाई दिन प्रलोभन दिइरहेका छन् ।
गृहमन्त्री बामदेवलाई ‘बुबा’ भन्दै सम्बोधन गर्ने दिपक भट्टले यसअघि वामदेव गृहमन्त्री भएका बेला रमेश चन्द ठकुरीलाई प्रहरी महानिरीक्षक बनाउन पनि यिनै दीपक भट्टले दुई करोड रुपैया“ उपलब्ध गराएको बुझिएको छ । झलनाथ खनाललाई एक करोड र वामदेव गौतमलाई दुई करोड दिएर त्यसबेला वरियाताक्रममा अगाडि रहेका रविन्द्रप्रताप शाहलाई पछार्दै दीपकले रमेश चन्दलाई आईजीपी बनाउने भूमिका निर्वाह गरेको सुत्र बताउँछ । वामदेव गृहमन्त्री भइसकेपछि प्रहरी र गृह मन्त्रालयअन्तर्गत हुने सम्पूर्ण लाभको काममा दीपक भट्टकै हालिमुहाली हुने निश्चित छ ।
बामदेवले कमिसनको लोभमा चिनबाट हतियार ल्याउन थालेको खबरबाट भारत भने चिढिएको छ ।
को हुन भट्ट ?
दिपक भट्ट पञ्चायतकालमा खाद्य संस्थानको महाप्रबन्धक भई भ्रष्टाचार काण्डमा मुछिएर बर्खास्त हुनुका साथै बदनामी कमाएका चतुर्भुज भट्टका छोरा हुन् । उनको फक्स ट्राभल्स र गोर्खा ट्राभल्स नामक ट्राभल एजेन्सी सञ्चालनमा छ । तर, खास धन्दा भने सेना र प्रहरीलगायतका निकायमा हतियार, युनिफर्म लगायतका आवश्यक हरेक सामग्री सप्लाई गर्नु हो । ‘गोर्खा ट्राभल्स’ उनले ज्ञानेन्द्र राजा भएपछि दरबारियासँग खरिद गरेका हुन् । गोर्खा ट्राभल्सका पहिलेका मालिक ज्ञानेन्द्र नै थिए ।
हतियारदेखि प्लेन, हेलिकप्टर खरिदमा समेत दलालीको धन्दा गर्ने भट्टले विभिन्न नाममा कम्पनी दर्ता गराएर धन्दा चलाउँदै आएका छन् । सुडान काण्डका भारतीसँग यीनको विशेष साँठगाँठ छ । दिपकले आफ्नो धन्दा सहज तुल्याउनकै लागि शक्तिकेन्द्रमा करोडौँ खर्च गरी रमेश चन्दलाई आइजीपी बनाएका थिए । पछि चन्दसँग उनको मनमुटाव भएको थियो ।
बामदेबलाई ‘बुबा’ भनी सम्बोधन गर्ने र मीठा कुरा गरेर जसलाई पनि लठ्याउन सक्ने भट्टको हरेक दलका शक्तिशाली नेताहरूसँग सम्बन्ध छ । त्रिशुली थ्री ए हाइड्रोपावरको क्षमता बढाएर राज्यलाई अर्बौं घाटा पार्ने ‘योजना’ भट्टकै दिमागको उपज हो । उनी सो प्रोजेक्टको चिनियाँ ठेकेदारका नेपाली एजेण्ट हुन् ।
- See more at: http://www.ratopati.com/2014/02/27/113400.html#sthash.LqZieTLL.dpuf

किन यसरी हराए राजु परियार

Voice of Gulmi,नेपाली लोकसंगीतका सर्वाधिक सफल गायक राजु परियारबारे धेरैलाई अत्तोपत्तो छैन । नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले झण्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन् ।

उनले गाएका धेरै गीतले बाजी मारेका छन् । ‘गड गिफ्ट’ स्वरले परिचित राजु परियार पछिल्लो तीन चार बर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन् । लम्जुङ्ग स्थायी घर भएका परियारको अहिले बसोबास कहां छ ? के गर्दै छन् ? किन गाउने छाडे गीत ? भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन् । काठमाण्डूमा झण्डै आधा दर्जन रेकडिङ्ग स्टुडियोले लोकगीत धेरै रेकर्ड गर्छन् । तर ती स्टुडियोमा राजु परियार नपुगेको धेरै भयो । लोक दोहारीलाई व्यवसायीक बनाउनमा राजुको स्वरलाई पनि ‘जस’ दिने गरिएको छ ।

बरिष्ठ गायिका बिमाकुमारी दुरा भन्छिन् ‘मैले त राजु भाईको मुख देख्न नपाएको जुगौं भयो ।’ परियार र दुराको पुरानो घर लम्जुङ्ग नै हो । दुरा थप्छिन् ‘ पोखरा बस्छ भन्ने सुनेकी छु, कहिले कांही फोन गरेर आउंछु त भन्छ तर कता जान्छ कता ?’ तीजताका एक दुईवटा गीतमा स्वर दिएका थिए राजुले । संकलक एकनारायण भण्डारीले केही दिन अघि राजुलाई काठमाण्डुमा भेटेको सुनाए । भण्डारी भन्छन् ‘ राजुको स्वर बिस्थापित हैन, गायकीमा समस्या छैन तर स्टुडियोमा समय नदिने समस्या ठूलो हो ।’ एकनारायणले राजुको स्वरमा केही दिन अघि गीत पनि रकेर्ड गराएको बताए । मोवाइल नम्बर फेरिरहने र स्थायी बसोबासको थाहा नहुंदा धेरैले राजुको स्वरमा गीत रेकर्ड गराउन पाएका छैनन् ।

raju pariyarगीतको मर्म नबिग्रने गरि गीत गाउने सफल गायकको कोटीमा राजु पर्छन् । पछिल्लो समयमा घरायशी समस्याले बिछिप्त भएका राजु अहिले पोखरा बस्ने हल्ला छ । प्रिज्म रेकर्डिङ्ग स्टुडियोका प्रमुख तथा म्यूजिक एरेन्जर बिबि अनुरागीले राजु परियारको जत्तिको अझै सम्म कसैको स्वर नभएको बताए । अद्भूत जादू छ राजुको स्वरमा तर चाहिएका बेला सम्पर्कमा नै हुन्नन् अनुरागी भन्छन् ‘ फाट्टफुट्ट गीत रेकर्ड भाको छ, मैले पनि राजुलाई गीत बनाइदिएको छु ।’ देश विदेशमा हुने सांगीतिक कार्यक्रममा उनको माग निक्कै बढ्दो छ । तर उनी सम्पर्कमा छैनन् ।

बिबी अनुरागीका अनुसार विदेशमा कार्यक्रममा लैजान पटक पटक फोन आइरहन्छ तर उनको पत्तो हुंदैन । ०६२ सालतिर राजुले एकै दिनमा झण्डै ५। ६ वटा गीत रेकर्ड गर्थे । एउटा गीत गाएको पांच हजार पारिश्रमिक लिने राजुको माग अहिले पनि उस्तै छ । उनले गाएका फूलमा मौरी, डुल्ने बेलामा, धोका दिनेलाई के भनौं र खोई, भैंसी पालेर, रुमाल धोको छु, सुनपानी, लालुपाते नुग्यो भूंइतिरलगायत हजारौं गीत सफल छ

Wednesday, February 26, 2014

चालिस हजारले डुवायो बिष्णु माझीलाई

Voice of Gulmi ,
 दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा
 दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा
 दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे ।  फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक दोहोरीमा एक छत्र राज गर्न थालिन् उनले ।  बिष्णु माझीलाई यो पेशामा स्थापित गराउने श्रेय जान्छ सुन्दरमणी अधिकारीलाई । अधिकारीले नै बिष्णुलाई गायन पेशामा ल्याएका थिए । र, काठमाण्डुमा अधिकारी र माझी ‘लिभिङ् टुगेदर’का रुपमा बस्न थाले । यो खवर सार्वजनिक बहश बन्यो । अन्तत : अधिकारीले बिष्णु माझीलाई नै बिहे गरे । तर बिहे गरेको कुरा अझैपनि बताउन चाहन्न यी दुई जोडी । यसरी डुबिन चालीस हजारमा माझी : त्यतिबेला बिष्णु माझीले गीत गाएपछि लिने पारिश्रमिकको रेट ठ्याक्कै यति भन्ने थिएन । २५ सयदेखि गीत गाउन थालेकी बिष्णु माझीले आफ्नो रेट बढाएर एकै चोटी १२ हजार पुर्‍याईन् । रेट बढेसंगै उनको बिकल्प खोजी हुन थाल्यो । सुन्दरमण्ी अधिकारीले भने अनुसार बिष्णुले काम गर्न थालिन् ।क्यासेटको जमाना थियो केही बर्षअघिसम्म त्यतिबेला उनले एक साइडमा मात्रै गीत गाउने घोषणा गरिन् ।  त्यसपछि बिस्तारै यो जोडी सांगीतिक बजारमा अलोकप्रिय हुन थाल्यो । त्यसको पुरै मार अहिले बिष्णु माझीलाई परेको छ । केही बर्ष देखि उनले एउटा गीत गाएको ४० हजार रुपैया लिन थालिन् । जुन नेपाली गीतसंगीतको इतिहासमा अहिलेसम्म कसैले लिने गरेका छैनन् ।  बजार सेलाएर पुरै डामाडोल भएका बेला उनले चालिस हजारमा एउटा गीत गाउन थालेपछि उनको बिकल्पको खुलेर खोजी मात्र भएन, उनले रेकर्डिङ्ग स्टुडियो समेत देख्न मुश्किल पर्न थाल्यो । गीत रेकर्डिङ्गका लागि सवै भन्दा धेरै बोलाउने प्रिज्मा रेकर्डिङ्गकी व्यवस्थापक स्वरुपा रसाइली भन्छिन्‘ बिष्णुको टेक नपरेको धेरै भयो, उनको स्वर राख्न त खोज्छन तर महंगो भनेर आंट नै गर्दैनन् ।’  जव की चालिस हजारमा लोक दोहोरी गीतको एउटा पुरै एल्वम तयारी हुन्छ । बिष्णुले रेट महंगो बनाएपछि उनले व्यवसायिक कलाकारको गीत गाउन पाउन छाडेकी छन् । स्वरुपाका अनुसार नयां नयां रहर गर्नेले मात्रै उनको आवाजमा गीत रेकर्ड गराउन खोज्छन । महिना दुई चार वटा मात्रै गीत गाएर दिन कटाएकी छन उनले । मालश्री रेकर्डिङ्ग स्टुडियोका राम भण्डारीका कुरा पनि उस्तै छन् । राम भन्छन् ‘ पहिला जस्तो बिष्णु माझीले गाउन पाउदिनन्, तर फागुन महिनामा भने केही गीत गाएकी छन् । ’  बिष्णुले चालिस हजार लिन थालेपछि उनको बिकल्पमा पूर्णकला बिसी, देवी घर्ती, टिका पुन, जुना श्रीसलाई लिन थालेका छन व्यवासायीहरुले ।  सामाजिक हुन सकिनन् माझी
नाम चलेका कलाकारका लागि विदेश पानी पंधेरो जस्तै हो ।  तर पांच हजार गीत गाइसकेकी बिष्णुले अझै सम्म विदेशमा पाइला पारेकी छैनन् । यसको सवै अपजस उनका श्रीमान् सुन्दरमणी अधिकारीलाई दिने गर्छन संगीतकर्मीहरु । विदेश मात्र हैन उनी स्वदेशमै हुने मेला महोत्सवमा समेत गएकी छैनन् ।  नाम चलेका देशबाट आएका प्रस्ताव समेत उनका श्रीमान अधिकारीले इन्कार गर्दै आएका छन् । नेपालमा पनि उनी पछ्यौराले मुख छोपेर हिड्ने गर्छिन र कसैको सम्पर्कमा पनि छैनन् ।
माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे ।
फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक दोहोरीमा एक छत्र राज गर्न थालिन् उनले ।
बिष्णु माझीलाई यो पेशामा स्थापित गराउने श्रेय जान्छ सुन्दरमणी अधिकारीलाई । अधिकारीले नै बिष्णुलाई गायन पेशामा ल्याएका थिए । र, काठमाण्डुमा अधिकारी र माझी ‘लिभिङ् टुगेदर’का रुपमा बस्न थाले । यो खवर सार्वजनिक बहश बन्यो । अन्तत : अधिकारीले बिष्णु माझीलाई नै बिहे गरे । तर बिहे गरेको कुरा अझैपनि बताउन चाहन्न यी दुई जोडी ।
यसरी डुबिन चालीस हजारमा माझी :
त्यतिबेला बिष्णु माझीले गीत गाएपछि लिने पारिश्रमिकको रेट ठ्याक्कै यति भन्ने थिएन । २५ सयदेखि गीत गाउन थालेकी बिष्णु माझीले आफ्नो रेट बढाएर एकै चोटी १२ हजार पुर्‍याईन् । रेट बढेसंगै उनको बिकल्प खोजी हुन थाल्यो । सुन्दरमण्ी अधिकारीले भने अनुसार बिष्णुले काम गर्न थालिन् ।क्यासेटको जमाना थियो केही बर्षअघिसम्म त्यतिबेला उनले एक साइडमा मात्रै गीत गाउने घोषणा गरिन् ।
त्यसपछि बिस्तारै यो जोडी सांगीतिक बजारमा अलोकप्रिय हुन थाल्यो । त्यसको पुरै मार अहिले बिष्णु माझीलाई परेको छ । केही बर्ष देखि उनले एउटा गीत गाएको ४० हजार रुपैया लिन थालिन् । जुन नेपाली गीतसंगीतको इतिहासमा अहिलेसम्म कसैले लिने गरेका छैनन् ।
बजार सेलाएर पुरै डामाडोल भएका बेला उनले चालिस हजारमा एउटा गीत गाउन थालेपछि उनको बिकल्पको खुलेर खोजी मात्र भएन, उनले रेकर्डिङ्ग स्टुडियो समेत देख्न मुश्किल पर्न थाल्यो । गीत रेकर्डिङ्गका लागि सवै भन्दा धेरै बोलाउने प्रिज्मा रेकर्डिङ्गकी व्यवस्थापक स्वरुपा रसाइली भन्छिन्‘ बिष्णुको टेक नपरेको धेरै भयो, उनको स्वर राख्न त खोज्छन तर महंगो भनेर आंट नै गर्दैनन् ।’
जव की चालिस हजारमा लोक दोहोरी गीतको एउटा पुरै एल्वम तयारी हुन्छ । बिष्णुले रेट महंगो बनाएपछि उनले व्यवसायिक कलाकारको गीत गाउन पाउन छाडेकी छन् । स्वरुपाका अनुसार नयां नयां रहर गर्नेले मात्रै उनको आवाजमा गीत रेकर्ड गराउन खोज्छन । महिना दुई चार वटा मात्रै गीत गाएर दिन कटाएकी छन उनले । मालश्री रेकर्डिङ्ग स्टुडियोका राम भण्डारीका कुरा पनि उस्तै छन् । राम भन्छन् ‘ पहिला जस्तो बिष्णु माझीले गाउन पाउदिनन्, तर फागुन महिनामा भने केही गीत गाएकी छन् । ’
बिष्णुले चालिस हजार लिन थालेपछि उनको बिकल्पमा पूर्णकला बिसी, देवी घर्ती, टिका पुन, जुना श्रीसलाई लिन थालेका छन व्यवासायीहरुले ।
सामाजिक हुन सकिनन् माझी :
sundar , bishnuनाम चलेका कलाकारका लागि विदेश पानी पंधेरो जस्तै हो ।
तर पांच हजार गीत गाइसकेकी बिष्णुले अझै सम्म विदेशमा पाइला पारेकी छैनन् । यसको सवै अपजस उनका श्रीमान् सुन्दरमणी अधिकारीलाई दिने गर्छन संगीतकर्मीहरु । विदेश मात्र हैन उनी स्वदेशमै हुने मेला महोत्सवमा समेत गएकी छैनन् ।
नाम चलेका देशबाट आएका प्रस्ताव समेत उनका श्रीमान अधिकारीले इन्कार गर्दै आएका छन् । नेपालमा पनि उनी पछ्यौराले मुख छोपेर हिड्ने गर्छिन र कसैको सम्पर्कमा पनि छैनन् ।
- See more at: http://kathmandutoday.com/2014/02/33209.html#sthash.pNTKb7Sn.eZN1EinH.dpuf
माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे ।
फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक दोहोरीमा एक छत्र राज गर्न थालिन् उनले ।
बिष्णु माझीलाई यो पेशामा स्थापित गराउने श्रेय जान्छ सुन्दरमणी अधिकारीलाई । अधिकारीले नै बिष्णुलाई गायन पेशामा ल्याएका थिए । र, काठमाण्डुमा अधिकारी र माझी ‘लिभिङ् टुगेदर’का रुपमा बस्न थाले । यो खवर सार्वजनिक बहश बन्यो । अन्तत : अधिकारीले बिष्णु माझीलाई नै बिहे गरे । तर बिहे गरेको कुरा अझैपनि बताउन चाहन्न यी दुई जोडी ।
यसरी डुबिन चालीस हजारमा माझी :
त्यतिबेला बिष्णु माझीले गीत गाएपछि लिने पारिश्रमिकको रेट ठ्याक्कै यति भन्ने थिएन । २५ सयदेखि गीत गाउन थालेकी बिष्णु माझीले आफ्नो रेट बढाएर एकै चोटी १२ हजार पुर्‍याईन् । रेट बढेसंगै उनको बिकल्प खोजी हुन थाल्यो । सुन्दरमण्ी अधिकारीले भने अनुसार बिष्णुले काम गर्न थालिन् ।क्यासेटको जमाना थियो केही बर्षअघिसम्म त्यतिबेला उनले एक साइडमा मात्रै गीत गाउने घोषणा गरिन् ।
त्यसपछि बिस्तारै यो जोडी सांगीतिक बजारमा अलोकप्रिय हुन थाल्यो । त्यसको पुरै मार अहिले बिष्णु माझीलाई परेको छ । केही बर्ष देखि उनले एउटा गीत गाएको ४० हजार रुपैया लिन थालिन् । जुन नेपाली गीतसंगीतको इतिहासमा अहिलेसम्म कसैले लिने गरेका छैनन् ।
बजार सेलाएर पुरै डामाडोल भएका बेला उनले चालिस हजारमा एउटा गीत गाउन थालेपछि उनको बिकल्पको खुलेर खोजी मात्र भएन, उनले रेकर्डिङ्ग स्टुडियो समेत देख्न मुश्किल पर्न थाल्यो । गीत रेकर्डिङ्गका लागि सवै भन्दा धेरै बोलाउने प्रिज्मा रेकर्डिङ्गकी व्यवस्थापक स्वरुपा रसाइली भन्छिन्‘ बिष्णुको टेक नपरेको धेरै भयो, उनको स्वर राख्न त खोज्छन तर महंगो भनेर आंट नै गर्दैनन् ।’
जव की चालिस हजारमा लोक दोहोरी गीतको एउटा पुरै एल्वम तयारी हुन्छ । बिष्णुले रेट महंगो बनाएपछि उनले व्यवसायिक कलाकारको गीत गाउन पाउन छाडेकी छन् । स्वरुपाका अनुसार नयां नयां रहर गर्नेले मात्रै उनको आवाजमा गीत रेकर्ड गराउन खोज्छन । महिना दुई चार वटा मात्रै गीत गाएर दिन कटाएकी छन उनले । मालश्री रेकर्डिङ्ग स्टुडियोका राम भण्डारीका कुरा पनि उस्तै छन् । राम भन्छन् ‘ पहिला जस्तो बिष्णु माझीले गाउन पाउदिनन्, तर फागुन महिनामा भने केही गीत गाएकी छन् । ’
बिष्णुले चालिस हजार लिन थालेपछि उनको बिकल्पमा पूर्णकला बिसी, देवी घर्ती, टिका पुन, जुना श्रीसलाई लिन थालेका छन व्यवासायीहरुले ।
सामाजिक हुन सकिनन् माझी :
sundar , bishnuनाम चलेका कलाकारका लागि विदेश पानी पंधेरो जस्तै हो ।
तर पांच हजार गीत गाइसकेकी बिष्णुले अझै सम्म विदेशमा पाइला पारेकी छैनन् । यसको सवै अपजस उनका श्रीमान् सुन्दरमणी अधिकारीलाई दिने गर्छन संगीतकर्मीहरु । विदेश मात्र हैन उनी स्वदेशमै हुने मेला महोत्सवमा समेत गएकी छैनन् ।
नाम चलेका देशबाट आएका प्रस्ताव समेत उनका श्रीमान अधिकारीले इन्कार गर्दै आएका छन् । नेपालमा पनि उनी पछ्यौराले मुख छोपेर हिड्ने गर्छिन र कसैको सम्पर्कमा पनि छैनन् ।
- See more at: http://kathmandutoday.com/2014/02/33209.html#sthash.pNTKb7Sn.eZN1EinH.dpuf

Tuesday, February 25, 2014

क्षेत्र न.१को राष्ट्रपति रनिंग शिल्ड छनोट प्रतियोगिता सम्पन्न

Voice of Gulmi, गुल्मी१३  फाल्गुन ।  गुल्मी  जिल्लाको राष्ट्रपति रनिंग शिल्ड छनोट प्रतियोगिता  प्रतियोगिता अन्तर्गत क्षेत्र न.१ को प्रतियोगीता सम्पन्न भएको छ । गुल्मी क्षेत्र न . १ अन्तर्गतका सम्पूर्ण मा. बि . स्तरीय प्रतियोगिता भए पनि एस.एल.सी .नजिकिएको लगाएतका कारणले जम्मा ११ विद्यालयको मात्र उपस्थिति रहेको थियो  । २ दिन सम्म चलेको उक्त प्रतियोगीताको सभापतित्व श्री उदय उच्च माबि शान्तिपुरका प्राचार्य कोमलनाथ न्यौपाने ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा उदय उच्च माबि ब्यबस्थापन समितिका अध्यक्ष श्री मिमलाल श्रेठ तथा बिशिष्ठ अतिथिमा जिल्ला खेलकुद समिति गुल्मीका अध्यक्ष श्री गोबिन्द बिक रहनु भएको थियो । जिल्ला खेलकुद समिति गुल्मीको आयोजना तथा श्री उदय उच्च मा.बि.शान्तिपुर र श्री चक्रेश्वर ईन्गलिस बोडिंग स्कूलको ब्यबस्थापन उक्त प्रतियोगिता सम्पन्न भएको छ ।
       सो प्रतियोगितामा बलिबल छात्र -छात्रा;सटफुट छात्र -छात्रा;हाई जम्प छात्र -छात्रा;लंग जम्प छात्र -छात्रा त्रिपाल जम्प छात्र -छात्रा;दौड १००मि .२००मि.४००मि.८००मि.१५००मि.छात्र -छात्रा ३०००मि .छात्रा ;५०००मि.छात्र तथा १००मि. रिले ;२००मि. रिले ;४००मि.रिले छात्र -छात्रा आदि प्रतियोगिता हरु समाबेस गरिएको थियो । यहाँ बाट पहिलो र दोश्रो हुने प्रतियोगीलाई तम्घास लगिने छ र त्यहाँ बाट पहिलो हुने १ -१ जनालाई पश्चिमान्चल क्षेत्रीय प्रतियोगितामा भाग लिन  पोखरा लगिने छ  ।
  सो प्रतियोगितामा बिजयी खेलाडीलाई प्रमाण पत्र बितरण समेत गरिएको थियो । क्षेत्रीय छनोट बाट पहिलो र दोस्रो हुने खेलाडीले यहि आउदो फाल्गुन १९ र २० गते तम्घासमा हुने जिल्ला स्तरीय खेलमा सहभागी हुन् पाउने छन्  ।
unnamed (11) unnamed (10) unnamed (9) unnamed (8)

Monday, February 24, 2014

सहमति अनुसार मन्त्रालयको सूची

Voice of Gulmi,काठमाडौ, फागुन १२– मन्त्रिपरिषद विस्तारअघि कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।
दुई पार्टीको वार्ता टोलीबीच सोमबार बिहान बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएको हो । भागबण्डा सजिलो बनाउन दुई पार्टीले मन्त्रालयलाई तीन भागमा वर्गीकरण गरेका छन् ।
सहमति अनुसार मन्त्रालय बाँडफाँडको सूची यस्तो छ:

आगोको अगुल्टाले हान्दा एक मजदुरको मिर्तु

Voice of Gulmi,बागलुङ, फागुन १२ – बागलुङको हुग्दीशिरमा बलिरहेको अगुल्टोले हान्दा एक मजदुरको ज्यान गएको छ ।
हुग्दीशिर ४ की शान्ति थापाले घरमा डेरा गरी बस्ने पाल्पा झुठापौवा गाविसका २४ वर्षिय सुमन पुनलाई अगुल्टोले हान्दा ज्यान गएको हो ।
आफ्नो घर जान पुनले राखेको प्रस्ताव घरवेटी थापाले अस्वीकार गरेपछि आक्रमणमा उत्रिएका थिए । घटनामा संलग्न थापाले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार त्यसको प्रतिकार गर्दा पुनको ज्यान गएको हो । थापाको दुवै आँखामा निला डाम रहेको प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले बताउनुभयो ।
घर निर्माणमा मजदुरीको काम गर्दै आएका पुनको शव पोष्ट मार्टमका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ । थापालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
मृतक पुनको आफन्त कोही पनि सम्पर्कमा नआएको हुँदा प्रहरीले शव नगरपालिकाको जिम्मा लगाउने तयारी गरेको छ । पुनलाई आफुले भाई मान्दै आएको थापाले प्रहरीलाई बयान दिएकी छन् ।

शाईन रेसुङ्गा डेवलपमेन्ट विकास बैंकको १७ औं शाखा बुर्तिबाङमा

Voice of Gulmi,बागलुङ १२ फागुन, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको छैठौं बर्ष प्रवेशका अवसरमा बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्ग बजारमा बैंकको सत्रौं शाखाको स्थापना भएको छ । शाखाको स्थानीय जेष्ठ सदस्य ९६ बर्षिय श्री बल बहादुर घर्ति क्षेत्रीले आइतबारे एक समारोहका बिच उद्घाटन गरेकाछन् । बैंकका संचालक श्री राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय जेष्ठ सदस्य ९६ बर्षिय श्री बल बहादुर घर्ति क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ बुर्तिबाङ्गका सदस्य श्री चिन्तामणि शर्मा, बुतिवाङ्ग नगर विकास समितिका संयोजक श्री तुल्सीराम अर्याल, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख श्री रविलाल शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा बोल्दै सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमका समेत अध्यक्षता ग्रहण गुर्नभएको राजेन्दै प्रसाद श्रेष्ठले शाइन डेभलपमेण्ट बैंक लि बुटवल र रेसुङ्गा विकास बैंक लि तमघास मर्ज भै २०६९ चैत्र ४ गतेदेखि एकिकृत कारोबार संचालन गर्दै आएको ताएकाछन् । बैंकको प्रधान कार्यालय तमघास,गुल्मीमा रहेको छ भने कर्पोरेट कार्यालय बुटवल रुपन्देहीमा रहेको छ । साथै यस बैंकले विभिन्न १० जिल्लामा १७ वटा शाखा कार्यलय स्थापना गरेको अध्यक्ष श्रेष्ठले बताए । बैंकको अधिकृत पूजि ६४ करोडतथा जारी पूजिः ५७ करोड ५७ लाख ५४ हजार र चुक्ता पूजि ३८ करोड ३८ लाख ३६ हजार रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो । बुर्तिबाङ शाखाका प्रबन्धक कृष्णहरी भण्डारीको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन क्षेत्रिय प्रबन्धक लालमणी पन्तले गरेका थिए ।

Sunday, February 23, 2014

एमालेलाई गृह दिन कोईराला सहमत

Voice of Gulmi,फागुन ११ । लामो समय पश्चात अव मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली काग्रेंस र नेकपा एमाले विच गृहमन्त्रालयमा देखिएको विवाद सल्टीएपछि अव मन्त्रिपरिषद् गठन हुने पक्का भएको हो ।

आज बालुवाटारमा भएको रामचन्द्र पौडेल ,प्रकाशमान सिंह ,दिपकुमार उपाध्याय ,रामशरण महत ,डा नारायणखड्का सँगको लामो छलफलमा प्रधानमन्त्रि सुशील कोईराला एमालेलाई गृहमन्त्रालय दिन सहमत हुनुभएको हो ।

मन्त्रि जस्लाई बनाएपनि आप्पती नहुने कांगे्रस स्रोतले जनाएको छ । आजै एमालेसँग सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । हिजो राति पनि लामो छलफल भएको स्रोतले जनाएको छ । 

Thursday, February 20, 2014

ग्राहकलाई ठगेको भन्दै पाल्पाका पाँचवटै पेट्रोल पम्प बन्द

Voice of Gulmi, फागुन ८ – गुणस्तर तथा नापतौल विभागको निर्देशनपछि पाल्पामा सञ्चालित सबै पाँचवटै पेट्रोल पम्प बन्द भएका छन् । ग्राहकलाई विभिन्न तरिकाबाट ठगेको भन्दै विभागले ती पम्प बन्द गर्न निर्देशन दिएको थियो ।
जिल्ला अनुगमन समिति पाल्पाले गएको ३ गते तानसेन र आसपासका क्षेत्रमा रहेका पेट्रोल पम्पहरुमा अनुगमन गर्दा ती पम्पहरुले ५ लिटर पेट्रोल बेच्दा ५० मिलिलिटरसम्म कम बेच्ने गरेको पाइएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो ।
आयल निगमका प्रतिनिधिसहितको टोलीले अनुगमन गर्दा तेलको गुणस्तरमा समेत परिवर्तन भएको पाइएको थियो ।
 तर गुणस्तर तथा नापतौल विभाग बुटवलका प्रतिनिधिहरुले विहीबार गरेको अनुगमनमा केही पेट्रोल पम्पहरुमा धेरै पेट्रोल झरेको पाईएको छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीका अनुसार गुणस्तर तथा नापतौल विभाग बुटवलले तत्काल पम्प बन्द गर्न निर्देशन दिएपछि पम्पहरु बन्द भएका हुन् ।
अनुगमनकोक्रममा पम्पहरुमा फाएर ग्यास नभएको, स्टोरेज कक्ष ब्यवस्थित नभएको, प्लास्टीकको भाँडामा तेल राखेर बेचेको भेटिएको थियो ।

कसले झुटो बोले पोलिग्राफिक टेस्ट गरौं प्रदीप ज्ञवाली

Voice of Gulmi,काठमाडौं, फागुन ८ – गृहमन्त्रालयको विषयमा कसले झुटो बोलेको होला, कांग्रेस वा एमालेले ? अहिलेसम्म यसको कुनै टुंगो लागेको छैन ।
एमालेले गृहमन्त्रालय एमालेले पाउने मौखिक सहमति भएको दावी गर्दै आएको छ भने कांग्रेसले खण्डन गर्दै आएको छ । तर यी दुई दल मध्ये कसले झुटो बोलेको छ भन्ने कुरा यकिन गर्न एक जना एमाले नेताले प्रविधि प्रयोग गर्न सकिने बताएका छन् ।
एमाले नेता प्रदीप ज्ञवालीले प्रहरीले अपराधीका विषयमा अनुसन्धान गर्न प्रयोग गरिरहेको पोलिग्राफिक टेस्ट प्रयोग गर्न चुनौती दिनुभएको हो ।  ‘सहमति नभई एमालेले हावाको भरमा ब्यक्ति र पदको निर्णय गर्दैन ।’ रिपोटर्स क्बले गरेको कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले भन्नुभयो, ‘शंका लागे प्रहरीकोमा डिटेक्टर छ अरे कसले झुट बोलेको छ परीक्षण गरे हुन्छ ।’
एमाले नेता ज्ञवालीले डिटेक्टर शब्दावली प्रयोग गरेपनि उहाँको आशय पोलिग्राफिक टेस्ट थियो । प्रहरीले अपराध अनुसन्धानमा भर्खरै प्रयोगमा ल्याएको पोलिग्राफिक टेस्ट प्रभावकारी हुने अपेक्षासहित त्यसको परीक्षण प्रयोग गरिरहेको छ

अनुगमन टोली आएसँगै बुर्तिबाङका औषधि पसलहरु बन्द

Voice of Gulmi,बुर्तिबाङ फागुन ०८ ।-औषधि व्यवस्था विभागको टोली बागलुङहुँदै बुर्तिबाङ आएसँगै बुर्तिबाङका औषधि पसलका सटर दुईदिनदेखि बन्द भएकाछन् । विभागका तर्फबाट फर्मेसि निरीक्षक श्याम अधिकारी, भरत पौडेल तथा औषधि व्यवस्था विभागका प्रशासनिक अधिकृत रमेश लामिछाने सहितको एक टोली बागलुङहुँदै बुर्तिबाङका लागि हिडेको थाहा पाएपछि बुर्तिबाङका औषधि पसलहरु जो नियमसँगत सञ्चालित थिएन , ति हिजोदेखिनै बन्द रहेका हुन् । विभागका निरीक्षक श्याम अधिकारीका अनुसार अनुगमनका शिलशीलामा खर्वाङमा रहेको गैरे हेल्थ केयर सेन्टर, ग्वालीचौर स्थित विन्धावासिनी मेडिको सेन्टर, ग्वालीचौरकै शिवसुदन मेडिकल, भीमगीठेको सिर्जना मेडिको फर्मा दर्ता प्रक्रिया विनानै सञ्चलनमा आएको पाइएको बताउनुभएको छ । त्यस्तै बुर्तिबङ वसपार्क स्थित उत्तर गंगा मेडिको फर्मा र वर्षऋतु मेडिकल अनुगमन टोली बुर्तिबाङ आउने भनेसँगै सटर लगाएर दुईदिन यता बन्द गरिएको पाइएको अधिकृत अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार ति मेडिकल सञ्चालकहरुले नियमसँगत नभएकै कारण अनुगमनका वेला आफै बन्द गर्नु परेको हामीले पाएकाले उनीहरुलाई जिल्लामा तानेर कार्वाही प्रक्रिया थालिने बताउनुभएको छ । यस्तै यसरी बन्द हुने बुर्तिबाङ स्थित अन्य औषधी पसलहरु पनि रहेकाछन् । जो अझै बन्द अवस्थामा रहेकाछन् । उनीहरुलाई पनि प्रक्रियागत कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयका प्रतिवेदन बुझाईने अनुगमन टोलीले बताएको छ । त्यस्तै बुर्तिबाङ स्थित पिपि पोलि क्लिनिकले होलसेलर हुँदा हुँदै पनि फुटकर विक्री गरेको, हिमकृति फर्मेसीले फुटकर विक्री गर्ने अनुमति लिएकोमा होलसेलमा विभिन्न ठाउँमा र्आैषधि विक्री गरेको विल पाइएको टोलीले जानाकारी दिएको छ । उता ढोरपाटन मेडिको फर्मेसीले आषधि पसलमा जिम्मेवार मान्छे नराखी अरुनै मान्छे राखेर पसल चलाईरहेको पाइएको छ । यसैबीच बुर्तिबाङ वसपार्कमा रहेको होमियो फर्मेसीले पनि एलोपेथिक र आर्युवेदिक औषधिसँगै राखेर विक्री गर्दे आएको पाइएको तथा गोर्खा डेन्टल हेल्थ केयर सेन्टरमा अनुगमन टाली पुगेपछि पसलमा खुल्ला छाडेर मान्छे वाहिर गएको लामो समयसम्म पनि फर्केर नआएपछि टोली फर्कनु परेको अनुगमन टालीका अर्का निरिक्षक भरत पौडेलले बताउनुभयो । अनुगमन टोलीका अनुसार टोलीले केही औषधि पसलमात्र नियमसँगत चलेकाले वाँकीलाई प्रक्रिया पु¥याउनका लागि तत्काल आग्रह गर्ने र जिल्ला स्थित उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयमा आफूहरुले प्राप्त गरेको रिपोर्टको जानाकारी गराई कार्वाही हुनेलाई कार्वाही प्रक्रिया र सुधार गरि व्यवसाय सञ्चालन गर्न चाहनेलाई सोही अनुसारको सचेतना गराईने भएको छ । टोलीले बुर्तिबाङ छाडेर आसपासमा अनुगमन तर्फ लाग्यो भनेपछि केही पसलहरु अहिले खुल्न थालेकाछन् भने धेरै जसो अझै बन्द रहेका छन् । यसरी अनुगमन टोली आउँदा औषधि व्यवसायीले आफ्नो पसलनै बन्द गरि बस्नले उनीहरुले गलत प्रक्रियाबाट औषधि बेच्दै आएकाछन् र आम जनताको जनस्वास्थ्यका खेलवाड त गरिरहेका छैनन् उनीहरुकै व्यवहारबाट यस्तै देखाएको छ । उता अनुगमन टोलीले वेला वेलामा अनुगमन गरेपनि ति औषधि पसलहरु निरन्तर चलिरहनु यसमा विभागको कस्तो सहानुभुति हो भन्ने प्रश्नमा विभागका निरीक्षक अधिकारीले यो प्रशासन प्रतिको अटेरीपन भएको बताउनुभएको छ ।

Wednesday, February 19, 2014

विमान दुर्घटनाबाट जोगियो

Voice of Gulmi,बाजुरा, फाल्गुन ७ - बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा बुधबार दिउँसो एयर काष्ठमण्डपको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।  नेपालगञ्जबाट यात्री लिएर धावनमार्गमा अवतरण गर्ने क्रममा कामष्ठमण्डप एयर नाइन एन-एजीबी जहाजको पछाडिको दायाँ चक्का पन्चर भएको थियो । धावनमार्गमै चक्का पन्चर भए पनि चालकले जहाजलाई नियन्त्रणमा लिएकाले सम्भावित क्षतिबाट जोगिएको विमानस्थल सुरक्षा गार्डका प्रहरी हवल्दार रमेश दमाईंले बताए ।  जहाजमा दुई जना चालक दलका सदस्यसहित ११ जना सवार थिए । बाजुरा विमानस्थल कालोपत्रे हुँदैछ ।

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Voice of Gulmi,
 फागुन ७ – अछामको साँफेबगर मंगलसेन सडक खण्डको तिमिल्सैनमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी नाडा गाविस ९ कि मैसरा शाहीको ज्यान गएको हो । लु २ प २१५६ नम्बरको ट्याक्टरले भे २ प ९५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

आज फागुन ७ प्रजातन्त्र दिवस

Voice of Gulmi,फागुन ७ – आज ६४ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइ‌दैछ ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।
मुलुकमा लोकतन्त्र स्थापना भएपछि भने प्रजातन्त्र दिवसको माहोल पहिजेजस्तो छैन । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति डा. रामवरण यादवले आजको दिनलाई विशेष महत्वको रुपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रपति यादवले दलहरुको प्रतिबद्धता अनुसार समयमै संविधान बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै एकतन्त्रीय राणा शासनबाट नागरिकलाई मुक्त गरी मुलुकमा प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिनको रुपमा स्मरण गर्नुभएको छ ।
प्रजातन्त्र दिवसले सबै नेपालीलाई पटकपटकको संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको शासन पद्धतिका साथै देश र नागरिकको हितलाई केन्द्रमा राखी अगाडि बढ्नको लागि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

Tuesday, February 18, 2014

बैंकका शाखा प्रबन्धकसहित ५ पक्राउ

Voice of Gulmi,महेन्द्रनगर, फागुन ६ - कैलालीको मालाखेती गाविसमा पर्ने चौकीडाँडा नजिकै नबिल बैंक महेन्द्रनगर शाखाको २ करोड ३० लाख रुपैयाँ लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले बैंकका शाखा प्रबन्धकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार नबिल बैंक महेन्द्रनगर शाखाका प्रबन्धक बिसन सिंहसहित चार जना बैंक कर्मचारी र एक जना चाँदनीका युवकलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका युवक बैंकका शाखा प्रबन्धक सिंहका आफन्त रहेको स्रोतले जनाएको छ । उनीहरु सबैलाई घट्नाको अनुसन्धानका लागि गठित प्रहरी नायव उपरीक्षक रमेश पण्डित नेतृत्वको प्रहरी टोलीले कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरि कैलाली लगेको हो ।
पक्राउ परेका व्यक्तिको नाम र संख्या केही नखुलाएपनि कैलालीका प्रहरी उपरीक्षक मोहनराज जोशीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताउनुभयो । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार कर्मचारीको मिलेमतोमा नै रकम लुटिएको निष्कर्षमा पुगेर प्रहरीले बैंकका माथिल्लो निकायका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
गत मंसिर २५ गते अत्तरियाबाट झण्डै तीन किलोमिटर पश्चिम पाँच जनाको संख्यामा रहेको लुटेरा समुहले बैंको दुई करोड ३० लाख नेपाली रुपैयाँसहित दुई सय अमेरिकी डलर, ५० यूरो, सात सय क्यानेडियन डलर, दुई सय तीन सुडानी रियाल र २५ कतारी रियाल लुटेको थियो ।

Saturday, February 15, 2014

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

Voice of Gulmi,फागुन ३ – सुनसरीको हाँसपोसामा शनिबार विहान एम्बुलेन्सको ठक्करबाट २ जनाको ज्यान गएको छ ।
कोशी राजमार्ग अन्तर्गत इटहरीबाट धरानतर्फ जाँदै गरेको ज १ च ७७७ नम्बरको एम्बुलेन्सले हाँसपोसा २ मा को १२ प ४१११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक बराहक्षेत्र ४ का ३२ वर्षका राजु राईको घटनास्थलमै ज्यान गएको र मोटरसाइकलमा पछाडी बसेका रमेश राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Thursday, February 13, 2014

८ वर्षअघि हत्यामा संलग्न रहेको आरोपमा ४ पक्राउ

Voice of Gulmi,अर्घाखाँची, फागुन १ - अर्घाखाँचीमा प्रहरीले आठ वर्ष अघि भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा चार जनालाई पक्रेको छ ।
०६२ साल फागुन २ गते हत्या गरिएका खनदह ४ का नारायण चौहानको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय बलराम खनाल, टेकप्रसाद खनाल, चन्द्रप्रसाद खनाल र हरिप्रसाद खनाललाई अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थी नेतृत्वको टोलीले पक्रेको हो ।
कर्तव्य ज्यान मुद्दामा उनीहरुमाथि अनुसन्धान र कारवाही भइरहेको पन्थीले जानकारी दिनुभयो । आठवर्ष अघि खानेपानीको मुहानका विषयमा झगडा हुँदा भाला र लाठी प्रहार हुँदा नारायण चौहानको ज्यान गएको थियो ।

गुल्मीको हस्तिचौर गाविसमा अस्थाई प्रहरी चौंकि स्थापना

Voice of Gulmi, फाल्गुन १ गुल्मी   गुल्मीको हस्तिचौर गाविसमा विहिवार अस्थाई प्रहरी चौंकि स्थापना गरिएको छ । प्रहरी सहायक निरिक्षक युवराज सलामिको नेतृत्वमा दुई हवल्दार र चार जवान गरि सात जनाको दरवन्दि कायम गरि उक्त ईलाकामा पहिलोपटक स्थायी प्रहरी चौंकि स्थापना गरिएको हो । प्रहरि चौंकिको स्थापना कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले स्थानीय जनताको माग वमोजिम प्रहरी चौंकि स्थापना गरिएको भन्दै नागरिक पनि बिनाबर्दिका प्रहरी भएकोले दुवैले एकअर्कोलाई सहयोग गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रममा प्रजिअ ढकालले स्थानीयवासिहरुलाई प्रहरीसँग समन्वय र सहकार्य गरि अपराध नियन्त्ररणगारि समाजका विकृति र विसंगतिलाई हटाउन सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । नेपाल सरकारले २०५४ सालमा प्रहरी चौंकि स्थापनाकालागि उक्त क्षेत्रमा दरवन्दि कायम गरेपनि द्वन्दको कारण उक्त समयमा चौंकि स्थापना हुन सकेको थिएन । स्थानीयवासिहरुको पटक पटकको आग्रह अनुसार ढीलै भएपनि उक्त ठाउँमा प्रहरी चौंकि स्थापना भएपछि त्यस क्षेत्रका जनताहरु यतिवेला खुसि वनेका छन् । हस्तिचौर गाविसमा चौंकि स्थापना भए पनि त्यसवाट मुसिकोट, वडागाउँ, ईस्मा तथा दर्लामचौर लगायतका गाविसलाई सेवा पुग्ने वताईएको छ । हस्तिचौर गाविस सचिव नरवहादुर अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठ, ससस्त्रका प्रहरी नायव उपरिक्षक टोप वहादुर खनाल, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख महेशमान श्रेष्ठ, लगायत स्थानीय राजनैतिक दल एवं विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्लामा हाल जिल्ला प्रहरी कार्यालय सहित चार ईलाका प्रहरी कार्यालय, १० वटा प्रहरी चौंकि र दुईवटा अस्थाई प्रहरी पोष्टहरु रहेका छन् ।

तम्घासमा थुप्रियो फोहोरको डङ्गुर किन आएन गाडी

Voice of Gulmi,सुन्दर नगरी तम्घासमा थुप्रियो  फोहोरको डङ्गुर  किन आएन गाडी ?

हत्या कि आत्महत्या ?

Voice of Gulmi,

मेशिनले चुँडिएको हात लिएर कतारमा न्याय खोज्दै नेपाली

Voice of Gulmi,

फागुन १_स्याङ्जा जिल्ला नेवुवाखर्क गाविस जलुकेका ४० वर्षका शिव घर्ती कतार आएको तीन वर्ष भयो । सम्झौता अनुसारको मासिक ८ सय तलब पनि उहाँले पाउँदै आउनुभएको छ । तर तलबले मात्र चित्त बुझाउन नसकेको उहाँको छुट्टै व्यथा छ ।कतार आएको महिना दिन नहुँदै अर्थात् १ जून २०११ मा साँझ सात बजे काम गर्ने कम्पनीको कपडा धुने मेसिनले उहाँको दाहिने हात चुँडायो । दाहिने हात नै गुमाएर अपांगताको जीवन बिताउनु परेपछि उहाँका दुःखका दिन सुरु भए ।

दुर्घटना बापत पाउनुपर्ने बिमाको लागि उहाँ दौडधुप गर्न थालेको पनि साढे दुई बर्ष भैसक्यो । पाकिस्तानी मूलका आफ्ना मालिकलाई बिमाको बारेमा कुरा गर्दा ‘तँलाई म हेर्छु’ भनेर आश्वाशन मात्र आयो । अहिलेसम्म त्यो उपलब्ध नहुँदा उहाँ निकै चिन्तित हुनुहुन्छ ।
मेशिनले हात चुँडेपछि पाँच महिना त अस्पताल नै बस्नुपर्‍यो । त्यसपछि अलिअलि हिँड्न हुने भएपछि उहाँ २०११ नोभेम्बरमा नेपाली राजदुतावासमा राहतसहितको सहयोग पाउने आशा लिएर पुग्नुभएको पनि हो ।
तर दुतावासका तत्कालिन श्रमसहचारी ध्रुव कोइरालाले कागजपत्र पर्याप्त नभएको भन्दै उहाँला         फकाईदिय  तर के कस्तो प्रकृया अपनाउनुपर्छ भन्ने उपाय चाहिँ बताइदिनुभएन ।
घर्ती फेरि सहयोगको याचनासहित दुतावासको माथिल्लो कक्षमा पुग्नुभयो । त्यहाँबाट पनि श्रम सहचारीलाई भेट्नु भन्ने जवाफ दिएपछि उहाँ दिक्दार हुँदै फर्कनुभयो ।
साँवा अक्षर मात्र खारेका घर्ती कहिले अस्पताल र कहिले विभिन्न निकायमा एक्लै धाइरहनुभएको छ । देब्रे हातले फाईल बोकेर हिँड्दा पनि उहाँले कहिँ कतैबाट सहयोग पाउन सक्नुभएन ।
यसै क्रममा स्याङ्जा सहयोग समाज कतारका तत्कालिन अध्यक्ष गुरुनारायण रानाभाटसँग उहाँको भेट भयो । रानाभाटले पनि सम्बन्धित निकायमा बुझ्दै जाँदा दावी गर्ने म्याद नाघिसकेको थाहा भएपछि घर्ती छांगाबाट खसे जस्तै हुनुभयो ।
घटनाबाट उपचार पाउने बित्तिकै दुतावासमा गएका घर्तीलाई त्यहाँका कर्मचारीले त्यबेला नै चासो दिएका भए उहाँले न्याय र क्षतिपूर्ति दुवै पाउनुहुन्थ्यो । दुतावासले बेवास्ता गरेको कारणले यो अवस्था सिर्जना भएको हो।कम्पनी मालिकले घर्ती दुर्घटनामा परिसकेपछि प्रहरीमा जानकारी गराएर एम्बुलेन्समा अस्पताल लगेको भए अनिवार्य रुपमा बिमाको प्रकृया सहजै अगाडि बढ्ने प्रावधान पनि छ । कम्पनी मालिकले त्यसो नगरी आफ्नै कम्पनीको नीजि गाडीमा राखेर उहाँलाई अस्पताल लैजानाले पनि अर्को समस्या उत्पन्न भयो ।
बिमाका लागि चाहिने सबै कागजातहरु अस्पतालबाट प्रकृया पूरा गरी कतारको क्षतिपूर्तिको बारेमा व्हाइट हाउसमा गएर पहल गर्न सकेको भए दुर्घटनामा अंग गुमाएको अवस्थाको पहिचान गरी उहाँले बिमा कम्पनीबाट क्षतिपूर्ति पाउन सक्नुहुन्थ्यो । तर त्यसो हुन नसकेकोले समस्या माथि समस्या थपिएको छ ।
कतैतिरबाट न्याय नपाएपछि घर्ती निकै समस्यामा पर्नुभएको छ । ‘कार्यस्थलमा कार्यसमयमा नै मेरो दुर्घटना भएको हुँदा त्यसबापत पाउनुपर्ने बिमा रकम पाउने आशामा यतै रनभुल्ल हुँदै आजसम्म घुमिरहेको छु’ घर्तीले निराश हुँदै भन्नुभयो, ‘आफुले नै कमाएर श्रीमती छोराछोरी पाल्नुपर्ने अभिभावक विदेशमा अपांग हुँदा नेपालमा रहेका परिवार सम्झेर झनै कहाली लाग्छ ।’
डाक्टरको परामर्श अनुसार हात हाल्न मिल्ने र त्यसको लागि ३५ हजार कतारी रियाल लाग्ने बताएपछि उहाँको ईच्छा थियो नक्कली हात भने पनि लगाएर घर जाउँ भन्ने । तर यो इच्छा पनि पूरा हुन पाएको छैन ।

व्यवसायी भन्छन् समितिको प्रतिस्पर्धाले मर्कामा परियो

Voice of Gulmi,
राम सुवेदी, बुर्तिबाङ माघ २९ -
जिल्लाको दुर्गम भनेर भन्ने गरिएको बुर्तिबाङबाट चल्ने धवलागिरी वस व्यवसायी र दुई वर्ष यता दर्ता भई सेवा सुचारु गरेको बुर्तिबाङ यातायात व्यवसायी समितिले यस अघिको भाडादर करिव ९५ प्रतिशतको हाराहारीमा घटाएका छन् । विगतमा बागलुङदेखि काठमाण्डौका लागि बुर्तिबाङबाट १३ सय लिने गरिएकोमा गएको शनिबार धवलागिरी अञ्चल यातायात व्यवसायी सञ्चालक समितिको बैठकले समायोजन गरि ७ सय बनाएको छ, त्यस्तै बुर्तिबाङ—बागलुङका लागि ७ सय रहेको मा घटाएर अव ४ सयमा पुगिने भएको छ । त्यसै गरि भिमगीठे, खर्वाङ, हटियादेखिनै अघिल्लो समयमा भन्दा भाडादर यवं रितले घटाइएको समितिका अध्यक्ष राम बहादुर गुरुङले बताउनुभएको छ । त्यस्तै बुर्तिबाङ यातायात व्यवसायी समितिले भोली आफ्नो संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै वार्षिकोत्सवको अवसरमा भन्दै भो लीदेखि लागुहुने गरि पहिलाको भाडा दर उत्तिकै हाराहारीमा घटाएको छ । समितिका अध्यक्ष चन्द्रलाल अर्यालले पत्रकार सम्मेलनमा बो ल्दै संस्थाले दास्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरे को अवसरमा यात्रुहरुलाई विषेश छेट दिने व्यवस्था मिलाएको जानाकारी दिनुभएको छ । अर्यालका अनुसार अवदेखि बुर्तिबाङदे खि काठमाण्र्डैका लागि यस अघिको भाडादर १३ सयबाट घटाएर ६ सय ८०, भिमगीठे देखि काठमाण्डौका लागि, यस अघिको भाडादर १२ सय २५ बाट घटाएर ६ सय ५० तथा खर्वाङबाट यस अघिको भाडादर ११ सयबाट घटाएर ६ सय कायम गरिएको बताउनुभएको छ । त्यस्तै गरि बुर्तिबाङदेखि बागलुङ तथा बागलुङदेखि पोखराका लागि समेत यस अघिको भाडादर ७ सयलाई घटाएर ४ सय तय गरिएको जानाकारी दिनुभएको छ । विगतका दिनमा तेलको मुल्य वृधि भएसँगै भाडादर ९ देखि ११ प्रतिशतका दरले वृधि गर्ने यातायात व्यवसायीले यसपटक अचानक भाडादर घटाएपछि यात्रा गर्ने यात्रु समेत चकित परेकाछन् । बागलुङका लागि हिडेका अधिकारीचौरका हिमलाल कडेल यस अघि दुर्व काउन्टरमा टिकट लिंदा ५ रुपैयाँ नपुग्दा समेत नछो ड्ने गरेकोमा अहिले बागलुङका लागि ३ सय नै छुट दिन सक्दा रहेछन् भन्दै अचम्म परेको बताउनुहुन्छ, तर उहाँलाई यो लामो समयका लागि नभई केही दिनका लागि गरिएको नौ टंकी भएको बुझाई पनि छ । यसरी अकस्मात के का आधारमा भाडा घटाएको होला भन्दै हामीले धौलागिरी अञ्चल यातायात व्यवस्यासी समितिका अध्यक्ष रामबहादुर गुरुङलाई सोधेका थियौ, गुरुङका अनुसार, धौ लागिरीको पहिलो यातायात व्यवसायी समिति भएकाले आफूहरु ले सबै सवारी साधनहरु एकै ठाउँबाट सञ्चालन गर्न वार्तामा अनुरोध गरेपनि बुर्तिबाङ यातायात व्यवसायी समितिले आफ्नो हैसियत समेत धौलागिरीको बरावर भएको दावी गरेकाले यस्तो अवस्था आएको बताउनुभएको छ । यता व्यवसायी समितिले यसखालको निर्णय गरिरहेकाछन् तर उता व्यवसायीहरुले भने यसखालको अस्वस्थ प्रतिस्पर्धा गर्नु राम्रो नभएको बताउँदै आफूहरु मर्कामा परिरहेको बताउँदै आएकाछन् । यसको आस सहस्य भिन्ने रहेको भन्दै विभिन्न महानुभावले यतिवेला घाम ताप्दै चर्चाको विषय बनाईरहँदा, धौलागिर ी अञ्चल यातायत व्यवासायी समितिमा केही पूराना गाडि समेत र हेकाले यसखालको अकर्मण्य निर्णयले अतालिएर आफ्नै व्यवसायीले पूराना गाडी वाहिर भगाउने र नयाँ दतार्न गरि पैसो कमाउने रणनीतिसँग जोडेर पनि लिने गरेको पाइयो , उता समितिका पदाधिकार।ी भने यसकुरामा तुक नभएको तर्क गदै र् आएका छन् । धौलागिरी यातायात व्यवसायी समितिले शनिवार भाडादर घटाएको प्रचार प्रसार गरिरहेको सवालमा पर्वतबाट ७ वटा गाडिहरु समितिबाट बाहिरिएको व्यवासायीहरुले बताएकाछन् । अर्का तिर बुर्तिबाङ यातायात व्यवसायी समितिले सबै नयाँ मोडे लका गाडिहरु चलाइरहेको र सँगै बुर्तिबाङ काठमाण्डौका लागि डिलक्स गाडि समेत भित्र्याएर अलि नयाँपन देखाएपछि यस्तो वातावरण सिर्जना भएको छ । यसले कहिलेसम्म निरन्तारता पाउने हो त्यो भने हेर्न अझै वाँकी देखिन्छ । दुवै समितिले जुनखालको निर्णय गरेकाछन् यसबाट सर्वसाधार ण यात्रुहरुका लागि त अवस्य फाईदा पुगेको छ, जस्लाइइ उनीहरु हार्दिकताका साथ स्वागत गरिरहेकाछन् भने केवल प्र तिस्पर्धाका लागि समितिबीचको टक्करले गरिएको यो खालको निर्णय प्रति वास्तविक व्यवसायीहरु भने असन्तुष्टी पोख्दै आएकाछन् । समस्या समाधान गर्न भन्दै मंगलबार बुर्तिबाङमा धौलागिर ी अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष रामबहाादुर गुरु ङ सहित धौलागिरी वस व्यवसायी समितिका पदाधिकारी र बुर्तिबाङ यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रलाल अर्यालको ने तृत्वमा समितिका पदाधिकारीबीच वार्ता भएपनि सो वार्ताले निचो ड निकाल्न नसकेपछि भाडादर घटने प्रत्रिया पनि लम्बिएको छ । दुई यातायात व्यवसायी समितिले सेवा विस्तार गरेसँगै वेलावे लामा वार्ता र सम्वादमार्फत प्रतिस्पर्धा भन्दा मिलेमतोमा व्यवसाय सञ्चालन गर्न चाहन्छन् तर दुवैले जित्ने गरि समान है सियतको निर्णय गर्न नसकेको उनीहरुको भनाई छ ।

Wednesday, February 12, 2014

गुल्मी हस्तिचौरका एक व्यक्ति १३ वर्षपछि कारागार चलान

Voice of Gulmi,जनार्दन घिमिरे गुल्मी, २८ माघ ः - चोरीको मुद्दामा अदालतले फैसला सुनाएपछि गत १३ वर्ष अघिदेखि फरार वनेका गुल्मी हस्तिचौरका एक व्यक्ति कारागार चलान भएका छन् । जिल्ला अदालत गुल्मीले २०५७ असार २ गते कारागार चलानकालागि फैसला सुनाएपछि हस्तिचौर गाविस १ निवासी ३७ वर्षीय खुमवहादुर जोगीकुवँर हालसम्म फरार वनेका थिए । फरार वनेपछि भारतमा पुगेर लुकिछिपि नोकरी गर्दै आएका कुँवर केही दिन अघि नेपाल फर्केपछि गुल्मी स्थित भुर्तुङ्ग गाविसमा आफ्नो साथीलाई भेट्न आएको भन्ने सूचनाको आधारमा भुर्तुङ्ग प्रहरी चौकिले उनलाई पक्राउ गरेको हो । उनको नाममा तत्कालीन अवस्थामा जिल्ला सदरमुकाम तम्घास स्थित एक पसलमा चोरी गरि फरार रहेको भनि जिल्ला अदालत गुल्मीमा किटानी जाहेरी दर्ता गरिएको थियो । जाहेरिको आधारमा अदालतले जोगीकुँवरलाई नकवजनी चोरीमा २ लाख ५४ हजार ९ सय ७७ रुपैंयाँ विगो जरिवाना र थप एक महिना १५ दिन कारागार चलानको फैसला सुनाएको थियो ।

Tuesday, February 11, 2014

बेलाखोलामा नवजात शिशु फेला

Voice of Gulmi,
जनकपुर माघ २८ – जनकपुरको बेला खोलाको छेउमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।
भर्खरै जन्मेको शिशु खोलामा भेटिएको हो । जन्मने वित्तिकै खाल्डोमा बेवारिसे अवस्थामा फालेको शिशुलाई अहिले जनकपुरको कविर अनाथ बाल आश्रममा राखिएको छ ।
शिशुको देब्रे आँखामा भने चोट लागेको छ । शिशुको अवस्था समान्य रहेको र आश्रममा राखिएको आश्रमका सञ्चालक सत्यनारायण आलोकले जानकारी दिनुभयो । पानी र जलकुम्भी भएको खाल्डो छेउमा रोइरहेको अवस्थामा नवजात शिशु देखेपछि स्थानीय बासिन्दाले आलोकलाई फोन गरेका थिए ।
शिशुको स्वास्थ्य अवस्था कमजोर भएपनि उपचारपछि ठिक भएको उहाँले बताउनुभयो । फेला परेको शिशुसहित आश्रममा बेवारिसे बालबालिकाको संख्या ६ पुगेको छ ।

मुटुरोगीलाई सहयोग

Voice of Gulmi,अनिल खत्री गुल्मी माघ २८ ।- आर्थिक अभावका कारण गुल्मीको हस्तिचौर १ निवासी १८ वर्षिय श्याम घर्तिको मुटु् रोगको उपचार गर्न नसक्दा उनको ज्यान धरापमा परेको समचार बिभिन्न संञ्चार माध्यममा प्रसारण र परिवारले आफनो छोराको ज्यान बाचार्ई दिन अनुरोध गरे लगत्तै उनलाई बिभिन्न संघ संस्थाहरुबाट सहयोग रकम प्रप्त भएको छ । मुटुमा प्वाल परेर काठमाडौको गंगालाल हृदयरोग मा उपचार गराई रहेका घर्तिलाई अप्रेसन गर्न ठुलो रकम लाग्ने भएकाले आफु संग त्यो रकम नहुदा उपचार गर्न आबश्यक सहयोग का लागी पविारले आग्रह गरेपछि उनलाई स्वदेस तथा बिदेशबाट सहयोग रकम प्राप्त भएको छ । जापनमा रहेका गुल्मी हस्तिचौरका दानेन्द्र महतको नेतृत्वमा बिभिन्न नेपालीहरुबाट सहयोग रकम संकलन गरेर रु ५६ हजार ९ सय १० रुपमया आज एक कार्यक्रममा का बिच बिरामीका आफन्तलाई हस्तान्त्ररण गरिएको छ । सदरमुकाम तम्घासको लाकुरी मञ्चमा भएको कार्यक्रममा रेडियो गुल्मीका प्रमुख नवराज भुषालले बिरामीका आफन्त माया कुवँरलाई उक्त रकम हस्तातरण गर्नु भएको छ । रकम हस्तातरण कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष घाश्याम गौतम,रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे ,रुरु एफ एमका प्रमुख युगराज बस्याल,आझेलका खबर प्रस्तेता प्रेम सुनार ,पत्रकार अनिल खत्री ,गणेश सारु,रेशम कुवँर एकिकृत नेकपा माओवादी राज्य समिती सदस्य गुल्मीका बुद्धि जिसी लगायतको उपस्थिती रहेको थियो । घर्तिको उपचारकालागी बिदेशकाबिभिन्न ठाउबाट १ लाख ७९ हजार रकम यस अघि नै प्राप्त गरि सक्नु भएको छ । एक वर्ष भन्दा लामो समय देखि बिरामी परेका श्यामलाई सामान्य औषधी उपचार तथा धामी झाँक्री मार्फत रोग निको गराउने प्रयास उनको परिवारले गर्दै आएको थियो । तर लामो समय सम्म रोग निको हुन नसकेपछि जिल्ला अस्पताल तम्घासमा जाँच गर्दा उनमा मुटु सम्वन्धी रोग भएको र थप उपचारका लागी काठमाडौको गंगालाल हृदयरोग मा उपचार गराउन सिफारि भए अनुसार घर्तिलाई अप्रेसन गर्न ठुलो रकम लाग्ने भएकाले उपचारमा ठुलो खर्च लाग्ने जानकारी डाक्टरहरुबाट प्राप्त गरेपछि उनको परिवार निकै तनावमा परेको छ । अरुको ज्याला मजदुरी बाट घर धान्दै आएका बिरामीका बुवा कुमार घर्तिले भने , “घरायसी खर्च चलाउन त निकै धौ धौ परेको छ यस्तो बेला छोरालाई काठमाण्डौ पु¥याउने भाडा समेत छैन कसरी उपचार गरेर ज्यान बचाउँ ?” छोरालाई यस्तो गम्भीर रोग लागेको बेला दुखेसो पोख्दै उनले भने , “मर्न त एकदिन सबै मर्ने नै हो तर रोगको उपचार गर्न नसक्दा अल्पायुमै छोराको ज्यान धरापमा पर्दा निकै ठुलो चिन्तामा परेको भन्दै सबै संग आर्थिक सहयोगका लागी अपिल गरेका छन ।” तपाईहरुको सहयोगले मेरो छोराको ज्यान बच्नेछ त्यसैले सहयोग र सेवालाई धर्म ठानी दिल खोलेर सक्दो आर्थिक सहयोग गरि छोराको ज्यान बचाई दिन सबैमा अपिल गरेका छन । सहयोग गर्न चाहनुहुने महानुभावहरुले एस.बि. आई. बैक शाखा गुल्मीमा रहेको खाता नं.२०९१५२४१४०२४३९ NPR मा रकम जम्मा गर्न सकिने तथा कुनै जानकारी का लागी सम्पर्क नं.९८०७५६१९३६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

खोलामा डुबेर एक महिलाको मृत्यु

Voice of Gulmi, गुल्मी २८  माघ, गुल्मीको बढिघाट खोलामा डुबेर आज एक महिलाको ज्यान गएको छ । - जिल्लाको आपचौर गाविस वार्ड नम्बर ६ घर भएर स्थानीय इन्द्रैगैडा बजारमा किराना पसल गर्ने बर्ष ३५ की कल्पना खराललको बडीगाड खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । खराललाई हिजो  विहान स्थानीयले बडागाउँ गाविस १ मा मृत अवस्थामा देखेपछि प्रहरी चौकी वामीटक्सारलाई खवर गरेका थिए । प्रहरीचौकी वामीटक्सारबाट प्रहरी नायव निरिक्षक जिवन पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा पठाएको छ । खरालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिन’भएको छ । दुई छोरा र एक छोरी सगै आईतबार साझँ १० खाना खाएर सुतेकी खराल बिहान घरमा नदेखेपछि स्थानीयले खोजतलास गरेका थिए । उहाँका श्रीमान भने बैदेशिक रोजगारमा रहेको स्थानीले बताएका छन । खरालको आज  दिउसो मात्र पोष्टमार्टम हुने बताइएको छ ।

Monday, February 10, 2014

नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भए

Voice of Gulmi,
२७ माघ २०७० काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । निर्वाचितसँगै कोइराला नेपालको ३७ औं प्रधनमन्त्री भए । उनी दोस्रो अविवाहित प्रधानमन्त्री पनि भएका हुन् ।-कोइरालाको पक्षमा ४०५ र विपक्षमा १४८ मत खसेको थियो । दोस्रो अविवाहित र खानदानी चौथो प्रधानमन्त्री यसअघि कृष्णप्रसाद भट्टराई अविवाहित बनेका थिए । संविधानसभामा दुई ठूला दल कांग्रेस र एमालेको सहमतिअनुसार आज व्यवस्थापिका संसदले कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । ७८ बर्षीय कोइराला ५० वर्षे राजनीतिमा पहिलो पटक लाभको पद लिँदै कोइराला परिवारबाट प्रधानमन्त्री बन्नेमा चौथो हुन् । यसअघि कोइराला परिवारबाट विपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । २००७ सालको आन्दोलन देखि नै राजनीतिमा सक्रिय सुशील कोइराला २०३४ सालमा आएर कांग्रेसको केन्द्रीय सदस्यमा बनेका थिए । उनी गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टीको १२ औं महाधिवेशनबाट सभापति बनेका हुन् । ६ वर्ष जेल र २० वर्ष भारत प्रवासमा जीवन बिताएका कोइराला नेपालमा लोकतन्त्र बहालीका लागि कांग्रेसको सशस्त्र क्रान्तिमा गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा रहेका थिए । उनले पछिल्लो संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ गरी दुई स्थानबाट चुनाव जित्दै पार्टीमा झन् शक्तिशाली बनेका हुन् । अघिल्लो संविधानसभा निर्वाचनमा कोइराला बाँके ३ बाट हार्न पुगेका थिए । यसपटक वरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै कोइराला संसदीय दलको नेता भएका हुन् । त्यससँगै संसदीय नेता नै प्रधानमन्त्री बन्ने कांग्रेस प्रावधान अनुसार उनलाई प्रधानमन्त्री बन्ने ढोका पूर्ण रुपमा खुलेको थियो । २०४६ को प्रजातन्त्र पुनस्र्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री त्यसपछि उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गर्दै पदको लोभ नगर्ने नेताको रुपमा छवि बनाएका थिए । कोइरालाले २०४८ र २०५६ मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भएका थिए ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

Voice of Gulmi,माघ २७ ।- कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको छ । बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ४७०३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ गइरहेको लु १३ प ५७६३ नम्बरको पल्सर मोटरसाइकललाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत चनई ५ खरेन्द्रपुर स्थित छाला फैक्ट्री नजिकै हिजो ठक्कर दिएको हो । ज्यान जानेमा चनई ७, कटुवाका २८ वर्षीय अब्दुल वफा र कृष्णनगर बस्ने २६ वर्षीय उमर अन्सारी रहेका प्रहरीले जनाएको छ । हिजो अपरान्न ४ बजे दुर्घटना भएपछि आक्रोसित पीडित पक्षले त्यसक्षेत्रमा अबेरसम्म यातायात अबरुद्ध पारेका थिए । पीडित पक्षले बसचालकको लापरबाहीले आफन्त गुमाउनु परेको आरोप लगाउँदै कडाभन्दा कडा कारबाहीको माग गर्दै अबेरसम्म पनि शव उठाएका थिएनन् । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रण लिई कारवाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक महाशर्मा पाण्डेले बताउनुभएको छ ।

Sunday, February 9, 2014

नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लोडसेडिङ बढायो अब हप्ताको ८४ घण्टा

Voice of Gulmi,। नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लोडसेडिङ बढाएको छ । दिनहुँ ११ घण्टा बिजुली कटौती हुँदै आएकोमा आजदेखि १२ घण्टा बिजुली कटौती सुरु भएको हो । माग धान्न नसकेर कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ । पहिले हप्ताको ८० घण्टा बिजुली देख्न नपाउने उपभोक्ताले अब ८४ घण्टा विजुली बिना बस्नुपर्नेछ । परिस्थिति अनुकुल र प्रतिकुल भएको अवस्थामा भने आकश्मिक रुपमा एक घण्टा कटौती थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ ।

स्याङ्जाको तीनदोवाटे दलितवस्तीमा भिषण आगलागी

Voice of Gulmi, स्याङ्जाको तीनदोवाटे गाविस ५ कुसुन्डेको दलितवस्तीमा भिषण आगलागी भएको छ । आगालागीवाट चार वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने दलितपरिवार विचल्लीमा परेको छ । आगलागीवाट स्थानीय यामवहादुर एसके, रेशम वहादुर एसके, विनवहादुर एसके र टुक वहादुर एसकेको घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।आगलागीवाट नगद सुनसहित अन्नपात, भाडा, लत्ताकपडा सवै जलेको वडा प्रहरी कार्यालय वालिङका निमित्त प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँले २० लाख भन्दा वढीको क्षती भएको वताउनुभयो । ३५ जना भन्दा वढी सदस्य रहेको चार परिवारको विचल्ली भएको तीनदोवाटे गाविसका प्राविधिक सहायक दिपेन्द्र गैह्रेले जानकारी दिनुभयो । विद्युत सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान् रहेको छ । नेपाल रेडक्रस सोसाईटी स्याङजाले वचल्लीमा परेको परिवारलाई सोमबार राहत प्रदान गर्ने रेडक्रस स्याङजाका सभापति चन्द्रमणी पौडेलले जानकारी दिनुभयो ।

माटोको ढिस्कोले लागेर एक किशोरीको मृत्यु

Voice of Gulmi, माटोको ढिस्कोले लागेर रुकुमको घेत्मा गाविसमा एक किशोरीको मृत्यु भएको छ । वडा नम्वर ३ ज्यामिरकोटकी १८ बर्षिया रीता मल्लको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले चोट लागेर घटनास्थलमै ज्यान गएको हो । ढिस्कोले लागेर स्थानीय १४ बर्षिया सविता मल्ल घाइते भएको स्थानीय हरिप्रसाद शर्माले जानकारी दिनुभयो । अन्य साथीहरुसंगै शनिबार बेलुकी माटो लिन गएका उनीहरु खाडल भित्र पसेर माटो खन्ने क्रममा ढिस्को खसेको हो । माटोको ढिस्को खसे लगत्तै बारिह निकालिए पनि रीताको ज्यान गइसकेको थियो भने सविता घाइते अवस्थामा थिइन् । घाइते सविताको स्थानीय मेडिकलमा उपचार भइहेको छ ।

Saturday, February 8, 2014

धादिङमा दुई युवकको हत्या

Voice of Gulmi,
धादिङ, माघ २५ – धादिङमा दुई युवकको हत्या भएको छ । नुवाकोट सामरीका पहलमान तामाङको कुटपिटपछि हत्या भएको हो ।
धादिङ ससुराली गएका बेला तामाङमाथि सेम्जोङमा कुटपिटपछि हत्या भएको छ । विहिबार सामरीमा सडक खन्ने क्रममा विवाद भएपछि ससुराली आएका तामाङलाई सामरीबाट आएका ७/८ जनाको समूहले कुटपिट गरि हत्या गरेको धादिङका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।
पहलमानको हत्यामा सेमजोङ र सामरीका युवाहरु संलग्न रहेको जानकारी प्राप्त भएकाले यस बारेमा अनुसन्धान सुरु गरिएको र घटनास्थलमा प्रहरी पठाइ सकिएको पनि प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएका व्यक्तिहरु चढेको  मोटरसाइकलको नम्बर खुलि सकेकोले मोटरसाइकल भाग्न सक्ने सबै दिशामा प्रहरी परिचालन गरि हत्यामा संलग्नहरुको खोजी सुरु गरिएको सिंहले बताउनुभयो । घटनास्थल सदरमुकाम भन्दा टाढा भएकाले पूर्ण विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै विहीबार साँझ पनि जिल्लाको गजुरी गाविस १ मा भवन निर्माणमा कार्यरत मजदुरहरुबीच झगडा हुदाँ धनकुटा जिल्लाको बुढीमोरङका २५ वर्षीय सरोज लिम्बुले फलामको रडले टाउकोमा  प्रहार गरि दाङ घोराहीका ३५ वर्षीय सञ्जय ठकुरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न लिम्बुलाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको छ ।
एक महिना अघि जिल्लाको फूलखर्क र दार्खामा एक एक जना युवकको हत्या भएको थियो ।

गुल्मीमा राष्ट्रपति रनिङ्गशिल प्रतियोगीता हुने

Voice of Gulmi,गुल्मी 25 माघ, आगामि फागुनमा गुल्मीमा राष्ट्रपति रनिङ्ग शिल प्रतियोगीता हुने भएको छ । - जिल्ला विकास समिती गुल्मीको आयोजनामा प्रत्येक बर्ष हुदै आएको जिल्लाका माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल प्रतियोगीता यस बर्ष पनि हुन लागेको हो । फागुन १० र ११ गते जिल्लाको क्षेत्र नम्बर १ मा क्षेत्रिय स्तरको प्रतियोगीता हुने र १३ र १४ गते क्षेत्र नम्बर ३ मा क्षेत्रिय प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिती गुल्मीका उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभएको छ । त्यस्तै फागुन १६ र १७ गते क्षेत्र नम्बर २ मा क्षेत्रिय प्रतियोगीता हुने कार्यलयले जनाएको छ भने १८ र १९ गते जिल्लास्तरिय राष्ट्रपति रनिङ्गशिल प्रतियोगीता हुने भण्डारीले बताउनुभयो । प्रतियोगीतामा महिला पुरुष एथ्लेटिक्स, महिला पुरुष भलिवल पं्रतियोगीता हुने बताइएको छ भने यस बर्षदेखि सितेरीयो कराते र धता तेक्वान्दो प्रतियोगीता समेत समावेश गरिएको जिल्ला खेलकुद विकास समिती गुल्मीले जानकारी दिएको छ । प्रतियोगीता प्रथम हुने बिद्यालयले रनिङ्गशिल सगै १५ हजार नगद पाउनेछ । अघिल्लो बर्ष राष्ट्रपति रनिङ्गशिल श्री त्रिभुवन माध्यमिक बिद्यालय कुर्घाले जितेको थियो

Friday, February 7, 2014

बागलुङको काँडेबासमा पिउने पानीको अभाब आकासे पानीबाट कष्टकर जीवन गुजार्नु पर्ने

Voice of Gulmi,
लक्ष्मन  चालिसे माघ २४  बागलुङबागलुङको काँडेबास उचाका तथा थालेपोखरा खानेपानी समस्याले सताउने गरेको छ । काँडेवासको वडा नं ५ र ७ वडामा पर्ने त्यस क्षेत्रका वासिन्दा हिउँ वाध्य रहेका छन । वर्षाद्को समयमा पर्या पानी भएपनी फागुन देखि असार सम्म प्रत्यक वर्ष पानीको समस्या झेल्नु परेको स्थानियवासीको । भौगौलिक बनावटले निकै उच्च स्थानमा रहेका उचाका र थालेपोखरामा हिउँदको आकासे पानीबाट कष्टकर जीवन गुजार्नु पर्ने बाध्यता रहेको स्थानिय समाजसेवी भिम सेरचनले वताउनुभयो । उचाका गाउँका १८ घरधुरी र एक बिद्यालयमा २०६९ सालदेखि घैटोमा आकासे पानी सँकलन गरि प्रयोग गर्ने गरिएको छ । घैंटोमा संकलन गरिएको पानीकै भरमा हिउँदका ४ महिना गुजार्नु परेको स्थानिय थालेपोखरा प्राविका प् चन्द्रमणि चालिसेले वताउनुभयो । पश्चिम नेपाल खानेपानी तथा सरसफाई कार्यक्रम, जिबिस, गाविस र जनश्रमदान गरि ११ लाख २८ हजार को लागतमा निर्माण गरिएका घैँटाहरुमा पान गरिदै आएको छ । यसबाट सीमित पिउने पानीको जोहो भएपनि ब तथा सरसफाईको लागि घ पानी बोक्नुपर्ने बाध्यता छ । त्यस्तै थालेपोखरामा निर्माण गरिएका ४ ओटा साझा पानी ट्याङ्क दर्जनौ घरपरिबारले हिउदको समयमा गुजारा समाजसेवि शेरचनले भनाई छ । आर्थीक अबस्था कमजोर भएका यस क्षेत्रका बासिन्दाले घरदेखि ३ देखि ४ किलोमिटर टाढा खानेपानीको मुहा भएपनि पानी गाउँमा ल्य नसकेको बताएका छन । कांडेबास बजार देखि ४/५ घण्टाको पैदल दुरीमा रहेको यस क्षेत्रका बासिन्दाखानेप ी समस्याकै कारण बेसी तिर बसाई सर्न थालेका छन । आर्थीक अवस्था सुधारेकाहरु वसाँई सरिसकेका स्थानिय गुञ्जवहादुर केसीले वताउनुभएको छ ।

गाई काटेर खाएको भन्दै एक व्यक्ति नियन्त्रणमा

Voice of Gulmi,गाई काटेर खाएको भन्दै ईलाका प्रहरी चौकी खर्बाङ बागलुङले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बागलुङको सिसाखानी गाउँ विकास समिति वडा नं ३ स्थायी घर भएका प्रेम बहादुर विश्वकर्माले गत माघ २० गते गाई काटेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।मजदुरीबाट सामान्य जीवन यापन गर्दै आएका उनले छिमेकी गाउँ विकास समिति रिघामा पुगेर गाई काटेको प्रहरीले जनाएको छ । प्रहरी चौकी खर्बाङले नियन्त्रणमा लिई निजलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा आवश्यक कार्बाहीको लागि पठाईएको चौकीका प्रहरी सहायक निरिक्षक राम प्रसाद पौड्यालले जानकारी दिनुभएको छ

गाउँकी अति विपन्न र असाहय बृद्धा आएर ५ हजार २ सय रुपैयाँ चन्दा दिएपछि

Voice of Gulmi, माघ १९, २० र २१ गते तिन दिनसम्म स्वर्ण महोत्सव मनाएको घोर्ले माध्यामिक विद्यालय दुविचौरमा आज एक्कासी गाउँकी अति विपन्न र असाहय बृद्धा आएर चन्दा दिएपछि त्यस विद्यालय परिवार चकित परेको छ । दुविचौर १ उर्लेनी पियानीडाँडाकी विपन्न र असहाय ८७ वर्षिया बृद्धा सुन्तली बिश्वकर्माले आज विद्यालयमै आएर ५ हजार २ सय रुपैयाँ चन्दा दिएपछि विद्यालय परिवार चकित परेको हो । बृद्धा सुन्तलीको भत्किएको सानो झुपडी छ । विहान खाए बेलुका के खाउँ भन्न अवस्था छ । उहाँको श्रीमानको मृत्यु भएको एक दशक भैसकेको छ । उहाँका छोरा छोरी पनि छैनन् । विद्यालयका प्रधानध्यापक विष्णुराज गिरीले असाहाय तथा विपन्न बृद्धा विश्वकर्माले विद्यालयमै आएर ५२ सय रुपैयाँ पटुकीबाट निकालेर चन्दा दिदा ५१ करोड दिए जस्तो लागेको बताउनुभयो । त्यस्ती दयाकी पात्रले चन्दा दिदा आफ्नो आखाबाट आँसु रसाएको उहाँले बताउनुभयो। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर बस्नेतले विद्यालयलाई चन्दा पैसावालाले मात्रै दिन्छन भन्ने मानसिकता उहाँले तोड्नु भएको बताउनुभयो । एक महिनासम्म प्रत्येकका घरमा चन्दा माग्न जाँदा पैसावालाहरुको नमिठो बचन पनि सहनु परेको दुखेसो पोख्दै वस्नेतले यस्ती विपन्न बद्धाले विद्यालयमै आएर चन्दा दिदा त्यस्ता पुँजीपतिहरुलाई चुनौति थपिएको महशुस गरेको बताउनुभयो । बृद्धा सुन्तलीले आफुले कतै टाढा तिर्थ गर्न नगएको र कुनै ठुलो यज्ञ–जग्गे लगाउन नसकेकोले पुण्य कमाउन स्कुललाई सहयोग गरेको बताउनुभयो । उहाँले दान भन्ने कुरा धन भएकाले होईन मन भएकाले दिन्छन् भन्ने खवर जाओस भन्ने कामना गर्नुभयो । घोर्ले माध्यामिक विद्यालयले उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको छ । विद्यालय ब्यबस्थापन समित अध्यक्ष हुमबहादुर वस्नेतको अध्यक्षता, शिक्षक खुमबहादुर खत्रीको स्वागत मन्तब्य र प्रधानध्यापक विष्णुराज गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

Thursday, February 6, 2014

www.thevoiceofgulmi.blogspot.com

Voice of Gulmi,एकचोटी अवस्य यो link हेर्नुहोला सल्लाह सुझाब पनि दिनुहोला www.thevoiceofgulmi.blogspot.com

पाल्पामा भएको बसदुर्घटनाका केहि फोटाहरु

Voice of Gulmi,पाल्पामा भएको बसदुर्घटनाका केहि फोटाहरु  उज्याल्लो अनलाइन बाट साभार
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)
पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु (दुर्घटनाका केही तस्बिर सहित)

पाल्पामा बस पल्टँदा १४ जनाको मृत्यु

Voice of Gulmi,पाल्पा, माघ २३ – (अपडेट) पाल्पाको चिदीपानी २ भालुखोलामा बस पल्टिँदा १४ जनाको ज्यान गएको छ ।
बुधबार राति भएको दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । पोखराबाट बुटवलका लागि छुटेको लु १ ख ४९२४ नम्बरको बस सिद्धार्थराजमार्गको आर्यभन्ज्याङ नजिक चिदीपानीबाट झण्डै तीनसय मिटर तल भालुखोलामा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १२ जनाको घटनास्थलमा र अरु दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । घाइतेमध्ये चारजनाको युनाइटेड मिसन अस्पतालमा र तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
ज्यान जानेमध्ये बसधनी बाग्लुङ भिमगिठेका २८ वर्षीय मोहन केसी, भरतपोखरी १ कास्कीका वुद्धिबहादुर बिक र मोरवाना ९ रुकुमका राजबहादुर गुरुङको मात्र  सनखात भएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Wednesday, February 5, 2014

२० रुपैंयामा रातभरी गफ

Voice of Gulmi,
नेपाल टेलिकमले सेवाग्राहीका लागि रु. २० मा रातभरी फोन गर्न सकिने ‘नाइट कल प्याकेज’ अघि सारेको छ 
टेलिकमले रु. २० मा राति १० बजेदेखि बिहान ६ बजेसम्म फोन गर्न सकिने प्याकेज अघि सारेको हो । टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा सीडीएम सिममार्फत् टेलिकमको नेटवर्कभित्र फोन गर्नेका लागि यस्तो सेवाको घोषणा गरेको हो ।
टेलिकमले २२ माघदेखि तीन महीनासम्मका लागि सेवाग्राहीलाई ‘नाइट कल प्याकेज’ दिइने जनाएको छ ।
यस्तै, टेलिकमले सीडीएमएको पोष्टपेड सिमबाट नेटवर्कभित्र प्रति मिनेट ५५ पैसा र सीडीएमएको प्रिपेड सिमबाट नेटवर्कभित्र प्रति मिनेट ७५ पैसामा कल गर्न सकिने सेवा पनि अघि सारेको छ । टेलिकमले यो सेवा पनि २२ माघदेखि तीन महीनासम्मका लागि भएको जनाएको छ ।
जीएसएम तथा सीडीएमए मोबाईल सेवाग्राहीका लागि प्रति महीना ५० एमबी डाटा निशुल्क वितरण गर्ने टेलिकमले घोषणा गरेको छ ।
टेलिकमका एक करोड सेवाग्राही
नेपाल टेलिकमले आफ्नो सेवाग्राही एक करोड पुग्ने लागेको जनाएको छ । दशौं वार्षिकोत्सवको अवसरमा टेलिकमले आफ्नो ग्राहक ९९ लाख १७ हजार पुगेको जनाएको हो ।
दश वर्षको अवधिमा टेलिकमका ग्राहक २३ गुणाले बढेको पनि टेलिकमको दाबी छ । स्थापना वर्षका ग्राहक ४ लाख २२ हजारको आधारमा ग्राहक २३ गुणाले बढेको टेलिकमले जनाएको छ ।
टेलिकमले खुद नाफा रु. ११ अर्ब २९ करोड ९ लाख पुगेको पनि जनाएको छ ।

टेलिकमले फेसबुकजस्तै सामाजिक सञ्जाल सुरु गर्ने

Voice of Gulmi,
काठमाडौं, माघ २२ – नेपाल टेलिकमले फेसबुक र ट्वीटरजस्तै सामाजिक सञ्जाल सुरु गर्ने भएको छ ।
फेसबुकमा हुने अरु सुविधाजस्तै ग्रुप म्यासेज, स्काइप, भाइबर, युट्यूबलगायतका सेवा समेत हुने गरी छुट्टै सामाजिक सञ्जाल सुरुवातको तयारी भैरहेको टेलिकमले जनाएको छ ।
‘अहिले टेस्ट भैरहेको छ, छिटै सुरु गर्ने तयारीमा छौं’ टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले उज्यालो अनलाइनसित भन्नुभयो ।
उहाँका अनुसार सामाजिक सञ्जालमा साथी बनाउने, च्याट गर्ने, ग्रुप म्यासेज बनाउने, फोटो तथा भिडियो डाउनलोड र अपलोड गर्ने, फोटो सेयर गर्ने, स्टाटस राख्ने, कमेन्ट गर्नेलागयतका सुविधा हुनेछन् ।
ग्राहकले निःशुल्क एसएमएस समेत गर्न सक्ने व्यवस्था पनि यसमा हुनेछ । नाम तय हुन बाँकी यो सामाजिक सञ्जाल ग्राहकमाझ लोकप्रिय हुने टेलिकमको विश्वास छ ।
यसैबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, टेलिकमले आगामी दिनहरुमा अझ गुणस्तरीय, सर्वसुलभ र अध्याधुनिक सेवा उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा कम्पनीले यस्तो प्रतिबद्धता जनाएको हो । स्थापनाको १० औं वर्ष पूरा भएको अवस्थामा ग्राहक संख्या ९७ लाख ६३ हजार नाघिसकेको कम्पनीले जनाएको छ ।
यसमध्ये जीएसएम मोवाईल ग्राहक संख्या ७९ लाख ७९ हजार, सीडीएमए सेवाका ग्राहक ११ लाख ४० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ४६ हजार छन् ।
यस्तै इमेल, इन्टरनेट सेवाका प्रयोगकर्ता ३८ लाख ९ हजारभन्दा बढि रहेका कम्पनीले जनाएको छ । ग्रामीण क्षेत्रमा बढी लोकप्रिय रहेको सीडीएमए सेवालाई अध्याधुनिक बनाउने र वाईम्याक्स सेवा विस्तार गर्ने काम भैरहेको टेलिकमले जानकारी दिएको छ ।

Tuesday, February 4, 2014

जनतालाई सास्ती कहिले सम्म.!!!

Voice of Gulmi,
दैनिक ठुला साना गरि करिब ५० भन्दा बढी सवारी साधन ओहोर दोहोर गर्ने सदरमुकाम तम्घास को ब्यस्त सडक उदिन्धुंगा सगुरो बाटो घरनिर्माण सामग्री बाटोभरी कारवाही गर्न डराउने पुलिस प्रसासन जनतालाई सास्ती कहिले सम्म.!!!