Voice of Gulmi,गुल्मी 25 माघ, आगामि फागुनमा गुल्मीमा राष्ट्रपति रनिङ्ग शिल प्रतियोगीता हुने भएको छ । -
जिल्ला विकास समिती गुल्मीको आयोजनामा प्रत्येक बर्ष हुदै आएको जिल्लाका
माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल प्रतियोगीता यस बर्ष पनि
हुन लागेको हो । फागुन १० र ११ गते जिल्लाको क्षेत्र नम्बर १ मा क्षेत्रिय
स्तरको प्रतियोगीता हुने र १३ र १४ गते क्षेत्र नम्बर ३ मा क्षेत्रिय
प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिती गुल्मीका उपाध्यक्ष कृष्ण
भण्डारीले जानकारी दिनुभएको छ । त्यस्तै फागुन १६ र १७ गते क्षेत्र नम्बर २
मा क्षेत्रिय प्रतियोगीता हुने कार्यलयले जनाएको छ भने १८ र १९ गते
जिल्लास्तरिय राष्ट्रपति रनिङ्गशिल प्रतियोगीता हुने भण्डारीले बताउनुभयो ।
प्रतियोगीतामा महिला पुरुष एथ्लेटिक्स, महिला पुरुष भलिवल पं्रतियोगीता
हुने बताइएको छ भने यस बर्षदेखि सितेरीयो कराते र धता तेक्वान्दो
प्रतियोगीता समेत समावेश गरिएको जिल्ला खेलकुद विकास समिती गुल्मीले
जानकारी दिएको छ । प्रतियोगीता प्रथम हुने बिद्यालयले रनिङ्गशिल सगै १५
हजार नगद पाउनेछ । अघिल्लो बर्ष राष्ट्रपति रनिङ्गशिल श्री त्रिभुवन
माध्यमिक बिद्यालय कुर्घाले जितेको थियो
No comments:
Post a Comment