Voice of Gulmi, गुल्मी २८ माघ, गुल्मीको बढिघाट खोलामा डुबेर आज एक महिलाको ज्यान गएको छ । -
जिल्लाको आपचौर गाविस वार्ड नम्बर ६ घर भएर स्थानीय इन्द्रैगैडा बजारमा
किराना पसल गर्ने बर्ष ३५ की कल्पना खराललको बडीगाड खोलामा डुबेर ज्यान
गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
खराललाई हिजो विहान स्थानीयले बडागाउँ गाविस १ मा मृत अवस्थामा देखेपछि
प्रहरी चौकी वामीटक्सारलाई खवर गरेका थिए । प्रहरीचौकी वामीटक्सारबाट
प्रहरी नायव निरिक्षक जिवन पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर
प्रारम्भिक अनुसन्धान गरि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल
तम्घासमा पठाएको छ । खरालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा
राखिएको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय
गुल्मीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी
दिन’भएको छ । दुई छोरा र एक छोरी सगै आईतबार साझँ १० खाना खाएर सुतेकी खराल
बिहान घरमा नदेखेपछि स्थानीयले खोजतलास गरेका थिए । उहाँका श्रीमान भने
बैदेशिक रोजगारमा रहेको स्थानीले बताएका छन । खरालको आज दिउसो मात्र
पोष्टमार्टम हुने बताइएको छ ।
No comments:
Post a Comment