Voice of Gulmi,अर्घाखाँची, फागुन १ - अर्घाखाँचीमा प्रहरीले आठ वर्ष अघि भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा चार जनालाई पक्रेको छ ।
०६२ साल फागुन २ गते हत्या गरिएका खनदह ४
का नारायण चौहानको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय बलराम खनाल,
टेकप्रसाद खनाल, चन्द्रप्रसाद खनाल र हरिप्रसाद खनाललाई अर्घाखाँचीका
निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थी नेतृत्वको टोलीले
पक्रेको हो ।
कर्तव्य ज्यान मुद्दामा उनीहरुमाथि
अनुसन्धान र कारवाही भइरहेको पन्थीले जानकारी दिनुभयो । आठवर्ष अघि
खानेपानीको मुहानका विषयमा झगडा हुँदा भाला र लाठी प्रहार हुँदा नारायण चौहानको
ज्यान गएको थियो ।
No comments:
Post a Comment