Voice of Gulmi,बाजुरा, फाल्गुन ७ - बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा बुधबार दिउँसो एयर काष्ठमण्डपको जहाज दुर्घटना हुनबाट जोगिएको छ । नेपालगञ्जबाट यात्री लिएर धावनमार्गमा अवतरण गर्ने क्रममा कामष्ठमण्डप एयर नाइन एन-एजीबी जहाजको पछाडिको दायाँ चक्का पन्चर भएको थियो । धावनमार्गमै चक्का पन्चर भए पनि चालकले जहाजलाई नियन्त्रणमा लिएकाले सम्भावित क्षतिबाट जोगिएको विमानस्थल सुरक्षा गार्डका प्रहरी हवल्दार रमेश दमाईंले बताए । जहाजमा दुई
जना चालक दलका सदस्यसहित ११ जना सवार थिए । बाजुरा विमानस्थल कालोपत्रे
हुँदैछ ।

No comments:
Post a Comment