Tuesday, February 25, 2014

क्षेत्र न.१को राष्ट्रपति रनिंग शिल्ड छनोट प्रतियोगिता सम्पन्न

Voice of Gulmi, गुल्मी१३  फाल्गुन ।  गुल्मी  जिल्लाको राष्ट्रपति रनिंग शिल्ड छनोट प्रतियोगिता  प्रतियोगिता अन्तर्गत क्षेत्र न.१ को प्रतियोगीता सम्पन्न भएको छ । गुल्मी क्षेत्र न . १ अन्तर्गतका सम्पूर्ण मा. बि . स्तरीय प्रतियोगिता भए पनि एस.एल.सी .नजिकिएको लगाएतका कारणले जम्मा ११ विद्यालयको मात्र उपस्थिति रहेको थियो  । २ दिन सम्म चलेको उक्त प्रतियोगीताको सभापतित्व श्री उदय उच्च माबि शान्तिपुरका प्राचार्य कोमलनाथ न्यौपाने ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा उदय उच्च माबि ब्यबस्थापन समितिका अध्यक्ष श्री मिमलाल श्रेठ तथा बिशिष्ठ अतिथिमा जिल्ला खेलकुद समिति गुल्मीका अध्यक्ष श्री गोबिन्द बिक रहनु भएको थियो । जिल्ला खेलकुद समिति गुल्मीको आयोजना तथा श्री उदय उच्च मा.बि.शान्तिपुर र श्री चक्रेश्वर ईन्गलिस बोडिंग स्कूलको ब्यबस्थापन उक्त प्रतियोगिता सम्पन्न भएको छ ।
       सो प्रतियोगितामा बलिबल छात्र -छात्रा;सटफुट छात्र -छात्रा;हाई जम्प छात्र -छात्रा;लंग जम्प छात्र -छात्रा त्रिपाल जम्प छात्र -छात्रा;दौड १००मि .२००मि.४००मि.८००मि.१५००मि.छात्र -छात्रा ३०००मि .छात्रा ;५०००मि.छात्र तथा १००मि. रिले ;२००मि. रिले ;४००मि.रिले छात्र -छात्रा आदि प्रतियोगिता हरु समाबेस गरिएको थियो । यहाँ बाट पहिलो र दोश्रो हुने प्रतियोगीलाई तम्घास लगिने छ र त्यहाँ बाट पहिलो हुने १ -१ जनालाई पश्चिमान्चल क्षेत्रीय प्रतियोगितामा भाग लिन  पोखरा लगिने छ  ।
  सो प्रतियोगितामा बिजयी खेलाडीलाई प्रमाण पत्र बितरण समेत गरिएको थियो । क्षेत्रीय छनोट बाट पहिलो र दोस्रो हुने खेलाडीले यहि आउदो फाल्गुन १९ र २० गते तम्घासमा हुने जिल्ला स्तरीय खेलमा सहभागी हुन् पाउने छन्  ।
unnamed (11) unnamed (10) unnamed (9) unnamed (8)

No comments:

Post a Comment