Voice of Gulmi,
फागुन १_स्याङ्जा जिल्ला नेवुवाखर्क गाविस जलुकेका ४० वर्षका शिव घर्ती कतार आएको तीन वर्ष भयो । सम्झौता अनुसारको मासिक ८ सय तलब पनि उहाँले पाउँदै आउनुभएको छ । तर तलबले मात्र चित्त बुझाउन नसकेको उहाँको छुट्टै व्यथा छ ।कतार आएको महिना दिन नहुँदै अर्थात् १ जून २०११ मा साँझ सात बजे काम गर्ने कम्पनीको कपडा धुने मेसिनले उहाँको दाहिने हात चुँडायो । दाहिने हात नै गुमाएर अपांगताको जीवन बिताउनु परेपछि उहाँका दुःखका दिन सुरु भए ।
दुर्घटना बापत पाउनुपर्ने बिमाको लागि
उहाँ दौडधुप गर्न थालेको पनि साढे दुई बर्ष भैसक्यो । पाकिस्तानी मूलका
आफ्ना मालिकलाई बिमाको बारेमा कुरा गर्दा ‘तँलाई म हेर्छु’ भनेर आश्वाशन
मात्र आयो । अहिलेसम्म त्यो उपलब्ध नहुँदा उहाँ निकै चिन्तित हुनुहुन्छ ।
मेशिनले हात चुँडेपछि पाँच महिना त
अस्पताल नै बस्नुपर्यो । त्यसपछि अलिअलि हिँड्न हुने भएपछि उहाँ २०११
नोभेम्बरमा नेपाली राजदुतावासमा राहतसहितको सहयोग पाउने आशा लिएर
पुग्नुभएको पनि हो ।
तर दुतावासका तत्कालिन श्रमसहचारी ध्रुव कोइरालाले कागजपत्र पर्याप्त नभएको भन्दै उहाँला फकाईदिय तर के कस्तो प्रकृया अपनाउनुपर्छ भन्ने उपाय चाहिँ बताइदिनुभएन ।
घर्ती फेरि सहयोगको याचनासहित दुतावासको
माथिल्लो कक्षमा पुग्नुभयो । त्यहाँबाट पनि श्रम सहचारीलाई भेट्नु भन्ने
जवाफ दिएपछि उहाँ दिक्दार हुँदै फर्कनुभयो ।
साँवा अक्षर मात्र खारेका घर्ती कहिले
अस्पताल र कहिले विभिन्न निकायमा एक्लै धाइरहनुभएको छ । देब्रे हातले फाईल
बोकेर हिँड्दा पनि उहाँले कहिँ कतैबाट सहयोग पाउन सक्नुभएन ।
यसै क्रममा स्याङ्जा सहयोग समाज कतारका
तत्कालिन अध्यक्ष गुरुनारायण रानाभाटसँग उहाँको भेट भयो । रानाभाटले पनि
सम्बन्धित निकायमा बुझ्दै जाँदा दावी गर्ने म्याद नाघिसकेको थाहा भएपछि
घर्ती छांगाबाट खसे जस्तै हुनुभयो ।
घटनाबाट उपचार पाउने बित्तिकै दुतावासमा
गएका घर्तीलाई त्यहाँका कर्मचारीले त्यबेला नै चासो दिएका भए उहाँले न्याय र
क्षतिपूर्ति दुवै पाउनुहुन्थ्यो । दुतावासले बेवास्ता गरेको कारणले यो
अवस्था सिर्जना भएको हो।कम्पनी मालिकले घर्ती दुर्घटनामा
परिसकेपछि प्रहरीमा जानकारी गराएर एम्बुलेन्समा अस्पताल लगेको भए अनिवार्य
रुपमा बिमाको प्रकृया सहजै अगाडि बढ्ने प्रावधान पनि छ । कम्पनी मालिकले
त्यसो नगरी आफ्नै कम्पनीको नीजि गाडीमा राखेर उहाँलाई अस्पताल लैजानाले पनि
अर्को समस्या उत्पन्न भयो ।
बिमाका लागि चाहिने सबै कागजातहरु
अस्पतालबाट प्रकृया पूरा गरी कतारको क्षतिपूर्तिको बारेमा व्हाइट हाउसमा
गएर पहल गर्न सकेको भए दुर्घटनामा अंग गुमाएको अवस्थाको पहिचान गरी उहाँले
बिमा कम्पनीबाट क्षतिपूर्ति पाउन सक्नुहुन्थ्यो । तर त्यसो हुन नसकेकोले
समस्या माथि समस्या थपिएको छ ।
कतैतिरबाट न्याय नपाएपछि घर्ती निकै
समस्यामा पर्नुभएको छ । ‘कार्यस्थलमा कार्यसमयमा नै मेरो दुर्घटना भएको
हुँदा त्यसबापत पाउनुपर्ने बिमा रकम पाउने आशामा यतै रनभुल्ल हुँदै आजसम्म
घुमिरहेको छु’ घर्तीले निराश हुँदै भन्नुभयो, ‘आफुले नै कमाएर श्रीमती
छोराछोरी पाल्नुपर्ने अभिभावक विदेशमा अपांग हुँदा नेपालमा रहेका परिवार
सम्झेर झनै कहाली लाग्छ ।’
डाक्टरको परामर्श अनुसार हात हाल्न मिल्ने
र त्यसको लागि ३५ हजार कतारी रियाल लाग्ने बताएपछि उहाँको ईच्छा थियो
नक्कली हात भने पनि लगाएर घर जाउँ भन्ने । तर यो इच्छा पनि पूरा हुन पाएको
छैन ।
No comments:
Post a Comment