Voice of Gulmi,फागुन ३ – सुनसरीको हाँसपोसामा शनिबार विहान एम्बुलेन्सको ठक्करबाट २ जनाको ज्यान गएको छ ।
कोशी राजमार्ग अन्तर्गत इटहरीबाट धरानतर्फ
जाँदै गरेको ज १ च ७७७ नम्बरको एम्बुलेन्सले हाँसपोसा २ मा को १२ प ४१११
नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक
बराहक्षेत्र ४ का ३२ वर्षका राजु राईको घटनास्थलमै ज्यान गएको र
मोटरसाइकलमा पछाडी बसेका रमेश राईको बिपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय
विराटनगरले जनाएको छ ।
No comments:
Post a Comment