Voice of Gulmi,जनार्दन घिमिरे गुल्मी, २८ माघ ः - चोरीको
मुद्दामा अदालतले फैसला सुनाएपछि गत १३ वर्ष अघिदेखि फरार वनेका गुल्मी
हस्तिचौरका एक व्यक्ति कारागार चलान भएका छन् । जिल्ला अदालत गुल्मीले २०५७
असार २ गते कारागार चलानकालागि फैसला सुनाएपछि हस्तिचौर गाविस १ निवासी ३७
वर्षीय खुमवहादुर जोगीकुवँर हालसम्म फरार वनेका थिए ।
फरार वनेपछि भारतमा पुगेर लुकिछिपि नोकरी गर्दै आएका कुँवर केही दिन अघि
नेपाल फर्केपछि गुल्मी स्थित भुर्तुङ्ग गाविसमा आफ्नो साथीलाई भेट्न आएको
भन्ने सूचनाको आधारमा भुर्तुङ्ग प्रहरी चौकिले उनलाई पक्राउ गरेको हो ।
उनको नाममा तत्कालीन अवस्थामा जिल्ला सदरमुकाम तम्घास स्थित एक पसलमा चोरी
गरि फरार रहेको भनि जिल्ला अदालत गुल्मीमा किटानी जाहेरी दर्ता गरिएको
थियो । जाहेरिको आधारमा अदालतले जोगीकुँवरलाई नकवजनी चोरीमा २ लाख ५४ हजार ९
सय ७७ रुपैंयाँ विगो जरिवाना र थप एक महिना १५ दिन कारागार चलानको फैसला
सुनाएको थियो ।
No comments:
Post a Comment