Voice of Gulmi,
धादिङ, माघ २५ – धादिङमा दुई युवकको हत्या भएको छ । नुवाकोट सामरीका पहलमान तामाङको कुटपिटपछि हत्या भएको हो ।
धादिङ ससुराली गएका बेला तामाङमाथि
सेम्जोङमा कुटपिटपछि हत्या भएको छ । विहिबार सामरीमा सडक खन्ने क्रममा
विवाद भएपछि ससुराली आएका तामाङलाई सामरीबाट आएका ७/८ जनाको समूहले कुटपिट
गरि हत्या गरेको धादिङका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।
पहलमानको हत्यामा सेमजोङ र सामरीका
युवाहरु संलग्न रहेको जानकारी प्राप्त भएकाले यस बारेमा अनुसन्धान सुरु
गरिएको र घटनास्थलमा प्रहरी पठाइ सकिएको पनि प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएका व्यक्तिहरु चढेको
मोटरसाइकलको नम्बर खुलि सकेकोले मोटरसाइकल भाग्न सक्ने सबै दिशामा प्रहरी
परिचालन गरि हत्यामा संलग्नहरुको खोजी सुरु गरिएको सिंहले बताउनुभयो ।
घटनास्थल सदरमुकाम भन्दा टाढा भएकाले पूर्ण विवरण आउन नसकेको प्रहरीले
जनाएको छ ।
यस्तै विहीबार साँझ पनि जिल्लाको गजुरी
गाविस १ मा भवन निर्माणमा कार्यरत मजदुरहरुबीच झगडा हुदाँ धनकुटा जिल्लाको
बुढीमोरङका २५ वर्षीय सरोज लिम्बुले फलामको रडले टाउकोमा प्रहार गरि दाङ
घोराहीका ३५ वर्षीय सञ्जय ठकुरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा
संलग्न लिम्बुलाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको छ ।
एक महिना अघि जिल्लाको फूलखर्क र दार्खामा एक एक जना युवकको हत्या भएको थियो ।
No comments:
Post a Comment