Voice of Gulmi, अनिल खत्री : ब्लड क्यान्सर पिडित घिमिरेलाइ ४३ हजार ५ सय सहयोग अनिल खत्री गुल्मी भदौ २८ १ वर्ष देखि ब्लड क्यान्सर भएर कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराइ रहेका गुल्मी हस्तिचौर –६ बालक रमेश घिमिरेलाई विदेशबाट सहयोग प्रदान गरिएको छ । गुल्मी सेवा समाज दोहा कतारले रमेशको उपचारमा सघाउनको लगि ४३ हजार ५ सय आर्थिक सहयोग उपलब्ध गराएको हो । कतारमा तीन महिनाको समय लगाएर नेपालीहरुबाट संकलन गरिएको उक्त रकम समाजका सचिव कुमार अविरल पन्थीले रमेशका बाबु रामलाललाई हस्तान्त्रण गर्नुभएको थियो । रकम हस्तारणको लागी तथा सार्वजनिक गर्नको लागी शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर रामलालले छोरोको उपचारको लागि सहयोग गर्ने स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ सम्पूर्ण लाइ बिशेष धन्यावाद दिनु भएको छ । बिदेशमा रहेर आफनो छोराको उपचारको लागी सहयो गर्नु हुने सम्पुर्ण नेपालीलाई आफुले कहिल्लै पनि नभुल्ने समेत बताउनु भएको छ । पत्रकारहरु संग कुरा गदै रामलाल घिमिरेले आफनो जेठो छोरा रहेको र अब त बिस्तारै आफुलाइ केहि सहयोगहोला भन्ने बेलामा आफुलाइ यस्तो ठुलो समस्या आइ परेकोमा दुख ब्यक्त गर्नु भएको थियो । साथै स्वदेश तथा बिदेश बाट सहयो प्राप्त हुनुमा गुल्मी जिल्लका संञ्चारकर्मीहरुले बिषेस मत्वपुर्ण भुमिका रहेकोले सबै पत्रकारहरुलाइ धन्यावाद दिनु भएको थियो र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो । छोराको उपचारको लागि लाखौँ खर्च लाग्ने भएपछि आर्थिक हैसियत कम्जोर भएका कारण घिमिरेले सवैलाई उपचारको लागि सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो । घिमिरेका अनुसार आफू सक्दो सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैंककोखाता नम्बर ३५२४७ मा रकम जम्मा गर्न सकिने छ । उनको उपचारको लागी बिभिन्न संघ संगठनहरुबाट भएको सहयोग बाट उपचार भइ रहेको छ । पछिल्लो रिपोट अनुसार उनुस्वाथ्यमा धेरै सुधार आएको छ । ब्लड क्यान्सर भइ उपचार गराइ रहेका रमेश घिमिरे गुल्मी जिल्ला हस्तिीचौर गाबिस वार्ड नं.८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढने र गत २०६९ साल चैत्र महिनामा संञ्चालन भएको एस एल सी परिक्षामा सहभागि हुने बिद्यार्थी थिए तर अस्वस्थताका कारण उनि परिक्षामा सहभागि हुनभने सकेनन्् । रकम हस्तारण गर्दै गुल्मी सेवा समाज दोहा कतारका सचिव कुमार अबिरल पन्थी रकम लिदै बलड क्यान्स पिडित रमेश घिमिरे तस्विर अनिल खत्री
Wherever You Are, the Voice of Gulmi with You.तपाईं जहाँ भए पनि हाम्रो आवाज तपाईंसंगै..
Friday, September 13, 2013
Tuesday, September 10, 2013
१५ दिनदेखि लगाईएको ताला खुलाउन कुनै पहल भयन
Voice of Gulmi,नवलपरासीको माकर गाविसको कार्यालयमा बिगत १५ दिनदेखि लगाईएको ताला खुलाउन सम्बन्धित पक्षले कुनै पहल नगरेको भन्दै मानवअधिकारकर्मी तथा सञ्चारकर्र्मीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै स्थानिय निकायबाट हुने दैनिक कामकाजलाई सञ्चालन गरी सेवाग्राहीको सेवा पाउने अधिकारबाट बञ्चित नगर्न नगराउन र मानवअधिकारको रक्षा गर्न समेत सम्बन्धित निकाय, सर्वदलीय संयन्त्र, पेशाकर्मी, तथा सरोकारवाला पक्षसंग आग्रह गरिएको छ । विज्ञप्तीमा कार्यालय बन्दका कारण सेवाग्राहीको दैनिक अतिआवश्यक कामकाज, नागरिकता सिफारिस, जन्म मृत्यु बिवाह दर्ता, जग्गा सम्बन्धि सिफारिस र अन्य सिफारिस लगाएतका कार्यहरु सुचारु नहुदा सेवाग्राही अत्यन्त मारमा परेकाले बार्ता र संबादद्धारा यथाशक्य समस्याको समाधान गर्नतर्फ सरोकारवाला सबै पक्षसंग जोडदार माग गरिएको छ । अहिलेको लोकतान्त्रिक युगमा बार्ता र संबाद नै समस्या समाधानको मुख्य उपाय रहेकाले तत्काल संबादलाई निरन्तरता दिई समस्या समाधानको पहल गर्नुपर्ने भन्दै संबन्धित पक्षलाई अनुरोध समेत गरिएको छ । माकर ४ वाढीपिडीतमा सञ्चालन भईरहको उक्त कार्यालयलाई नवनिर्मित पक्की भवन बर्दघाटमा सार्ने निणर्यको बिषयमा विबाद हुदा कार्यालयमा स्थानियबासीले अनिश्चितकालिन ताला बन्दी गरेका थिए ।
न्यौपानेको सम्झनामा नेपाली कांगे्रस हँुगा गाउँ कार्य समितिले शोक सभा सम्पन्न
Voice of Gulmi, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष स्वर्गीय हरिप्रसाद न्यौपानेको सम्झनामा नेपाली कांगे्रस हँुगा गाउँ कार्य समितिले शोक सभा सम्पन्न गरेको छ । समितिका सभापति महेश्वर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, क्षेत्रीय सचिव धातानन्द भण्डारी लगायतले स्वर्गीय न्यौपानेले पार्टीलाई पु¥याएको अतुलनीय योगदानको चर्चा गर्दैै उहांंले देखाएको मार्गमा सबै जना लाग्न सकेमात्र उहांप्रति सच्चा सम्म्ाँन र श्रृद्धाञ्जली हुने बताउनुभयो । कार्यक्रमका बक्ताहरुले उहां राजनीतिकर्मी मात्र नभई एउटा कुशल समाजसेवी पनि रहेको बताउंदै उहांको निधनले समाजलाई नै क्षति पुगेको बताएका थिए । सोही अवसरमा न्यौपानेकी धर्मपत्नी जमुना खरेल न्यौपानेले उहांले चाल्नुभएका अभियानहरुलाई पुर्णता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव पदमपाणी न्यौपानेले गर्नुभएको थियो ।
,नवलपरासीका बिभिन्न ठाउहरुमा चोरीका घटनामा ९ जनालाई चोरीका समानसहित पक्राउ
Voice of Gulmi,नवलपरासीका बिभिन्न ठाउहरुमा भएको चोरीका घटनामा सलग्न तीन भारतीय महिला लगायत ९ जनालाई चोरीका समानसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय महिलाहरुमा जानकी केवट, सुनिता केवट र भानुमति केवट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक संजीब शर्माले बताउनुभयो । हाटबजारमा बजार गर्न तथा मेला हेर्न आएका मानिसहरुको मोवाईल, मनि पर्स चोरी गरेकोले उनिहरुलाई पक्राउ गरि कारवाही प्रकृया अघि बढाएको शर्माले बताउनुभयो । यस्तै मनरीमा राईस मिल र बोडिर्ङ स्कुल बाट बिभिन्न सामान चोर्नेहरु मध्ये मनरी २ कै खिरी नारायण चौधरीलाई, सुनिल हरिजन समेतलाई प्रहरीले पक्राउ गरेको छ । सोमनीका रबिन्द्र यादवको पसलमा चोरी गर्ने बिजय चौधरी, राजेश चौधरी, संजय चौधरी, बेचन र चौधरी समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैबिच प्रहरीको गस्तीलाई देखेर गाडी छाडेर केही व्यक्ती फरार भएपछि गस्तीले सिमावर्ती रमपुरुवा ७ बाट करिब २५ लाख बराबरको युपी ५३ ए. क्यु ४४१८ नंम्बरको टाटा सुमो गाडी बरामद गरी नियन्त्रणमा लिएर आबश्यक कार्बाहीको लागी आजै भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
,दिपक माध्यमिक विद्यालयको सामाजिक लेखा परीक्षण प्रतिबेदन सार्वजनिक
Voice of Gulmi,दिपक माध्यमिक विद्यालय, भनभने गुल्मीले आज विद्यालयको सामाजिक लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गरेको छ । आज अभिभावक भेला गरी प्रतिबेदन सार्वजनिक गरिएको हो । सामाजिक लेखा परीक्षण संयोजक हुमाकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानेश्वर खनालले ६२ लाख रुपैयाँ बराबरको सामाजिक लेखा परीक्षण तथा प्रगति प्रतिबेदन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र बहादुर घर्ति सहित बावुराम पोखरेल, भिमकान्त पन्थी, इश्वरीप्रसाद पन्थी लगायतले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको प्रमुख भुमिका रहने भन्दै यसतर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा गोविन्द स्मृति अक्षय कोषद्धारा पुरस्कार स्वरुप यस बर्षको एसएलसी परीक्षामा विद्यालयबाट प्रथम हुने छात्र र छात्रालाई एक एक हजार रुपैयाका दरले वितरण समेत गरिएको थियो । शिक्षक ऋषिराम पन्थीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक श्यामबहादुर अधिकारीले गर्नुभएको थियो ।
रुपन्देहीमा दम्पतीले आत्महत्या गरे
Voice of Gulmi,रुपन्देहीमा दम्पतीले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुर गाउ विकास समिति वडा नं ९ मनोहरापुर वस्ने ३८ वर्षका मिनराज परियार र उहाँकी ३५ वर्षकी श्रीमती सरस्वती परियारले आत्महत्या गरेका हुन । भान्छा कोठामा रहेको फलामको पाइपमा चुन्नीको पासो लगाई श्रीमतीले आत्महत्या गरेको देखेपछि श्रीमान मिनराजले पनि विष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ । सरस्वतीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्पले टोकेर सोमबार एक बालिकाको ज्यान गयो
Voice of Gulmi,रुपन्देहीमा सर्पले टोकेर सोमबार एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सेमरा गाउँ विकास समिति वडा नं। ४ की सुभा कहारको सर्पको टोकाई वाट ज्यान गएको हो । घरमा वसिरहेको वेला सर्पले टोकेर घाइते भएकी कहारलाई उपचारको लागि भैरहवा लैजाँदौ गर्दा वाटो मै ज्यान गएको हो । एन्टी स्नेक भेनम नभएपछि कपिलवस्तुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा आएका विरामी जिवन मरणको लडाइ लडिरहेका छन् । भेनमको अभावमा कपिलवस्तु जिल्लाका अतिरिक्त रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाची, दाड., प्युठान, तथा भारतको सिद्धार्थनगर जिल्लाबाट आएका डेढ दर्जन बढि विरामी जिवनमरणको लडाइ लड्न बाध्य भएका हुन् । भदौ महिना लागेपछि मात्र सर्पदंश उपचार केन्द्रमा कुल ६० जना विरामी आएका मध्ये भेनम सकिएपछि डेढ दर्जन विरामी उपचार पाउनबाट बञ्चित हुंदा जिवन मरणको लडाइ लडिरहेको चनइ गाविस खगेन्दपुरका थानेश्वर भुसालले बताउनुभयो । सरकारी स्तरबाट केन्द्रिय रेडक्रस सोसाइटीले आजसम्म एन्टी स्नेक भेनम सम्वन्धीत जिल्लाका स्वास्थ्य संस्थामा पठाउने बताए पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधी उपलव्ध भएको छैन । सरकारी बेवास्ताका कारण एन्टी स्नेक भेनम औषधीको आएको छैन । दैनिक ८ देखी १० जनासम्म विरामी आउने केन्द्रले यस अगाडी नै औषधी अभाव भएपछि सुचना टांँस गरीे उपचार दिन नसकिने जनाइसकेको छ ।
स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्म जयन्ती
Voice of Gulmi,नारायण प्रभात मरासिनी प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । एक सय वर्ष अगाडि आजैका दिन जन्मनु भएका कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका कहिल्यै नओइलाउने नाम हुनुहुन्छ । विश्व समाजवादी आन्दोलनका अगुवासमेत रहनुभएका वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि सान्दर्भिक मानिन्छ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका कोइरालाको बि सं २०३९ साउन ६ गते निधन भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणा शासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो । त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्र्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बिसं २०३३ सालमा नेपाल फर्किनु भएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । नेपाली कांग्रेस गुल्मीले पनि एक कार्यक्रमका विच सयौँ विपी जयन्ति मनाएको छ । आजको राजनीतिक अवस्था र विपी विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरेर पार्टीले सयौँ विपी जयन्ति मनाएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । साथै उनीहरुले बर्तमान राजनीतिमा उहाँको अभाव खड्कीएको समेत बताएका थिए । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता प्रेमनाथ अर्यालले प्रजातान्त्रीक समाजबादका प्रणेता कोईरालाको विचार बर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । खासगरी अहिलेको संक्रमणकालीन अवस्थामा उग्र बामपन्थी र दक्षिणपन्थी समुहरुले विपीको विचारमा प्रहारको गरेको उहाँले आरोप समेत लगाउनुभयो । त्यसैले अहिले नेपाली कांग्रेसले अहिलेको समयलाई चिन्दै विपीले अंगिकार गरेको विचारलाई अझ शशक्त माध्यमबाट जनतामा पु¥याउनुपर्ने उहाँको जोड छ । त्यस्तै नेपाली कांग्रेस गुल्मीका सचिव विष्णुप्रसाद बलालले नेपालको प्रजातन्त्रको लागि संसारमै प्रजातन्त्रको महत्वपूर्ण विचार राख्ने कोईरालाको विच अहिलेको समयमा एकदमै सान्दर्भिक भएको बताउनुभयो । कोईराला एउटा युगान्तकारी ब्यक्ति भएकै कारण नेपालबाट हुकुमी शाशन र शोषणको अन्त्य भएको स्पष्ट पार्नुभयो । साथै कोईरालाले नेपालमा प्रजातान्त्रिक सुरुवात गरेकोले उहाँको नाम ईतिहासमा स्वर्णिम अक्षरमा लेखिने बलालको भनाई रहेको छ । सचिव बलालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महिलासंघ सभापति विष्णुकुमारी सापकोटा, तम्घास गाउँ समिति सभापति अखिलेश्वर प्रसाद पाण्डे, नेपाल विद्यार्थी संघका उपसभापति निरोज मरासीनी लगायतले पनि विपीको सिद्धान्त, राष्ट्रप्रति उहाँको भुमिका र आजको राजनीति अवस्थामा उहाँले प्रतिपादन गर्नुभएको पार्टीको सिद्धान्तको महत्वका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रम तम्घास गाउँ समितिका उप सभापति रुद्र पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
Saturday, September 7, 2013
प्रहरीकै हाकिम मापसे कारबाहीमा
Voice of Gulmi,२२ भदौ, काठमाण्डौं । मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रहरीका सिनियर
अधिकारी नै कारबाहीमा परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका
एक-एकजना एसपी कारबाहीमा परेका हुन् ।
महानगरीय ट्राफिक महाशाखाले उनीहरुलाई क्लास लिन लगाई लाइसेन्ससमेत प्वाल
पारेको छ । महाशाखा स्रोतका अनुसार एकजना बानेश्वर तथा अर्का महाराजगञ्ज
क्षेत्रमा मापसे गरी सवारी चलाउनेक्रममा कारबाहीमा परेका हुन् । कारबाहीमा
पर्ने नेपाली प्रहरीका एसपी प्रहरी अस्पतालमा कार्यरत रहेको महाशाखा
स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ ।
दुवैजनाले क्लास नलिन र
लाइसेन्समा प्वाल नपार्न सोर्सफोर्स लगाएपछि एसपी भएको खुलेको थियो । ‘तर,
सिस्टमको अगाडी सोर्सफोर्स चलेन,’ महाशाखाका एक अधिकारीले भने । ट्राफिक
महाशकाखाले मापसे चेकिङ सुरु गरेयता एक लाख चालक कारबाहीमा परिसकेका छन् ।
त्यसमध्ये ७० हजारको त लाइसेन्स नै प्वाल पारिएको महाशाखाको तथ्यांकमा
उल्लेख छ ।
पछिल्लो समय प्रहरी अधिकारी नै मापसे चेकिङमा परेको
भन्दै महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने, ‘उनीहरुलाई क्लास नै
लिन लगायौं र लाइसेन्समा पनि प्वाल पार्र्यौ ।’
Friday, September 6, 2013
एकैपटक चार सन्तान जन्मे पिता भन्छन् विपत्ति आइलाग्यो’
Voice of Gulmi,,२१ भदौ, बिराटनगर । समान्यतः नयाँ सन्तान
पैदा हुँदा मानिसलाई हर्ष लाग्नु स्वभाविकै हो । तर, एउटा मात्रै सन्तानका
लागि हात थापेका बेला भगवानले एकैपटक तीन छोरा र एक छोरी थमाइदिएपछि
आमाबुबालाई कस्तो लाग्छ होला ? बिराटनगरमा एकैपटक चार सन्तानका पिता बनेका
धनश्याम भट्टराईलाई अनलाइनखबरले तपाईलाई यतिबेला कस्तो महसुस भइरहेको छ
भनेर सोध्दा उहाँले आफूमाथि विपती आइलागेको बताउँदै सहयोग गरिदिन राज्यसँग
आग्रह गर्नुभएको छ ।
आफ्नो गच्छे अनुसार एउटा सन्तान मात्रै
पाल्न सक्ने आँकलन गरेका झापा धुलावारीका धनश्याम र दीपा भट्राई दम्पतीको
जीवनमा एक साथ खुसी र विपती मिसिएर आएको छ । उनीहरुले चार सन्तानको
आवश्यकता महसुस नगरे पनि विधाताबाट एकैचोटि धेरै सन्तानहरु हात थाप्न बाध्य
हुनुपरेको छ ।झापा धुलावारी-२ घर भएकी दीपा भट्राईले चार सन्तानलाई
एकैपल्ट जन्म दिनुभएको हो । २६ वर्षीया दीपाले विहीबार अपरान्ह
बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा एक छोरी र तीन छोरासहित चार सन्तानलाई
जन्म दिनुभएको हो । दिउँसो २ बजेर ३६ मिनेटदेखि ३९ मिनेटसम्मको अवधिमा
दीपाले २८ हप्ताका चार सन्तानलाई जन्म दिएपछि यो घटनालाई धेरैले आश्चर्यका
रुपमा लिएका छन् । पहिले जन्मिएका तीन छोरा क्रमश १ किलो २ सय ग्राम, एक
किलो र १ किलो २ सय ग्राम तौलका छन् भने अन्तिम छोरी ८ सय ग्रामकी रहेको
अस्पतालले जनाएको छ ।
‘बच्चा पाएपछि खुसी त लागेकै छ तर एकैचोटि
यतिका बच्चा स्याहार्न समस्या हुँदा विपत्ति आएको महसुस भएको छ,-बुबा
घनश्याम भट्राईले भन्नुभयो । उहाँले अहिलेको अवस्थामा एक सन्तानको चाहना
सबै आमाबुबामा हुने भन्दै यसरी अपत्यारिलो अवस्थामा बच्चा पैदा भएपछि आफु
समस्या परेको बताउनुभयो ।’सामान्यरुपमा मानिसको एक पटकमा एउटा मात्र
वच्चाको चाहना हुन्छ, तर हामीले एकैपटकमा यतिका वच्चाहरु पाएका छौं यसमा
खुसी पनि लागेकै छ ।’ भट्राईले भन्नुभयो ।’मेरो घर परिवारको आय स्रोत
सामान्य छ, महंगीले गर्दा कसरी लालन-पालन गर्ने हो, सोच्नै सकेको छैन
।’-नोबेल मेडिकल कलेजको वार्डमा श्रीमती सुत्केरी गराउन झापाबाट आएका ३३
वर्षीय भट्राईले अनलाइनखबरसँग भन्नुभयो ।
आफुमाथि प्रकृति विपति परेको भन्दै
भट्राईले सरकारले वच्चाको लालन-पालन र स्वास्थ्य उपचार एवं शिक्षा दिक्षाको
समेत प्रवन्ध मिलाइदिन आग्रह गर्नुभयो । ‘म सरकारसँग अपील गर्छु, हामीमाथि
विपत्ती आइपरेको छ, मेरो सामान्य जागिरले यतिका वच्चाको लानन-पालन गर्ने
हैसियत छैन ।’नोबेल मेडिकल कलेकल कलेजले भने पहिलोपल्ट आफ्नो अस्पतालमा
चम्ल्याहा वच्चा पैदा भएको भन्दै अस्पताल व्यावस्थपनले आवश्यक सहयोग गर्ने
बताएको छ । ‘हामी भट्राई दम्पतीका यी चार सन्तानका लागि के कति सहयोग गर्न
सक्छौं भन्ने बारेमा छलफलमा छौं, पक्कै पनि हाम्रो तर्फवाट उहाँरुलाई सहयोग
गर्नेछौं ।’- अस्पतालका प्रसाशकीय अधिकृत नारायण दाहालले अनलाइनखबरसँग
भन्नुभयो ।
नवजात चारैजना शिशुहरुलाई उनीहरु सवैलाई
अहिले एनआईसियुमा अक्सिजन दिएर राखिएको छ । उनीहरु र आमा पाँचैजनाको
स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डा दीक्षा प्रसाईर्ले
जानकारी दिनुभएको छ ।सामान्यतः ४० हप्तामा वच्चा पैदा हुने गर्छ । तर,
उनीहरु २८ हप्ता अथाएत सात महिनामै पैदा भएकाले श्वास-प्रश्वासमा भने
सामान्य समस्या देखिएको डा. प्रसाईले भन्नुभयो । महिना नपुगी वच्चा पैदा
भएकाले उनीहरुको फोक्सो पूर्णरुपमा विकशित नभइसकेको चिकित्सको भनाइ छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार
उनीहरुलाई कम्तिमा एक महिना एनआईसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
अस्पतालका अनुसार तीन महिनाअघि पनि सोही अस्पतालमा त्यस्तै अवस्थाको ८ सय
ग्रामको एक नवजात शिशुलाई एक महिनासम्म चिकित्सको निगरानीमा राखी सकुशल घर
फर्काइएको थियो ।’महिना नै नपुगी बच्चा पैदा हुँदा संक्रमण हुने लगायतका
समस्या धेरै आउने गर्दछन् तर पनि जोखिमलाई पार गर्न सकिन्छ ।’ डा. प्रसाईले
भन्नुभयो । अस्पतालको वार्डमा रहेकी सुत्केरी दीपाको स्वास्थ्य सामान्य
रहेको अस्पतालले जनाएको छ ।
Wednesday, September 4, 2013
नेकपा एमाले गुल्मीले तिनवटै क्षेत्रबाट प्रत्यक्ष तर्फ उमेदवार छनोट
Voice of Gulmi,
अनिल खत्री गुल्मी भदौ १९
संबिधान सभाको दोस्रो निर्वाचनको सरगर्मी बढीरहेका बेला राजनितीकदलहरु प्रत्यक्ष तथा समानुपातिक तर्फ उमेदवार चयनको प्रक्रियामा ब्यस्त रहेका छन । यसै बिच नेकपा एमाले गुल्मीले तिनवटै निर्वाचन क्षेत्रको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक प्रणलीका लागी उमेदवारहरुको नाम प्रस्ताव गरेको छ । नेकपा एमाले क्षेत्र नं.१ को मजुवामा सम्पन्न बैठकले राज्य ब्यवस्थासमितीका पुर्व सभापति एबं क्षेत्र नं.१ का पुर्व सांसद रामनाथ ढकाललाई सर्ब सम्मत प्रत्यक्ष निर्वाचनको उमेदवार बनाउने निर्णय गरेको छ । त्यसै गरि समानुपातिकालागी क्षेत्र नं.१ र २ को तर्फबाट आगामी भदौ २१ गते आयोजित जिल्ला कमिटीको बैठक बाट उमेदवारको निर्णय गरिने बताइएको छ । त्यसै गरि क्षेत्र नं.२ को मदन आश्रीत स्मृती भवन तम्घासमिा सम्पन्न बैठकले प्रत्यक्ष तर्फ पुर्व मन्त्री एबं संबिधान सभाका पुर्व सदस्य प्रदिप कुमार ज्ञवाली,पुर्व सांसद एबं नेकपा एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य कमलराज श्रेष्ठ र राष्ट्रिय प्रतिनिधी परिषद सदस्य नर्मदा भण्डारीको नाम प्रस्ताव गरेको छ ।
त्यसै गरि क्षेत्र नं.३ को धनार्जीमा सम्पन्न बैंठकले पुर्व उर्जा मन्त्री एबं पार्टी केन्द्रिय सदस्य गोकर्णराज बिष्ट,पार्टी जिल्ला कमिटी अध्यक्ष टोमलाल पाण्डेय र अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष ललिता गौतमको नाम सिफारिस गरेको छ । त्यसै गरि समानुपातिक तर्फ अनेरास्वबियु पुर्व केन्द्रिय अध्यक्ष रामकुमारी झाक्री,पार्टी लुम्बीनि अञ्चल कमिटी सदस्य दिलशोभा पुन,जिल्ला सल्लाहाकार कमिटीका अध्यक्ष दानबहाुर के.सी.र नेपाल उत्पीडित जातिय मुक्तीसमाज गुल्मीका अध्यक्ष दल बहादुर बिश्वकर्माको नाम सिफारिस गरेको छ । उमेदवारको नाम प्रस्ताव गरे सगै नेकपा एमाले गुल्मीले आफनो चुनाबी अभियानलाइ जनताको घरदैलो सम्म तिब्ररुपमा संंञ्चालन गर्ने जनाएको छ । आगामी संबिधासभाको दोस्रो निर्वाचनमा नेकपा एमालेले गुल्मीका तिन वटै निर्वाचन क्षेत्रमा अत्यधिक बहुमतका साथ बिजय हासिल गर्ने दाबी गरेको छ । बैठकले पार्टीको अबस्था पहिले भन्दा निकै सुधार भएको निष्र्कष सहित पार्टी कार्यकर्ताहरुलाई चुनावी अभियानमा सक्रियताका साथ होमिन निर्देसन गरेको छ ।

नेकपा एमाले गुल्मीले उमेदवारी सिफारिस गर्न बैठक जारी
।Voice of Gulmi, अनिल खत्री, गुल्मी आगामी संबिधान सभाको निर्वाचनको लागी नेकपा एमाले
गुल्मीले उमेदवारी सिफारिस गर्न बैठक जारी
आागामी दोसा्रो संबिधान सभाको निर्वाचनको लागी उमेदवारी सफिारिस गर्न
नेकपा एमाले गुल्मीको तिन वटै क्षेत्रमा बैठक जारी रहेको नेकपा एमाले
गुल्मीले जनाएको छ ।
दास्रो संबिधान सभाको निर्वाचनको लागी एकिकृत नेकपा माओवादीले र नेपाली
का्रग्रेसले यस अगिनै उमेदवारीको नाम सिफारि गरि सकेको छ । भने नेकपा
एमाले गुल्मीले आज टुङ्गो लगाउने भन्दै गुल्मी क्षेत्र नम्बर तिनवटै
क्षेत्रमा क्षेत्रिय बैठक जारी रहेको नेकपा एमाले गुल्मीले जनाएको छ ।
उमेदवारी सीफारिसको लागी गुल्मी क्षेत्र नम्बर एकको मजुवामा , क्षेत्र
नम्बर दुइ को एमाले पार्टी कार्यलय तम्घासमा र क्षेत्र नम्बर तिनको
धनार्जी गुल्मीमा बैठक जारी रहेको बैठकमा सहभागि नेताहरुले जानकारी दिएका
छन । अहिले तिनवटै उक्त स्थानमा बैठक चलिरहेको छ र साझ सम्म उमेदवारीको
टुङ्गो लाग्ने नेकपा एमाले गुल्मीले जनाएको छ ।
Saturday, August 31, 2013
मध्यरातमा भुइँचालोले हल्लायो
Voice of Gulmi, शुक्रबार राती देशका बिभिन्न ठाउँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति ११ बजेर ३५ मिनेट जाँदा तिब्बत केन्द्रबिन्दू भएको ६ रिक्टर स्केलको भूकम्प गएको हो ।
दोलखाको जिरीबाट ५५ किलोमिटर उत्तरमा पर्ने तिब्बतमा केन्द्रबिन्दु भएका भूईचालोबाट देशका धेरै ठाउँमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख डाक्टर सोमनाथ सापकोटले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
चिनियाँ समाचार एजेन्सी सिन्हवाले भने सिचुवान र युनान प्रान्तको सिमा क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्र बनाएर ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प गएको जनाएको छ । अमेरिकी भुगर्भ विभागले भने भूईचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको जनाएको छ ।
भूकम्पको धक्काले ठूलो क्षति नपुगेपनि केहीघरमा सामान्य क्षति पुगेको र भाग्ने क्रममा केही सामान्य घाईते भएका छन । भूकम्पको धक्का महसुस भए लगत्तै काठमाडौंका धेरै बासिन्दा राति घर बाहिर निस्किएका थिए ।
शुक्रबार राती भुईचालो गएको केन्द्रबिन्दु नजिकै शनिबार विहान ३ बजे पनि ५ रिक्टर स्केलको भुईचालो गएको छ । त्यस्तै बिहान ६ बजेर १३ मिनेट जाँदा चीन, भुटान र भारतीय सीमाक्षेत्रमा पर्ने जि झाङ्ग क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब १ रिक्टर स्केलको भुईचालो गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन।
Friday, August 30, 2013
ब्लड क्यन्सर पिडित घिमिरेलाइ १ लाख सहयोग
Voice of Gulmi,
अनिल खत्री, गुल्मी भाद्र १३ -
१ वर्ष देखि ब्लड क्यान्सर भएर कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराइ रहेका गुल्मी हस्तिचौर,६ का बालक रमेश घिमिरेलाई विदेशबाट सहयोग प्र दान गरिएको छ । अहिले बेईजिङमा रहेका वस्तु गुल्मीका राम प्रसाद पाण्डे को नेतृत्वमा वेजिङबाट ६० जना गैह्र आवासिय नेपालीले घिमिरेलाई १ लाख आर्थिक सहयोग पठाएका छन् । घिमिरेका बाबु रामलाल घिमिरेले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर सहयोग सार्वजनिक गर्नुभएको हो । साथै उहाँले आफ्नो छोरालाई सहयोग गर्ने सवैलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । छोराको उपचारको लागि लाखौँ खर्च लाग्ने भएपछि आर्थिक हैसियत कमजो र भएका घिमिरेले सवैलाई उपचारको लागि सहयोग प्रदान गर्न समेत अनुरो ध गर्नुभयो । घिमिरेका अनुसार आफू सक्दो सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैंककोखाता नम्बर ३५२४७ मा रकम जम्मा गर्न सकिने छ । उनको उपचारको लागी बिभिन्न संघ संगठनहरुबाट भएको सहयोग बाट उपचार भइ र हेको छ । पछिल्लो रिपोट अनुसार उनुस्वाथ्यमा धेरै सुधार आएको छ । ब्लड क्यान्सर भइ उपचार गराइ रहेका रमेश घिमिरे गुल्मी जिल्ला हस्तिीचौर गाबिस वार्ड नं.८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढने र गत २०६९ साल चैत्र महिनामा संञ्चालन भएको एस एल सी परिक्षामा सहभागि हुने बिद्यार्थी थिए तर अस्वस्थताका कारण उनि परिक्षामा सहभागि हुनभने सकेनन् ।
Thursday, August 29, 2013
एकै दिनमा बिक्छन् ५ सय मोटरसाइकल
Voice of Gulmi,१३ भदौ, । नेपाली बजारमा प्रतिदिन ५ सयको हाराहारीको संख्यामा दुईपांग्रे सवारीसाधन (मोटरसाइकल, स्कुटर) बिक्री हुन थालेका छन् । अव्यवस्थित सार्वजनिक यातायात, बढ्दो जागिरे जीवनशैली र साँघुरो सडकका कारण दुई पांग्रे चढ्नेको संख्या बढेको व्यवसायीले बताउका छन् ।
‘सार्वजनिक यातायात अव्यवस्थित बनिरहँदा आफ्नै सवारी चढ्ने बढिरहेका छन्,’ नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन -नाडा) का उपाध्यक्ष अञ्जान श्रेष्ठले भने ।
सरकारी तथ्यांकअनुसार गत आव ०६९/७० मा १ लाख ७५ हजार ३ सय ८१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएका छन्, जुन दैनिक ४ सय ८० वटा आयातको तथ्यांक हो । तथ्यांक अनुसार न्यून आय भउका बहुसंख्यक नेपालीको लोकपि्रय साधनको रुपमा मोटरसाइकल नै देखिउको छ ।
व्यवसायीका अनुसार नेपालमा मोटरसाइकलको मूल्य औसत मूल्य १ लाख ७५ हजार रुपैयाँ पर्छ,’ नाठाअध्यक्ष तथा नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज एन्ड हुलासचन्द कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।
Wednesday, August 28, 2013
नाक कानै च्यातेर गहना लुटपात
Voice of Gulmi,प्रेम सुनार
भदौ १२,गुल्मी । अब तिज आयो, गहना कपडा प्रदशर्न गर्ने होड बाजीमा हुनु हुन्छ भने ख्याल गर्नु होस् दिन दाहडै घरै आएर नाक कानै च्यातेर गहना लुट्न थालेका छन् लुटेराहरुले ।
हिजो साँझ करिव पौने सात बजेको समयमा हस्तीचौर ६ की डालकुमारी कुँवर च्यातिएको नाक र कानमा पट्टी बाँधेर नाकको फुली र कानका रिङ्ग एक लुटेराले लुटेर भागेको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आउनु भएको छ ।
हिजो एक्कासी कुँवर माथी आक्रमण गरी पिपलधारा ५ निवासी ३२ वर्षिय लक्ष्मण मुखियाले करिव २ तोला बराबरको रिङ्ग र नाकको फुली नाक कानै च्यातेरल लुटि लगेको भन्दै प्रहरीमा उजुरी दिनु भएको हो ।
उजुरी पश्चात निज मुखियालाई हिरासतमा लिई अनुसन्धान अगाडी बढाईएको सो कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले जानकारी दिनु भयो । निजले स्विकार नगरे पनि पिडितत महिला र प्रन्त्यक्षदर्शीबाट उनै हुन गहना लुट्ने भनिएकोले बलियो आसांका उनै माथी भएको उहाँले जानकारी गराउनु भयो ।
निज मुखिया यस अघि ठगी मुद्धामा ४ वर्ष कारागार सजाएँ भोगेर गत साउन १ गते मात्र कारागार मुक्त भएको प्रहरी निरक्षक श्रीवास्तवले बताउनु भयो ।

निर्वाचन बहिष्कार माओवादीका लागि आत्मघाती : नेता ज्ञवाली
Voice of Gulmi,
१२ भदौ, विराटनगर । नेकपा प्रचारप्रसार विमाग प्रमुख प्रदीप ज्ञवालीले नेकपा-माओवादीका लागि संविधानसभा निर्वाचन बहिष्कार आत्मघाती हुने वताउनु भएको छ । एमाले प्रचारप्रसार विभाग मोरङले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले नेकपा-माओवादीको गोलमेच सम्मेलन निर्वाचन हुन नदिने एक चाल मात्र भएको आरोप लगाउनुभयो ।एमाले प्रचारप्रसार विभाग प्रमुख नेता ज्ञवालीले संविधानसभाको निर्वाचनको मिति कुनै हालतमा पनि नसर्ने दाबी गर्दै माओवादीको बहिष्कारले प्रतिगामी तत्वलाई मात्र फाइदा पुग्ने बताउनुभयो । उहाँले अहिले नै पूर्ण समानुपाति प्रणालीबाट संविधानसभा निर्वाचनमा जान सकिँदैन भन्दै वार्ताको माध्यमबाट सङ्घीय समाजवादी पार्टी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेता ज्ञवालीले एमालेको भूमिका, विचारधारा, सङ्गठन र जनताको मायाको कारण आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्दै प्रत्यक्ष निर्वाचनबाट १०६ सिट जित्ने दाबी गर्नुभयो ।
सुनको मूल्य ६३ हजार ३ सय पुग्यो
Voice of Gulmi,
१२ भदौ सुनको मूल्य बुधबार तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य रेकर्ड हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिएपछि स्थानीय बजारमा एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको
छ ।
गत माघमा सुनको भाउ ६२ हजारमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । ६२ हजार रूपैयाँमा कारोबार भएको सुन त्यसपछि बिस्तारै घटेर ४८ हजारको हाराहारीमा पुगेको थियो । पछिल्लो समय सुनको भाउमा निकै उतार चढाव आएको थियो । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर ५९ हजार ९ सयमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने साढे २ वर्ष अगाडी साढे १३ सय रूपैयाँमा कारोबार भएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।
Tuesday, August 27, 2013
कांग्रेस कार्यकता एमाओवादीमा
Voice of Gulmi,प्रेम सुनार
गुल्मी, भदौ ११ । केहि दिन अघि नेपाली काग्रेस तम्घासबाट क्रियाशिल कार्यकर्ता कोहि पनि गएका छैनन् भनेर नेपाल तरुण दलले विज्ञप्ती निकाले लगत्तै आज तम्घासबाटै सो पार्टीका युवारुको ठुलो संख्या एकिकृत नेकामाओबादीमा प्रबेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका क्रिायाशिल सदस्य तम्घास पुतली वजारका गणेश पाण्डे,अर्घाखाँचीको ठुलापोखरा घर भई हाईस्पीड कम्युटरका सञ्चालक कृष्ण खनाल, पुतली वजारका युवा व्यवसायीहरु कृष्ण पौड्याल, महेन्द्र पोखरेल, अर्खले १ का सुभास मरासीनी, दिनेश परियार, छविलाल भुषाल,पशुपति महत, गोपाल परियार रहेका छन् । उनिहरु आज एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर २ ले
सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी प्रवेश तथा पत्रकार भेटघाट कार्यक्रमका विच सो पार्टी प्रबेश गरेका हुन् ।

सोही कार्यक्रममा नेकपा एमाले निकट अनेरास्ववियुका क्षेत्रिय उपाध्यक्ष बाबुराम भुषाल र एमाले कै सदस्य सुभाष परियार पनि सो पार्टी परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीको नेतृत्व गर्दै पुतली बजारको गणेश पाण्डेले आफुले छाडेको पार्टी नेपाली कांग्रेसलाई गाली गर्न नचाहने बताउँदै कांगेसले परिवर्तनको बाटो नलिएकाले एकिकृत माओबादीमा आफुहरु प्रवेश गरेको बताएका थिए । नव प्रवेशीहरुलाई एकिकृत नेकपा माओवादी २ नम्वर क्षेत्रिय संयोजक अशोक थापा ं(मुक्ति), मगराँत राज्य समिति सदस्य गणेश विश्वकर्मा लगायतका नेताहरुले अविर पहिराउँदै पार्टी प्रबेश गराएका थिए ।
नव प्रवेशीलाई स्वागत गर्दै प्रमुख अतिथी थापाले तम्घासलाई कांग्रेसले आफ्नो विर्त नठान्न चुनौती दिए । केहीदिनअघि पनि कांग्रेसवाट तम्घासका थुप्रै युवा माओवादीमा प्रवेश गरेको र अव पनि ठुलो संख्यामा प्रवेश गर्ने लहर चलेको उनले दावी गरे । उनकाअनुसार गत एक महिनाको अन्तरालमा मात्रै क्षेत्र नं. २वाट २ सय १० जना प्रवेश गरेकामध्ये ६० प्रतिशत एमाले र ३० प्रतिशत कांग्रेस र १० प्रतिशत अन्य पार्टि परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।म्ांसिर ४ गते हुने संविधानसभा निर्वाचनमा दुई नम्वर क्षेत्रमा उनले कांग्रेसँग कडा प्रतिस्पर्धा हुने वताए । हिँजो कांग्रेस एमालेको चेपुवामा आफुहरु परपनि अवको चुनावमा त्रिकोणात्मक शक्तिविच कडा प्रतिस्पर्धा हुने उनको भनाई छ । कार्यक्रममा राज्य समिति सदस्य गणेश विश्वकर्माले परिवर्तनको चाहना राख्ने युवाहरुको संख्या अन्य पार्टि परित्याग गरी आउने लहर चलेको वताए। एकीकृत नेकपा माओवादी ८ नम्वर इलाका इन्चार्ज मनिराम ज्ञवालीको अध्यक्ष रहेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य खुमवहादुर थापाको सञ्चालन रहेको थियो ।
ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
Voice of Gulmi, ११ भदौ नवलपरासीको नदुवामा ट्रकसँग ठोक्किएर मोटरसाईकल चालकको मृत्यु भएको छ । १ जना महिला गम्भीर घाईते भएकी छन् । ना ३ ख ४१५८ नम्बरको ट्रकसँग ठोक्किएर लु १५ प ५१०५ नम्बरको मोटरसाईकल चालक स्थानीय २५ वर्षका पुर्ण बहादुर विक.को गएराति मृत्यु भएको हो ।
मोटरसाईकलमा पछाडी सवार सोहि ठाउँकी १९ बर्षकी सरीता ढकाल गम्भीर घाईते भएकी छन् । घाईते ढकालको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Monday, August 26, 2013
सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समिति वामीको भेला सम्पन्न
Voice of Gulmi,सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समिति वामी गुल्मीको भेला सम्पन्न भएको छ । भेलाले ३३ प्रतिशत महिलाको सहभागिता सहित १५ सदस्यीय कार्य समितिको गठन गरेको छ ।
समितिको अध्यक्षमा जिवलाल खराल, उपाध्यक्ष महेशवहादुर जिसी, सचिव नन्दकला खराल, कोषाध्यक्ष क्याप्टेन पुर्णबहादुर घर्ति मगर, सहसचिव राम बोहोरा लगायत रहनुभएको छ । समितिका पुर्व अध्यक्ष टेकबहादुर रायमाझीको जीप दुर्घटनामा मृत्यु भएपछि भेलाले समितिको उपाध्यक्ष जीवलाल खराललाई अध्यक्षमा अनुमोदन गरेको थियो । गठित समितिले वार्ड नं. ४ र ५ बाट एक एक जना सदस्य थप गरि अव्यस्थित रुपमा रहेको तार तथा पोल लगायतका सामाग्रीहरुलाई व्यस्थित गर्नका लागि समितिको निर्णय नमान्नेलाई नियम अनुसार कारबाही गर्ने, स्टिल पोलका लागि कार्य अघि वढाउने, दुर्घटनावाट वँच्नका लागि दियो फ्यूज पायक पर्ने स्थानमा राख्ने लगायतका विभिन्न महत्वपुणृ निर्णयहरु गरेको छ । सम्पन्न भेलाले खड्कबहादुर घर्ति मगरको संयोजकत्वमा ५ सदस्यीय सामुदायिक विद्युत उपभोक्ता सल्लाहकार समितिको समेत गठन गरेको छ । समितिमा हर्कबहादुर खासु, लोकप्रसाद छन्त्याल, मिनबहादुर रायमाझी र हिराबहादुर छन्त्याल रहेका छन् ।

तमघास्थान संयुक्त मन्दिर व्यवस्थापन समितिको ३७ औँ वार्षिकोत्सव सम्पन्न
Voice of Gulmi, तमघास्थान संयुक्त मन्दिर व्यवस्थापन समितिको ३७ औँ वार्षिकोत्सव तथा १५ औँ साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष सुरेशचन्द्र भुसाललले जति हाम्रो क्षेत्र धार्मिक दृष्टिकोणले पवित्र छ त्यसलाई थप प्रमाणित गर्न र त्यसको विकास गर्नका लागि सवै लाग्नुपर्नेमा जोड दिनुभयो
धर्मको रक्षा भएमा मात्र हाम्रो रक्षा हुने बताउँदै भुसालले धर्म रक्षाका लागि सबै सचेत र जागरुक भएर लाग्नुपर्ने बताउनुभयो । हामी न केही लिएर आयौँ, न त केही लिएर जान्छौँ भन्दै प्रमुख अतिथि भुसालले जीवनमा कमाएको सम्पत्ति दान दक्षिणा गर्नु सबैभन्दा ठुलो धर्म रहेको बताउनुभयो । कार्यक्रममा पुर्व क्याम्पस प्रमुख तथा संस्थाका आजिवन सदस्य दिन पन्थी, सदस्य ताराप्रसाद पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही भेलाले पहिलेकै कार्य समितिलाई नयाँ कार्य समितिको मान्यता दिएको छ । उपस्थित सबै सहभागीले पहिलेकै समिति ठिक छ भन्दै नयाँ कार्यकालको कार्यभार पनि उसैलाई दिएको हो । समितिको अध्यक्षमा नरप्रसाद श्रेष्ठ, उपाध्यक्ष नन्दराम भुसाल, सचिव महाशर्मा भण्डारी, सहसचिव दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्ष मानबहादुुर श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा चिरञ्जीवि शर्मा, शालिकराम पाण्डेय, शिला श्रेष्ठ, अयोध्याप्रसाद श्रेष्ठ, नारायण मरासिनी, कृष्णप्रसाद भण्डारी, अखिलेश्वरप्रसाद पाण्डे, जयप्रकाश श्रेष्ठ र ओमप्रकाश श्रेष्ठ रहनुभएको छ । सो सभामा यस वर्षको कृष्णजन्माष्टमी पर्व पनि विभिन्न कार्यक्रम सहित मनाउने विषयमा छलफल भएको थियो । त्यसका लागि विभिन्न १० उपसमितिको समेत गठन गरिएको छ । यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्वमा विभिन्न पुजा आरोधना तथा धार्मिक भजन कृतन गर्ने साथै त्यसको भोली पल्ट रथ यात्रा, रोपाई जात्रा, लाखे नाँच लगायतका कार्यक्रमहरुका साथ मनाउने सहमति भएको छ । सोही अवसरमा संस्थाका सचिव महाशर्मा भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाको वार्षिक गतिविधीका विषयमा जानकारी गराईएको थियो । त्यस्तै संस्थाका अध्यक्ष नरप्रसाद श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०६९÷७० को ६ लाख ६९ हजार ८५ रुपैयाँ आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७०÷७१ को ७ लाख १० हजार बरावरको बजेट अनुमान प्रस्ताव पेश गरिनुका साथै छलफल भएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव महाशर्मा भण्डारीले गर्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न
Voice of Gulmi, इलाका प्रहरी कार्यालयमा सुरुवा भई कार्यालय प्रमुख सम्हाल्न जानुभएका प्रहरी नायव निरीक्षक कृष्णलाल विश्वकर्माले इलाका अन्तर्गत पाँच गाउँ विकास समितिका जनताको सुरक्षा गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालयवाट शान्ति सुरक्षाको अवस्था, सुधार गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यक्रम अन्तर्गत जोहाङ्ग, जुनियाँ, भार्से, हँसरा, लिम्घा लगायतका गाविसका विभिन्न टोलमा ११ टोल सुधार समितिको गठन भएको र गाउँ समाजका सामान्य झैझगडा टोल सुधार समितिबाट मिल्ने गरेपछि इलाका प्रहरी कार्यालयमा आउने उजुरीमा कमी आएको कार्यालय प्रमुख विश्वकर्माले जानकारी गराउनुभयो । हंसारा लगायत आसपासका क्षेत्रमा चोरी गर्ने र सन्त्रास सृजना गर्ने हँसरा ७ नेटाका विष्णु बहादुुर परियार खोजीको सुचीमा रहेको र त्यसका लागि स्थानीयवासीले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । इलाका अन्तर्गतका सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख, विभिन्न राजनीति दलका प्रतिनिधी, पत्रकार, शिक्षक, समाजसेवी तथा सर्वसाधारण लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन प्रहरी हवल्दार विष्णुराम सुुनुवारले गर्नुभएको थियो
मापसे चेकिङ गर्ने ट्राफिकले खाए कुटाई
Voice of Gulmi,१० भदौ, काठमाण्डौं । मादकपदार्थ सेवन गरी सवारी चलाएको आशंकामा चेकजाँच गर्ने क्रममा एक ट्राफिक प्रहरी कुटिएका छन् । दुई चिनियाँ नागरिकले महानगरीय प्रहरी प्रभाग कमलपोखरीका ट्राफिक जवानलाई शनिबार बेलुका निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट चेकजाँच गर्ने प्रहरी जवान छविलाल बुढाथोकीको टाउको तथा खुट्टामा चोट लागेको छ । कुटपिट गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेको नयाँ पत्रिकामा खबर छ । शनिबार बेलुका कमलपोखरीमा चेकिङमा रहेका प्रहरी जवान बुढाथोकीलाई कुटपीट गर्ने चिनियाँ नागरिकद्वय अन्टेन्सई र जेङ जुन्यान पक्राउ परेका थिए । उनीहरुमध्ये एकजना छुटेका छन् भने अर्कालाई सार्वजनिक अपराध मुद्दा चलाउने महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वसन्त पन्तले बताए ।
बेलुका करिब पौने दश बजे ट्राफिक प्रहरी र सिभिल प्रहरी कमलपोखरी वृत्तनजिक चेकिङ गरिरहेका थिए । जवान बुढाथोकीले बा ३ च ४२८५ नम्बरको गाडी चलाएर आएका चिनियाँलाई रोकेर लाइसेन्स मागेका थिए । जुन्यानले आफ्नो चिनियाँ लाइसेन्स झिकेर देखाएका थिए । त्यही क्रममा छेउमा रहेका अन्टेन्सइले गाडीबाट झरेर जवानलाई कुटपिट गरेका थिए । प्रहरीका अनुसार दुवै चिनियाँ नागरिक मेलम्ची खानेपानी आयोजनामा कार्यरत छन् ।
Sunday, August 25, 2013
एनसेलको चाडपर्व उपहार योजना ‘नगदमा गदगद’
Voice of Gulmi,
प्रत्येक हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने एनसेलका ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार योजनाअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५० रुपैयाँको बोनस व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस प्राप्त गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
९ भदौ, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर पारी ‘नगदमा गद्गद’ नामक नयाँ उपहार योजना ल्याएको छ । चाडपर्वमा ग्राहकहरुलाई आकर्षक उपहारसहित उत्कृष्ट नेटवर्क र स्तरिय सेवा प्रदान गरेर थप खुशियाली प्रदान गर्न नयाँ उपहार योजना ल्याएको कम्पनीले जनाएको छ । योजना भदौ १० गतेदेखि १० हप्तासम्म संचालन हुनेछ ।
उपहार योजनामा एनसेलका पि्रपेड तथा पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन सक्ने बताइएको छ । एक हप्तामा ५० रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग गर्दा ग्राहकले एसएमएस मार्फत एउटा टिकट नम्बर प्राप्त गर्नेछन् । यदि कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ खर्च गरेको छ भने २ वटा टिकट नम्बर प्राप्त गर्नेछन् ।
एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा एसएमएस मार्फत प्राप्त गरिने टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि विजेता घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि दिन प्रदान गर्ने बताइएको छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र वोनस रकम एक साताभित्र प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्सपर्ट मिलन शर्माले बताउनुभयो ।
ईपीएस पीडितहरुको आन्दोलनलाई वैद्य मजदुरको साथ
Voice of Gulmi,। सन् २०११ मै दक्षिण कोरियामा रोजगारीमा जानको लागि भाषा परिक्षा ईपीएस उत्तिर्ण गरेर पनि जान नपाएका युवाहरुको आन्दोलनलाई नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी बैदेशिक मजदुर संघले नेतृत्व गर्ने भएको छ । संघले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ईपीएस पीडितहरुले स्वतन्त्र रुपमा लामो समयदेखि आन्दोलन गरे पनि सरकारले वेवास्ता गरेर समस्यालाई समाधानको साटो बेवास्ता गरेकोले आफूहरु आन्दोलनमा उत्रनु परेको स्पष्ट पारेको छ ।
पुरानै ईपिएस परिक्षा उतिर्ण गरेर पनि रोजगारीको लागि कोरिया जान नपाएका ५ हजार ३ सय यूवाहरुलाई बेवास्ता गरेर नयाँ परिक्षाकोलागि आवेदन खोलिएपछि समस्या झनै बढेकेा दावी गर्दै पत्रकार सम्मेलनमा संघका अध्यक्ष भीम चापागाईले फेरि यस्तो समस्या नआओस र यूवाहरु हतोत्साहित हुन नपरोस भन्ने उद्देश्यले आफूहरुले ईपिएस पीडितहरुको आन्दोलनलाई नेतृत्व लिनु पर्ने महसुस गरेको बताउनुभयो ।
उहाँले सरकारलाई ईपीएस पीडितहरुको समस्या समाधान गरेर मात्रै नयाँ प्रक्रिया सुरु गर्न सचेत गराँउदै आफूहरुको आग्रहलाई बेवास्ता गरे शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले पर्खाई सूचिमा रहेका ५ हजार ३ सय यूवाहरुलाई कोरिया पठाएर मात्रै नयाँ प्रक्रिया सुरु गर्न आग्रह गर्नु भयो । राज्यले गैरजिम्मेवार ढंगले खर्च गर्न लगाएर अहिले जिम्मेवारीबाट पन्छिएको दावी गर्दै उहाँले तत्काल कुटनीतिक पहलबाट उनीहरुलाई कोरिया पठाउन सुझाव दिनुभयो । नेपाल सरकारले कोरिया सरकारसँग राम्रो कुटनीतिक सम्बन्ध निर्माण गर्न नसक्दा समस्या उत्पन्न भएको उनीहरुको ठहर थियो ।
कमल थापा र कांग्रेसको सीट बढ्छ : एमाओवादी नेता
Voice of Gulmi, भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रीय सदस्य हरिबोल गजुरेलले आगामी चुनावमा नेपाली कांग्रेस र राप्रपा नेपालको सीट बढ्ने बताउनुभएको छ । पार्टी एकीकरण भएकाले राप्रपाले पनि समानुपातिकतर्फ सीट बढाउन सक्ने गजुरेलको विश्लेषण छ ।
आगामी चुनावमा एमालेले सबैभन्दा ठूलो पार्टी बन्छु भन्दा जनताले नपत्याउने उहाँको आरोप छ । ‘एमालेले फेरि हामी ठूलो पार्टी हुन्छौं भन्नु भनेको चुनाव हार्ने तरिका हो ।’ गजुरेलले अनलाइनखबरसँग भन्नुभयो, ‘आफ्नो स्थिति जे हो, त्यही भन्नुपर्छ, उटपट्याङ कुरा गरेर कसरी हुन्छ ?’
एकीकृत नेकपा माओवादी एक्लैले आगामी चुनावमा दुईतिहाइ ल्याउन नसक्ने गजुरेलले बताउनुभयो । ‘माओवादीले सरकार चलाउन बहुमत चाहियो, गठवन्धनलाई दुईतिहाइ दिनुस् भन्नु स्वभाविक हो । तर, हामीले आफैंले दुई तिहाइ ल्याउछौं भन्यो भने जनताले हामीलाई बेवकुफ भन्छन् ।’- उहाँले भन्नुभयो ।
‘कांग्रेसको घट्छ जस्तो मलाई लाग्दैन । कमल थापाहरु हुनुहुन्छ, राप्रपा एक भएको छ । यसले कांग्रेसको मत घटाउँछ ।’ गजुरेल भन्नुहुन्छ ।
एमाओवादी नेता गजुरेलले ‘कांग्रेसको अवस्थामा केही सुधारहुने देखिए पनि तीनवटा कारणले उसको भोट काटिने दाबी गर्नुभयो । सुदुर पश्चिममा ‘अखण्ड सुदुरपश्चिम’ ले कांग्रेसको भोट काट्ने उहाँले बताउनुभयो । त्यसैगरी चुनावमा संघीयताको कुरा आएपछि फेरि केही जनजातिहरुले कांग्रेस छाड्ने उहाँको अनुमान छ । अर्कोतिर राप्रपा र राप्रपा नेपालको मत बढ्दा कांग्रेसको मत काटिने गजुरेलको तर्क छ ।
नेकपा एमाले गुल्मी गाउँ जाऔअभियानलाई तिब्र
Voice of Gulmi,अनिल खत्री भदौ ८ गुल्मी
संबिधान सभा दोस्रो निर्वाचनको सरगर्मी बढिरहेको बेला गुल्मी जिल्ला कृर्याशिल बिभिन्न राजनितीकदलहरुले अफना गतिबिधीहरुलाइ जनता तथा कार्यकर्ताको घरदैलो सम्म तिब्र रुपमा अगाडी बढाइरहेका छन । यसै बिच नेकपा एमाले तम्घास वार्ड नम्बर ८ को वार्ड भेला सम्पन्न भएको छ । भेलाले जय बहादुर चुँदाराको अध्यक्षतामा २१ सदस्यीय बडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा गंगा मगर,सचिवमा धुव्र पन्थी,सहसचिवमा दिपक पाण्डेय,कोषाध्यक्षमा ओमबहादुर चुदारा लगाएतका अन्य सदस्य रहनुभएको छ ।साथै भेलाले निर्बतमान बार्ड अध्यक्ष पुर्णलाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाकार कमिटी समेत गठन गरेको छ । सदस्यमा मानबहादुर चुदारा,चन्द्र बहादुर चुदाँरा, गोपाल प्रसाद पाण्डेय र रामप्रसाद पाण्डे रहनुभएको छ । भेलाले बाबुराम चुदाँराको अध्यक्षतामा २३ सदस्यीय युवा संघ बडा नम्बर ८ को पनि गठन गरेको छ । जसको उपाध्यक्षमा सुव्वा चुदाँरा,सचिवमा बालकृष्ण पन्थी,सहसचिबमा भागीराथ बोहरा र कोषाध्यक्षमा राजु बोहोरा रहनुभएको छ ।

यस्तै उमा चुदाँराको अध्यक्षतामा ११ सदस्यीय बडा स्तरीय अखिल नेपाल महिला संघकोे पनि गठन गरीएको छ ।
Saturday, August 24, 2013
माओवादीले करोडौं रुपैयाँ गाडेको खुलासा
Voice of Gulmi,८ भदौ, रोल्पा । सशस्त्र युद्धका बेला तत्कालीन बिद्रोही नेकपा माओवादीले बैंकबाट लुटेको करोडौं नगद र सुन रोल्पाको एउटा जंगलमा खाल्डो खनेर गाडेको खुलासा भएको छ । घर्तीगाउँ ७ झिनुवाको ओद्राहाले जंगलमा गाडेर राखेको करिब एक करोड ७० लाख नागदसहित पाँच किलो सुन झिनुवाका केही व्यक्तिले निकालेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले छानबिन थालेको छ । प्रहरीले गाउँलेहरुसँग बयान लिइरहेको छ ।
झिनुवाका चारजना कृष्ण, हुकुम, खिमे र झुपल वलीलाई सदरमुकाममा झिकाई प्रहरीले सोधपुछ गरेको हो । सोधपुछपछि उनीहरुलाई छाडिएको प्रहरी नायबउपरीक्षक ओमबहादुर रानामगरले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । रानामगरका अनुसार उनीहरुले रकम खोज्न खाल्डो खने पनि फेला नपरेको बयान दिएका छन् ।
स्रोतका अनुसार झिनुवाका केही व्यक्तिले गत असार २३ गते राति खाल्डोमा पुरेको रकम खनेर निकालेका थिए । ४० लिटर क्षमताको प्लास्टिकको कालो ड्रममा गाडिएको उक्त रकम उनीहरुले निकालेको गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए ।
दगातुम्डाँडा वाग्लुङको वैठक खर्वाङमा सम्पन्न
Voice of Gulmi,राष्ट्रिय जन साँस्कृतिक मञ्च दगातुम्डाँडा वाग्लुङको वैठक खर्वाङमा सम्पन्न भएको छ । बैठकले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि हरितालिका तिजको अवसरमा पञ्चमीको भोलिपल्ट अर्थात भाद्र २६ गते खुल्ला मञ्चिय तिज गित तथा नृत्य प्रतियोगीता गर्ने निर्णय गरेको छ । बैठकले कार्यक्रममा हुने आर्थिक व्यावस्थापनको लागि कोषाध्यक्ष विष्णु के.सी.को संयोजकत्वमा १५ सदस्यीय आर्थिक उप समितिको गठन गरेको छ । साथै बैठकले पुरस्कार सौजन्य गर्न चाहने संघ संस्थालाई सम्पर्क गर्न अनुरोध गरेको छ । वैठकले कार्य समितिमा कृयाशिल नभएका सदस्यहरुको स्थानमा नयाँ सदस्यहरुलाई मनोनयन गरेको छ । जस अनुसार उपाध्यक्षमा खगिश्वर अर्याल, सहसचिवमा राधिका खरेल र सदस्यमा टोपवहादुर दर्लामीलाई मनोनयन गरेको हो । बैठक मञ्चका अध्यक्ष लक्ष्मण वरालको अध्यक्षता एवं सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै त्रिभुवन उच्च माध्यमिक विद्यालयल दगातुम्डाडा ७ खर्वाङ वागलुङमा उच्च मावि स्तरीय अन्तरसदनात्मक हाजिरि जवाफ प्रतियोगीता आज सम्पन्न भएको छ । प्रतियोगितामा कर्णाली सदन प्रथम, कोसी सदन द्धितिय, र गण्डकी सदन तृतिय भएका छन् । प्रतियोगीता प्राचार्य ढालमणी भण्डारीको अध्यक्षता, सहायक प्रचार्य कृष्ण प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
१३ दिन अघिदेखी बाग्लुङको अवरुद्ध बाटो हिजो दिउँसो ३ बजेदेखि सञ्चालनमा
Voice of Gulmi नारायण प्रभात मरासिनी ,१३ दिन अघिदेखी बाग्लुङको रिघा ७ कल्छेमा गएको पहिरोका कारण अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आजदेखि सञ्चालनमा आएको छ । अवरुद्ध भएको ८ दिनपछि मात्र बाटो खुलाउनका लागि सडक बिभाग बाग्लुङले स्काभेटरको प्रयोग गरेको थियो । लगातार ४ दिनसम्म स्काभेटरको प्रयोग गरी करिव ७० मिटर लामो पहिरो फालेपछि अवरुद्ध बाटो हिजो दिउँसो ३ बजेदेखि सञ्चालनमा आएको हो । करीव २ हप्तासम्म बाटो बन्द हुँदा गुल्मी र बाग्लुङ पश्चिमका सेवाग्राहीहरु प्रत्यक्ष प्रभावित बनेका थिए ।
Friday, August 23, 2013
धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या
७ भदौ, धादिङ । धादिङमा एक महिलाको हत्या भएको छ । गजुरी ८ की बुद्धिमाया चेपाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । गएराति घरमा सुतिरहेका बेला हतियारसहित आएको एक समूहले गरेको आक्रमणमा चेपाङको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणमा परी उनका श्रीमान चन्द्रबहादुर घाइते भएका छन् । उनको गजुरी अस्पतालमा उपचार भइरहेको छ । हत्याको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
आमाछोरा मृत भेटिए, हत्या भएको आशंका
Voice of Gulmi,७ भदौ, दोलखा । दोलखाको बोच गाविसस्थित चरङ्गेमा आज बिहान दुई आमा छोरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
बोच- १ घर भएकी ४० वर्षकी राधिका श्रेष्ठ र उनका छोरा १२ वर्षका सन्देश श्रेष्ठ चरङ्गेस्थित आफ्नै होटलमा मृत फेला परेका हुन् ।
मृतकमध्ये राधिकाको टाउकोमा सामान्य चोट देखिएको छ । प्रहरी टोली अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको दोलखाका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
मृतक महिलाको टाउकोमा चोट देखिएका कारण उनीहरु दुवैको कर्तव्य गरी हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
मृतक महिलाको श्रीमान्को पनि केही वर्षअघि साउदी अरवमा मृत्यु भएको थियो । वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका श्रीमान्को मृत्यु भएपछि उनी छोराको साथमा चरङ्गेेमा होटल गरेर बस्दै आएकी थिइन् ।
यौटा पॊल ढले गाउनै अन्धकार हुन सक्ने
Voice of Gulmi,अर्खलेमा बिजुलीका पॊल पुराना र जिर्ण हुदा कतिबेला ढल्नेहुन् थाहा छैन सदरमुकाम तम्घास नजिकै रहेको अर्खले गा बि स वार्ड न ७ स्थित भण्डारी टोल र आसपासका केही स्थानमा रहेका बिजुलीका पोलहरु ढल्ने अबस्थामा पुगेका हुन् २०५६ सालमा गाडीयका उक्क्त पोलहरु केही बर्ष अघि परेको हीउले पल्टीयका थिए बिद्दुत प्रधिकरण गुल्मीमा पोल नहुदा स्थानीयले उनै पोल गाडेका थिए फेरी पनि उनै पोलहरु जिर्ण भएकाछन् एउटा पोलढले टोलका पुरै पोल ढल्ने हुदा बिजुलीका तारहरु घरको छानामाथि जानी र गाउनै अन्धकार हुन सक्ने खतरा भयको हुनाले स्थानिबसी चिन्तित भयका छन्
प्रिन्सिपलले विद्यालयमै गरे छात्रालाई बलात्कारको प्रयास
Voice of Gulmi,७ भदौ, काठमाण्डौं । विद्यालयका सहायक प्रिन्सिपलले विद्यालयमै छात्रामाथि यौन दुव्र्यवहार गर्दै बलात्कारको प्रयास गरेका छन् । बसन्धारास्थित फ्लोरोसेन्ट एकेडेमीका सहायक प्रिन्सिपल रमेश पनेरुले १० कक्षामा अध्ययनरत छात्रालाई विद्यालयमै बलात्कार प्रयास गरेका हुन् । पनेरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घटना मंगलबार बिहानको हो । मिडटर्म रिजल्टबारे कुरा गर्न भन्दै १० कक्षामा अध्ययनरत १६ बर्षकी ती छात्रालाई पनेरुले प्रिन्सिपलको कोठामा बोलाएका थिए । प्रिन्सिपल मेघराज गौतम भने बिदामा थिए । करिब आधा घन्टासम्म कोठामा राखेर उनले दुव्र्यवहार गरेको र गालामा किस खाँदै बलात्कारको प्रयास समेत गरेको पीडित छात्राका अभिभावकले प्रहरीलाई बताएको खबर नयाँ पत्रिकाले छापेको छ । पक्राउ परेका पनेरुले भने घटनाका बारेमा केही बताएका छैनन् ।
छोरा, बुहारी महलमा बाबुआमा वृद्धाश्रममा
Voice of Gulmi, सन्तानविहीन र चल–अचल कुनै पनि सम्पत्ति नभएकालाई बुढेसकालमा सहारा दिने स्थानका रूपमा चिनिन्छ, पशुपतिस्थित वृद्धाश्रम । तर, त्यहाँको यथार्थ अर्कै छ । सम्पत्ति र सन्तान भएका जेष्ठ नागरिक समेत साहारा खोज्दै बुढेसकालमा त्यही पुग्ने गरेका छन् । छोराछोरीले घरमा राम्रो व्यवहार नगरेकाले उनीहरूका लागि बुढेसकालको बास वृद्धाश्रम बन्न पुगेको हो । वृद्धाश्रममै बसे पनि बेला–बेला आफूलाई भेट्न आउने गरेको वृद्धाश्रममा बस्दै आएकी एकजना महिलाले बताइन् । उनका अनुसार सहरमै गतिलो घर भएका र राम्रै कमाइ गर्नेले कर्तव्य बिर्सेर बाबु–आमालाई वृद्धाश्रममा छाड्ने गर्छन् । तर, केहीका बाबु–आमा भने सहमतिमा वृद्धाश्रम पुग्ने गरेका पनि रहेछन् ।
वृद्धाश्रममा भेट्न आउँदा आफ्नै छोराछोरीले पनि असली परिचय दिँदैनन् । टाढाका आफन्त वा आफूले चिनेको मान्छेलाई भेटन आएको भन्दै वृद्धाश्रमका कर्मचारीलाई ढाँट्ने गरेका छन् । कतिपयका छोराछोरी आर्थिक रूपमा सम्पन्न छन् महँगो गाडी चढेर भेटन आउछन् तर मेरा बाबुआमा हुन् भन्दै घर फर्काउने कुरा गर्दैनन् । आफ्ना सन्तान फर्किएपछि वृद्धवृद्धाले साथीसँग ‘मेरो छोरारछोरी वा नातिरनातिनि हो’ भनेर चिनाउँछन् । वृद्धाश्रममा नियमित भेट्न आउने सन्तानका बाबु–आमाले समेत आफूलाई छाड्नु सन्तानको रहरभन्दा पनि बाध्यता भएको बताउने गर्छन् ।
वृद्धाश्रममा आश्रय लिएका जेष्ठ नागरिकलाई दाताले समय–समयमा नगद र विभिन्न किसिमका जिन्सी सहयोग गर्छन् । सन्तान भएकाले जम्मा भएको नगद वा जिन्सी सन्तानलाई दिएर पठाउँछन् । तुलनात्मक रूपमा पुरुषलेभन्दा महिलाले जिन्सी सामान बढी पाउँछन् । कतिपय महिलाले छोरी÷बुहारीलाई वर्षभरलाई पुग्दो कपडा यहीँबाट पठाउने गरेका छन् । एक कर्मचारी भन्छन्, ‘कतिका लागि त वृद्धाश्रम पनि कमाउने ठाउँ भएको छ ।’ अघिल्ला वर्षहरूमा कतिपय जेष्ठ नागरिकलाई सन्तानसँग फर्काएको उदाहरण भएको वृद्धाश्रममा कार्यालय प्रमुख रामशरण थापाले बताए । उनका अनुसार पहिले सन्तान नभएको भन्दै साहारा लिन आए पनि पछि सन्तानको पत्तो लागेपछि उनीहरुलाई फर्काइएको छ ।
कतिपयका सन्तान आफैँ आएर आमा–बाबु फर्काउन चाहन्छन् । उनले भने–‘आमा–बाबु त्याहाँ छन् भन्ने थाहा नभएका सन्तान कुनै माध्यमबाट थाहा पाएपछि खोज्दै लिन आएका पनि छन् ।’ कतिपय जेष्ठ नागरिकको छोराले घरबाट निकाले पनि छोरीलाई पत्तो नहुने रहेछ । कतिपय छोरीले थाहा पाएपछि खोज्दै आएका घटना कर्मचारी सुनाउँछन् । ‘अघिल्लो वर्ष पनि त्यसरी नै दुईजना छोरीहरू आएर आमा फर्काएर लगेका थिए’, उनीहरूले भने । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले पठाएपछि राखिने हुनाले जेष्ठ नागरिकको सम्पति वा सन्तानका बारेमा खोजी नगरिने थापाले बताए । गाबिसको सिफारिस मन्त्रालयसम्म पुगेपछि नै मन्त्रालयले उनीहरूलाई वृद्धाश्रम पठाउने गरेको राजधानी दैनिकमा खबर छ ।
वृद्धाश्रममा आश्रय लिएका मध्ये कोही पनि जेष्ठ नागरिकले आफ्नो परिवार भएको नबताउने उनले बताए । उनले भने, ‘यहाँ कार्यरत कर्मचारीलाई सबैले सन्तान नभएको नै बताउँछन् ।’ उनीहरूले नबताए पनि व्यवहारका आधारमा सम्पत्ति भएका वा नभएका हुन भन्ने छुट्टाउन सकिने उनले बताए । तुलनात्मक रूपमा सम्पत्ति भएकाहरू बढी सुविधाको खोजी गर्छन् । उनीहरूले खाने, सुत्नेलगायतका कुरा स्तरीय माग्ने हुनाले कर्मचारीले उनीहरुले ढाँटे पनि थाहा पाउने गर्छन् । १९३८ मा स्थापना भएको वृद्धाश्रममा अहिले २ सय ३० जनाले आश्रय लिइरहेका छन् । झन्डै १ सयजना पुरुष छन् भने १ सय ३० जना महिला छन् । वार्षिक रूपमा २० देखि ३० जनासम्मको मृत्यु हुने र त्यति नै संख्यामा नयाँ आउने हुँदा संख्यामा त्यति घटबढ हुँदैन । सबै जिल्लाका भए पनि भौगोलिक निकटताका कारण भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका बढि छन् । यहाँ बसेका मध्ये कतिपय जेष्ठ नागरिकको सम्पत्ति शून्य नै छ ।

Thursday, August 22, 2013
गुल्मीको वाग्ला गाविसका दालितहरुले गाउँमा जाँड रक्सी नियन्त्र अभियान
Voice of Gulmi,रात दिन जसो जाँड रक्सी पिउनाले गाउँमा घरेलु हिंसा बढ्ने गरेको र कमाएको पैसा समेत जाँड रक्सी मै खर्च हुने गरेकोबाट सचेत हुँदै गुल्मीको वाग्ला गाविसका दालितहरुले गाउँमा जाँड रक्सी नियन्त्र अभियान छेड्ने भएका छन् ।वाग्ला गाविसमा आज बसेको दलित विकास समितिको बैठकले यस्तो अभियान छेड्ने निर्णय गरेको हो । प्रायः जसो जाँड रक्सीको सेवनले महिलाहरु घरेलु हिंसामा पर्ने र घरयासी भारले पिडित समेत भएको ठहर गर्दै जाँड रक्सी नियन्त्रण अभियानमा अव पुरुषहरु नै जुट्ने समितिले निर्णय गरेको वाग्लाका समचार सहयोगी वसन्त सुनारले जानकारी दिए । वाग्लामा दलित समुदायको ठुलो वस्ती र उनिहरु निकै मेहनत–मजदुरी गर्ने भएपनि आर्थिक रुपले
कहिल्लै माथी पुग्न नसक्नुको एक कारण जाँड रक्सी, माछा–मासु पनि एक भएको बैठकले विश्लेषण गर्दै दलित विकास समितिका अध्यक्ष वासबहादुर बिश्वकर्मा लगायतका दलित अगुवाहरुले यस्तो प्रस्ताव अगाडी सारेका थिए । यसैविच आजै दलितहरुको ठुलो वस्ती रहेको वाग्ला ३ का महिलाहरुको भेलाले पनि यस्ता खालका विकृति, विसंगति र दलित समुदाय भित्रको विलासी जिवनयापनलाई सुधार गर्नु पर्ने कुरालाई जोड दिदै एकिकृत नेकपा माओवादीको महिला संगठनमा आवद्ध भएका छन् । सो पार्टि निकट अखिल नेपाल महिला संग क्रान्तिकारीमा त्यहाँका महिलाहरु संगठित भएका हुन् । वाग्ला ३ कि सामाजिक कायर्मा सक्रिय महिला रामकुमारी सुनारले राज्यले केहि गरेन भनेर दोष थोपार्ने
मात्रै गर्न नहुने, राज्यले दिएको अधिकार सुविधालाई सहि सदुपयोग गर्दै दलित समुदाय भित्रको खर्चिलो परम्परा पनि तोड्नु पर्नेमा जोड दिनु भयो । घरमा शौचालय बनाउने पैसा हुँदैन भन्छन पुरुषहरु तर रात दिन जाँड खाने पैसा कहाँबाट आउँछ उहाँले यस्तो प्रश्न गर्नु भयो । दिनभरी नेता हुने राती टिल परेर श्रीमति कुट्ने प्रवृद्धि अन्त्य गर्न पनि महिलाहरु संगठित हुनु पर्नेमा उहाँको जोड थियो । एकिकृत नेकपा माओवादी वाग्लाका अध्यक्ष झविन्द्र भण्डारीले पनि यस्ता कुरामा दलित समुदाय सचेत हुनु पर्नेमा जोड दिनु भयो । विशेषत चुनावताका दलित समुदायका टोल टोलमा रक्सीका दोकान फ्रि गरा े र पाडा भैसी कटाएर मासु खाना दिई चुनाव जित्ने नेताहरुप्रति दलित समुदाय सचेत हुनु पर्नेमा भण्डारीको सझाव थिए । ‘ ख्याल गर्नु होला जव भोली वा पर्सी चुनाव हो भन्ने बेलामा रातौंरात पाडा भैसी काटिने छन्, बोराका बोरा चामल पनि वितरण हुने छन् एकछिन त खाना पाउनु हुने छ ’भण्डारीले भन्नु भया ‘े भोली तपाई र तपाईका छोराछोरीको भविश्य माथी खेलबाट गर्दै छु भन्ने बुझ्नु होला ।’चुनावताका दलित समुदायमा रक्सी र मासु फ्रि गराउने र भोट आफु तिर पार्न लगाउने यो वाग्लाको मात्रै लज्जीत कार्य होईन अन्य गाविसमा पनि गरिन्छ । वाग्लाको जस्तै यस्तो जनचेतना मुलक कार्य अन्य गाविसका दलितहरुले पनि गर्न जरुरी छ ।
आजै त्यहाँका महिलाहरुको भेलाले रामकुमारी सुनारको अध्यक्षतामा अनेम संघ क्रान्तिकारी वाग्लाको १५ सदस्यीय वडा कमिटी गठन गरेका छन् । समितिको उपाध्यक्षमा छुम बि.क., सतिव गोमा वि.क., सदस्यहरु बटुली टमटा, रामकुमारी बि.क., रुमकली बि.क.। गङ्गी विटालु लगायत रहेका छन् । भेला सो पार्टीका वाग्ला गाउँ कमिटी अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता र सचिव कृष्ण पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।
चुनावी माहोल बढ्दै । सम्भावित उम्मेदवारको चर्चा सुरु
Voice of Gulmi,मंसिर ४ गते हुने चुनावी माहोल बढ्दै गएको छ । सम्भावित उम्मेदवारको चर्चा पनि सुरु भएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा दलहरूले आफ्ना गतिविधि मतदातासमक्ष पुर्याउन थालेका छन् । एमालेले १ महिने निर्वाचन अभियान सम्पन्न गरेलगत्तै सुरु गरेको एमाओवादीले पनि १५ दिने अभियान सकेर सम्भावित उम्मेदवारको नामसमेत सिफारिस गरेको छ । कांग्रेसले पनि छिट्टै बैठक बसेर उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।एमाओवादीले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट सम्भावित १५ उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाओवादी स्रोतका अनुसार निर्वाचन क्षेत्र १ बाट प्राथमिकता क्रमअनुसार निर्वतमान सभासद सुदर्शन बराल, युवराज केसी, बाबुराम खरेल, तेजेन्द्र सलामी र सिर्जना त्ररामु, क्षेत्र २ बाट अशोक थापा, गणेश विश्वकर्मा, मनिराम ज्ञवाली, सुदर्शन बराल र रामप्रसाद पाण्डे, क्षेत्र ३ बाट वामदेव क्षेत्री, चन्द्रबहादुर थापा, दिनेश पन्थी, टंक पोखरेल र निमबहादुर पाण्डेको नाम सिफारिसमा परेको जिल्ला संयोजक सुदर्शन बरालले बताए । क्षेत्रीय कमिटी र अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको सिफारिसमा एमाओवादीले क्षेत्र १ मा वर्तमान क्षेत्रीय सभापति युवराज केसी, २ मा टोपबहादुर रायमाझी र ३ मा बामदेव क्षेत्रीलाई उठाउने गरी तयारी भएको माओवादी स्रोतले जनाएको छ । निर्वाचन क्षेत्र २ मा एमालेबाट प्रदिप ज्ञवाली, कांग्रेसबाट चन्द्र भण्डारी र चन्द्र केसीमध्ये एक उम्मेदवार हुने भएकाले सोहीअनुसारकै उम्मेदवार दिन सके एमाओवादीले जित्न सक्ने विश्लेषणका साथ टोपबहादुर रायमाझीलाई ल्याउने पहल भएको र रायमाझी नआए निवर्तमान सभासद बराललाई ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।एमाओवादी जिल्ला संयोजक सुदर्शन बरालले विज्ञप्ति जारी गर्दै १५ दिने चुनावी अभियान सम्पन्न गरिएको र अभियानपछि तीन वटै निर्वाचन जित्न निष्कर्ष निकालिएको जनाएका छन् ।त्यस्तै, एक महिने अभियान सञ्चालन गरेर तीन वटै निर्वाचन क्षेत्र जित्ने दाबी गरेको एमालेले शनिबारदेखि पुनः विशेष अभियान सुरु गरेको छ । त्यसअन्तर्गत क्षेत्र ३ का सबै गाविस विभाजन गरेर घरदैलो अभियान सुरु भइसकेको जिल्ला सदस्य हीरा एसीले बताए । एमालेलेको पनि निर्वाचन क्षेत्र २ बाट प्रदिप ज्ञवाली र ३ बाट गोकर्ण बिष्टको नाम निश्चितजस्तै भए पनि क्षेत्र १ मा भने रामनाथ ढकाल, टीकाराम ढकाल, टीकाराम सापकोटा, अमर सिंजापति लगायतको नाम चर्चामा छ । क्षेत्र २ मा कमल श्रेष्ठ, कोशल पोखरेल र क्षेत्र ३ मा बोमबहादुर खड्काको नाम पनि चर्चामा छ ।त्यस्तै निर्वाचन अभियानमा अलि सुस्त देखिएको नेपाली कांग्रेसले पनि क्षेत्रीय समितिबाट सम्भावित उम्मेदवारको नाम सिफारिस भएपछि छिट्टै नै जिल्लाको बैठक बसेर नाम सिफारिस गरिने कांग्रेस उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए । कांग्रेसबाट क्षेत्र १ मा चन्द्र भण्डारी, सुवर्ण ज्वारचन र बेद मगर, २ मा चन्द्र केसी, चन्द्र भण्डारी, भुवन श्रेष्ठ र शालिक पन्थी र ३ मा रुद्रमणि शर्मा, त्रैलोक्यप्रताप सेन र दामोदर भुसालको नाम चर्चामा छ । चर्चामा रहेकामध्ये १ बाट भण्डारी, २ बाट केसी र ३ बाट शर्माको उम्मेदवारी हुने सम्भावना प्रबल रहेको कांग्रेसका एक जिल्ला सदस्यले बताए ।मंसिर ४ मा निर्वाचन भएमा जिल्लामा देशभरमै बढी मतदाता रहेको क्षेत्र २ मा केन्द्रीय नेताहरू एमालेका प्रदिप ज्ञवाली, कांग्रेसबाट चन्द्र भण्डारी वा केसी र एमाओवादीबाट रायमाझी उम्मेदवार बनेमा प्रतिस्पर्धा बढी हुने देखिन्छ । त्यस्तै क्षेत्र ३ मा पनि एमालेका गोकर्ण विष्ट, कांग्रेसका रुद्रमणि शर्मा र एमाओवादीका बामदेश क्षेत्रीको उम्मेदवारी परेमा कडा प्रतिस्पर्धा हुन सक्ने विश्लेषण छ ।

कोरियन भाषा परीक्षाको आवेदन भर्ने व्यक्तिहरुको अत्यधिक चाप
Voice of Gulmi,कोरियन भाषा परीक्षाको आवेदन भर्ने व्यक्तिहरुको चाप अत्यधिक भएपछि प्रहरीलाई लाइन व्यवस्थापन गर्न आज बिहीबार झन समस्या भएको छ । प्रहरीले बीचमा घुसपैठ रोक्न प्रयास गरेको जनाए पनि पछि आएका व्यक्ति अगाडि घुसेको र आफूहरु कुरेको कुरै भएको भन्दै युवाहरुले आक्रोश पोखिरहेका छन् । प्रहरीले घुसपैठ रोक्ने उदेश्यले सानो गौरचणस्थित लाइनमा बसेका व्यक्तिलाई कुपन वितरण गरेको तर पछि माथिको आदेश भन्दै त्यो कुपनलाई मान्यता नदिएको कारण तनाव उत्पन्न भएको छ । केही युवाले मंगलबार बेलुकी ८ बजे आए पनि अहिलेसम्म आवेदन बुझाउन नपाएको गुनासो अनलाइन खबरसँग गरे । प्रहरीले ध्यानपूर्वक निगरानी नगरेको कारण एक व्यक्ति घुस्ने तर प्रहरीले आएर अर्को व्यक्तिलाई लाइनबाट बाहिर निकाल्ने, लाइनमा बसेको व्यक्ति पिसाब गर्न बाहिर जाने र फर्केर आउँदा प्रहरीले लाइनमा बस्न नदिने, लाइनमा नभएको व्यक्तिले पहिलेदेखि लाइन बसेको भनेर जिद्दी गर्ने जस्ता दृश्य लाइनमा देखिएका छन् । कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । सरकारले सिद्धार्थ वनस्थली, सानो गौचरन खेल मैदान, ल्याबरोटरी स्कुल बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकलाई हम्मे परेको देखिन्छ । बुधबार मात्र करिब १८ हजारले आवेदन दिएका थिए ।
आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै
Voice of Gulmi,६ भदौ, आज गाईजात्राका दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।
हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।
गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाईर् श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ-आˆनो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

Wednesday, August 21, 2013
दुध खान ल्याएको गाई काटेर मासु
Voice of Gulmi,-गुल्मी ह्वाङ्गदीका एक दलित परिवारले दुध खान भनि भर्खर किनेर ल्याएको् गाई काटेर मासु खाएका छन् । ह्वाङ्गदी गाविस वडा नम्वर ४ निवासी ५० वर्षिय धनबहादुर बिश्वकर्माका परिवारले ज्युँदै गाई घरमा काटेर खाएका हुन् । भदौ ३ गते दुध खान भन्दै अन्यत्रबाट भर्खर किनेर ल्याएको खाई काटेर मासु खाने बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले जानकारी दिनु भयो । गाउँमा काले बिश्वकर्मा भनेर चिनिने धनबहादुरले अन्य मासु खाएको र सिङ्ग, पुच्छर र केहि मासु सहित बरामत गरी मरभुङ्ग प्रहरी चौकीले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा आवस्यक कार्वाहीका लागि वुझाएको लम्सालले बताउनु निजलाई गौ वथ मुद्धा अदालतमा दायर गरिने जनाईएको छ । गौ वथ मुद्धाबाट उनले सफाई पाउन नसके १२ वर्ष सम्म कैद सजाएँ हुने प्रवधान छ ।
Tuesday, August 20, 2013
गुल्मेली फोटोग्राफरका फोटोग्राफर, चिट्ठामा परेको क्यामराले करोडको सम्पत्ती
Voice of Gulmi,फोटाको कुरा गर्न
साथ गुल्मीका
पुराना मानिसहरुलाई
झट्ट याद
आउँछ तम्घासको
पाण्डे फोटो
स्टुडियो ।
अहिले सम्म
पनि बुढापाकाहरु
देखी तन्नेरी
सम्मका जिव्रामा
झुण्डीएको नाम हो पाण्डे फोटो
। आज १
सय ७३
औं विश्व
फोटो ग्राफर
दिवस तथा
नेपालको नवौं
फोटो ग्राफर
दिवसको अवसरमा
सोही फोटो
स्टुडियोका संस्थापक/सञ्चालक नन्दराम पाण्डेको
चर्चा गर्दैछौं
हामी ।
२०३४ साल
भन्दा अघि
भारतको रोजगारीमा
छँदा बम्पर
उपहारबाट त्यतिबेला
त्यस्तै एक-डेढ सय
रुपैयाँ जति
पर्ने रिलवाला
क्यामरा हात
पारेपछि फुरुक्क
परेका पाण्डे,
फोटोग्राफर बन्ने सपना देखेर घर
फर्किए ।
अर्घखाँचीको भगवती गाविस
वडा नम्वर
९ का
पाण्डे, त्यो
सपना पुरा
गर्न घर
त आए
तर स्टुडियो
राख्ने कहाँ
? सोँच्न थाले
। त्यातिबेला
तम्घास वजार
सानो थियो
। चल्ने
हो कि
नचल्ने हो
? दुविधै दुविधामा
आँट गरी
हाले ।
त्यतिबेला बेला तम्घासमा पुस्कर ज्वारचनले
पहिलो पटक
तम्घासमा फोटो
स्टुडियो चलाएका
थिए ।
पाण्डे उनैकहाँ
आए र
दुई वर्षसंगै
काम गरे
।
दुई वर्षे फोटोग्राफरको मजदुरी गरेका पण्डे आफै मलिक बन्न चाहेर नयाँ वजारस्थित हाल गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रलेको पसल रहेको घरमा फोटो स्टुडियो खोले । पछी ज्वारचन त्यो पेशा छाडेर लागे काठमाण्डौतिर । त्यसपछि तम्घासमा फोटो ग्राफर पेशालाई संस्थागत गर्ने र प्रशासनदेखि सर्वसाधरण सम्म पाण्डे फोटोको एकछत्र राज गर्न थालयो ।
२०७० को १ सय७३ औं विश्व फोटो ग्राफर दिवस सम्म आई पुग्दा उनि ६१ वर्षका भए । सवै ठिटा फोटोग्राफरहरुको विचमा कपाल फुलेका पाण्डे आफुसंग डिजिटल क्यामरा हुँदाहुँदै पनि त्यही चिट्ठामा परेको थोत्रो क्यामरा लिएर फोटोग्राफर दिवस मनाउँदै थिए । "नन्दराम दाई! किन यो थोत्रो क्यामरा लिएर ? नयाँ डिजिटल छैन ?" भनेर सोध्दा उनले भने ‘भाई थोत्रो भएपनि यसलाई मैले पुज्ने गर्छु, यही लोटरी परेको क्यामराले राजा विरन्द्रदेखि विपिसम्मको स्याबासी खुवायो र मेरो जिवनमा पनि लोटरीले ल्याईदियो ।’
भगवती गाविसस्थित गरिव परिवारमा जन्मीएका पाण्डे गरिवीकै कारण बाल्य अवस्थामा भारततिर पसेका थिए । उनी अहिले स्वदेशमा आएर त्यो पेशा गरेको तिनदशक पछि मनग्य सम्पत्तिका मालिक बनेका छन । हिजोका दिनहरुमा स्टुडियो सार्दै हिँडेका पाण्डे यतिबेला तम्घास वसपार्कमा आफ्नै तिन तले भवनको सटरमा स्टुडियो सञ्चालन गरेका छन् । तम्घास बजारमा पक्की घरका अलावा यही पेशाले नै उनलाई बसपार्कमै लाखौँ पर्ने घडेरी जोड्न सफल बनायो । ‘कुनै समय भाडा तिर्न नसकेर कोठा छोड् सम्मको वचन पनि घरवेटीबाट खाईयो भाई, सघंर्षका ति दिन सम्झी साध्य छैन’ उनले भने ‘जे होस संर्घषको मैदान नछाड्ने हो भने मान्छे एक दिन सफल भईदोरैछ ।’ ‘यो व्यसायलाई हातमा हात मिलाएर यहाँसम्म ल्याउनमा श्रीमति धनादेविको पनि हात छ’ पाण्डेले भने ‘म फोटो खिच्न हिँड्ने स्टुडियोको सवै काम उनैले चलाउँदै आएकी छिन् ।’ तिन छोराहरुमध्ये जेठा अशोकले भैरहवामा फर्निचर ब्यबसाय गर्छन् । माईलाले वावुको बिँडो थाम्दै अर्को फोटो स्टुडियो खोलेका छन् । कान्छा अजुर्न क्यापस पढ्छन् । फोटो खिच्ने, धुलाई गर्ने सबै काम आँफै गर्दै आएका पाण्डे शरीरले सकुन्जेल यो पेशालाई निरन्तरता दिने बताए । ‘भाडा सम्म तिर्न नसकेर छाडेर हिँडौ की भएको थिएँ जव गुल्मीमा नागरिकता टोली आयो त्यसैले अडायो’–पाण्डेले भने ।
काम र दाम मात्रै पाएनन् नन्दरामले नाम र प्रतिष्ठा पनि पाए । पञ्चायतकालमा राजादेखि ठुल्ठुला नेताहरुसंग हिँड्दा सबैले पाण्डेलाई प्रेम र आदरभाव राख्थे तर अहिलेको प्रशासन र नेताहरुले भने खासै पुच्छ्न छाडेका छन् उनलाई । विगतको तुलनामा ओझेलमा पनि परेका छन् । तर पाण्डे भन्छन् ‘ब्यवसायिक हिसावले भने ओझेलमा परेको छैन मेरा पुराना ग्राहकहरु घटेका छैनन् ।’ अहिले उनिसंग सवै आधुनिक प्रविधि रहेका छन् । फोटो ब्यवसायबाट सफल पात्र नन्दरामको संघर्षका कथाले यहि सन्देश दिन्छ की आफुले गरेको पेशाबाट जस्तो सुकै अवस्थामा पनि हरेस नखाई अगाडी बढाउनुपर्छ, एक दिन सफल अवस्य भईन्छन् ।
हिजो एउटा मात्र पाण्डे फोटो स्टुडियो रहेको तम्घासमा अहिले करिव ३२ वटा र जिल्लाभर सयौको संख्यामा रहेको फोटो ग्राफर संघ गुल्मीका सचिव एवं मोडल फोटो स्टुडियोका सञ्चालक चन्द्रमणीपाण्डेले बताए । सानैदेखी त्यो पेशा अंगाले र अहिले सफल युवा फोटो ग्राफरका रुपमा चिनिने चन्द्रमणी पनि उनै नन्दराम दाईबाट प्रेरित भई आफुले त्यो पेशा अंगालेको बताए । उनले भने ‘नन्दराम दाई हामी गुल्मेली फोटो ग्राफरका अग्रज हो, फोटो ग्राफरका पनि फोटोग्राफर हो ।’

Subscribe to:
Posts (Atom)