Voice of Gulmi,
१२ भदौ सुनको मूल्य बुधबार तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य रेकर्ड हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिएपछि स्थानीय बजारमा एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको
छ ।
गत माघमा सुनको भाउ ६२ हजारमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । ६२ हजार रूपैयाँमा कारोबार भएको सुन त्यसपछि बिस्तारै घटेर ४८ हजारको हाराहारीमा पुगेको थियो । पछिल्लो समय सुनको भाउमा निकै उतार चढाव आएको थियो । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर ५९ हजार ९ सयमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने साढे २ वर्ष अगाडी साढे १३ सय रूपैयाँमा कारोबार भएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।
No comments:
Post a Comment