Thursday, August 29, 2013

एकै दिनमा बिक्छन् ५ सय मोटरसाइकल

Voice of Gulmi,१३ भदौ, । नेपाली बजारमा प्रतिदिन ५ सयको हाराहारीको संख्यामा दुईपांग्रे सवारीसाधन (मोटरसाइकल, स्कुटर) बिक्री हुन थालेका छन् । अव्यवस्थित सार्वजनिक यातायात, बढ्दो जागिरे जीवनशैली र साँघुरो सडकका कारण दुई पांग्रे चढ्नेको संख्या बढेको व्यवसायीले बताउका छन् ।
parking‘सार्वजनिक यातायात अव्यवस्थित बनिरहँदा आफ्नै सवारी चढ्ने बढिरहेका छन्,’ नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन -नाडा) का उपाध्यक्ष अञ्जान श्रेष्ठले भने ।
सरकारी तथ्यांकअनुसार गत आव ०६९/७० मा १ लाख ७५ हजार ३ सय ८१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएका छन्, जुन दैनिक ४ सय ८० वटा आयातको तथ्यांक हो । तथ्यांक अनुसार न्यून आय भउका बहुसंख्यक नेपालीको लोकपि्रय साधनको रुपमा मोटरसाइकल नै देखिउको छ ।
व्यवसायीका अनुसार नेपालमा मोटरसाइकलको मूल्य औसत मूल्य १ लाख ७५ हजार रुपैयाँ पर्छ,’ नाठाअध्यक्ष तथा नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज एन्ड हुलासचन्द कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।

No comments:

Post a Comment