Saturday, August 24, 2013

१३ दिन अघिदेखी बाग्लुङको अवरुद्ध बाटो हिजो दिउँसो ३ बजेदेखि सञ्चालनमा

Voice of Gulmi     नारायण प्रभात मरासिनी ,१३ दिन अघिदेखी बाग्लुङको रिघा ७ कल्छेमा गएको पहिरोका कारण अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आजदेखि सञ्चालनमा आएको छ । अवरुद्ध भएको ८ दिनपछि मात्र बाटो खुलाउनका लागि सडक बिभाग बाग्लुङले स्काभेटरको प्रयोग गरेको थियो । लगातार ४ दिनसम्म स्काभेटरको प्रयोग गरी करिव ७० मिटर लामो पहिरो फालेपछि अवरुद्ध बाटो हिजो दिउँसो ३ बजेदेखि सञ्चालनमा आएको हो । करीव २ हप्तासम्म बाटो बन्द हुँदा गुल्मी र बाग्लुङ पश्चिमका सेवाग्राहीहरु प्रत्यक्ष प्रभावित बनेका थिए ।

No comments:

Post a Comment