Voice of Gulmi, इलाका प्रहरी कार्यालयमा सुरुवा भई कार्यालय प्रमुख सम्हाल्न जानुभएका प्रहरी नायव निरीक्षक कृष्णलाल विश्वकर्माले इलाका अन्तर्गत पाँच गाउँ विकास समितिका जनताको सुरक्षा गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालयवाट शान्ति सुरक्षाको अवस्था, सुधार गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यक्रम अन्तर्गत जोहाङ्ग, जुनियाँ, भार्से, हँसरा, लिम्घा लगायतका गाविसका विभिन्न टोलमा ११ टोल सुधार समितिको गठन भएको र गाउँ समाजका सामान्य झैझगडा टोल सुधार समितिबाट मिल्ने गरेपछि इलाका प्रहरी कार्यालयमा आउने उजुरीमा कमी आएको कार्यालय प्रमुख विश्वकर्माले जानकारी गराउनुभयो । हंसारा लगायत आसपासका क्षेत्रमा चोरी गर्ने र सन्त्रास सृजना गर्ने हँसरा ७ नेटाका विष्णु बहादुुर परियार खोजीको सुचीमा रहेको र त्यसका लागि स्थानीयवासीले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । इलाका अन्तर्गतका सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख, विभिन्न राजनीति दलका प्रतिनिधी, पत्रकार, शिक्षक, समाजसेवी तथा सर्वसाधारण लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन प्रहरी हवल्दार विष्णुराम सुुनुवारले गर्नुभएको थियो
No comments:
Post a Comment