Voice of Gulmi,७ भदौ, दोलखा । दोलखाको बोच गाविसस्थित चरङ्गेमा आज बिहान दुई आमा छोरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
बोच- १ घर भएकी ४० वर्षकी राधिका श्रेष्ठ र उनका छोरा १२ वर्षका सन्देश श्रेष्ठ चरङ्गेस्थित आफ्नै होटलमा मृत फेला परेका हुन् ।
मृतकमध्ये राधिकाको टाउकोमा सामान्य चोट देखिएको छ । प्रहरी टोली अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको दोलखाका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
मृतक महिलाको टाउकोमा चोट देखिएका कारण उनीहरु दुवैको कर्तव्य गरी हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
मृतक महिलाको श्रीमान्को पनि केही वर्षअघि साउदी अरवमा मृत्यु भएको थियो । वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका श्रीमान्को मृत्यु भएपछि उनी छोराको साथमा चरङ्गेेमा होटल गरेर बस्दै आएकी थिइन् ।
No comments:
Post a Comment