Saturday, November 24, 2012

Voice of Gulmi,

प्रेमीको उक्साहटमा १६ वर्षिया किशोरीद्वारा आमाको हत्या



हरियाणा, मंसिर ७ (एजेन्सी/नागरिक) - सोनापति जिल्लामा मारिएकी एक महिलाको हत्यामा उनकै छोरीको संलग्नता देखिएको छ। १६ वर्षे किशोरीले आफ्नो २३ वर्षे प्रेमिकाको उक्साहटमा आफ्नै आमाको हत्या गरेकी फेला परेको हो। बुधबारमात्रै महिलाको शव नालीमा फेला परेको थियो।
बिबाह भइसकेका २३ वर्षे युवकसँग प्रेममा परेकी छोरीलाई छुटाउने प्रयास गरेकै कारण किशोरीले आमाको हत्या गरेकी हुन्। हत्या भएको १० दिनपछि प्रहरीले छोरीको संलग्नता रहेको फेला पारेको हो।
किशोरीको मामाले अचानक उनी गायव भएपछि खोजी सुरु गरेका थिए। त्यसपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा किशोरी र उनका प्रेमिले परस्पर विरोधी कुरा गरेपछि यो कुरा खुलेको हो।
हत्यापछि किशोरीले आमाको शरीरमा थुप्रै नुन हालेकी थिइन्। नुन हालेपछि शव छिटो कुहिन्छ।

No comments:

Post a Comment