Voice of Gulmi,
मिडिया एनपी, काठमाडौं,
२१ बैशाख । एक समय नेपाली फिल्म उद्योगमा एटियम, चपली हाईट जस्ता फिल्म बने
जसमा नायिकालाई नङ्ग्याइयो । त्यसैको पछि लागेर अन्य फिल्मकर्मीहरुले पनि
नायिकाका कपडा छोटा बनाउन प्रतिस्पर्धा गरे । फलस्वरुप नेपाली दर्शक र
फिल्मबीचको दुरी निक्कै बढ्यो । यौनिकतामा बनाएका फिल्म चल्न चाडेपछि
सिनेकर्मीहरुले फिल्ममा नयाँ विषयबस्तुको खोजी गर्न थाले । बिस्तारै नेपाली
सिनेमा र दर्शकको दुरी घट्दै गएका बेला फेरि फिल्ममा स्त्रि नङ्ग्याउने
क्रम सुरु भएको छ ।
कुनै बेला फिल्ममा कलाभन्दा शरीरका अंग
बेचेका नायिकाहरु गुमनाम भएको यो समय फिल्ममा अंग प्रदर्शन गर्न आईपुुगेकी
छिन् पोर्न स्टार बन्छुभन्दै हिडेकी अर्चना पनेरु । उनलाई निर्देशक राजुु
गिरीले चलचित्र ‘जिस्म’मा अर्धनग्न रुपमा प्रस्तुत गरेसँगै उनको नाङ्गो
शरीर ‘छेस्को’ बाट पनि उनको अर्धनग्न शरीर बाहिरिएको छ ।
सार्वजनिक फिल्मको पोस्टरमा अर्चनासँगै
राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । जेठ २१ बाट प्रदर्शनमा आउन
लागेको फिल्मलाई यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुति
निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ ।
छेस्को सानो सिन्को भएपनि यसले खुट्टामा बिझाउने घाउ त्यसलाई मात्र थाहा
हुने सन्देश दिने निर्माणपक्षको दावी छ । यस चलचित्रलाई सुरेश थापाले
निर्देशन गरेका हुन् ।
दुर्गा बिष्टको प्रस्तुती रहेको यस
चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ
। सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’
देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण
श्रेष्ठले जनाएका छन् ।
No comments:
Post a Comment