Voice of Gulmi,रुपन्देहीमा सर्पले टोकेर सोमबार एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सेमरा गाउँ विकास समिति वडा नं। ४ की सुभा कहारको सर्पको टोकाई वाट ज्यान गएको हो । घरमा वसिरहेको वेला सर्पले टोकेर घाइते भएकी कहारलाई उपचारको लागि भैरहवा लैजाँदौ गर्दा वाटो मै ज्यान गएको हो । एन्टी स्नेक भेनम नभएपछि कपिलवस्तुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा आएका विरामी जिवन मरणको लडाइ लडिरहेका छन् । भेनमको अभावमा कपिलवस्तु जिल्लाका अतिरिक्त रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाची, दाड., प्युठान, तथा भारतको सिद्धार्थनगर जिल्लाबाट आएका डेढ दर्जन बढि विरामी जिवनमरणको लडाइ लड्न बाध्य भएका हुन् । भदौ महिना लागेपछि मात्र सर्पदंश उपचार केन्द्रमा कुल ६० जना विरामी आएका मध्ये भेनम सकिएपछि डेढ दर्जन विरामी उपचार पाउनबाट बञ्चित हुंदा जिवन मरणको लडाइ लडिरहेको चनइ गाविस खगेन्दपुरका थानेश्वर भुसालले बताउनुभयो । सरकारी स्तरबाट केन्द्रिय रेडक्रस सोसाइटीले आजसम्म एन्टी स्नेक भेनम सम्वन्धीत जिल्लाका स्वास्थ्य संस्थामा पठाउने बताए पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधी उपलव्ध भएको छैन । सरकारी बेवास्ताका कारण एन्टी स्नेक भेनम औषधीको आएको छैन । दैनिक ८ देखी १० जनासम्म विरामी आउने केन्द्रले यस अगाडी नै औषधी अभाव भएपछि सुचना टांँस गरीे उपचार दिन नसकिने जनाइसकेको छ ।
No comments:
Post a Comment