Voice of Gulmi,काठमाडौं, फागुन ८ – गृहमन्त्रालयको विषयमा कसले झुटो बोलेको होला, कांग्रेस वा एमालेले ? अहिलेसम्म यसको कुनै टुंगो लागेको छैन ।
एमालेले गृहमन्त्रालय एमालेले पाउने मौखिक
सहमति भएको दावी गर्दै आएको छ भने कांग्रेसले खण्डन गर्दै आएको छ । तर यी
दुई दल मध्ये कसले झुटो बोलेको छ भन्ने कुरा यकिन गर्न एक जना एमाले नेताले
प्रविधि प्रयोग गर्न सकिने बताएका छन् ।
एमाले नेता प्रदीप ज्ञवालीले प्रहरीले
अपराधीका विषयमा अनुसन्धान गर्न प्रयोग गरिरहेको पोलिग्राफिक टेस्ट प्रयोग
गर्न चुनौती दिनुभएको हो । ‘सहमति नभई एमालेले हावाको भरमा ब्यक्ति र पदको
निर्णय गर्दैन ।’ रिपोटर्स क्बले गरेको कार्यक्रममा एमाले प्रचार विभाग
प्रमुख ज्ञवालीले भन्नुभयो, ‘शंका लागे प्रहरीकोमा डिटेक्टर छ अरे कसले झुट
बोलेको छ परीक्षण गरे हुन्छ ।’
एमाले नेता ज्ञवालीले डिटेक्टर शब्दावली
प्रयोग गरेपनि उहाँको आशय पोलिग्राफिक टेस्ट थियो । प्रहरीले अपराध
अनुसन्धानमा भर्खरै प्रयोगमा ल्याएको पोलिग्राफिक टेस्ट प्रभावकारी हुने
अपेक्षासहित त्यसको परीक्षण प्रयोग गरिरहेको छ
No comments:
Post a Comment