Voice of Gulmi,माघ २७ ।-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको
छ । बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ४७०३ नम्बरको यात्रुबाहक
बसले विपरीत दिशातर्फ गइरहेको लु १३ प ५७६३ नम्बरको पल्सर मोटरसाइकललाई
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चनई ५ खरेन्द्रपुर स्थित छाला फैक्ट्री
नजिकै हिजो ठक्कर दिएको हो । ज्यान जानेमा चनई ७, कटुवाका २८ वर्षीय अब्दुल वफा र
कृष्णनगर बस्ने २६ वर्षीय उमर अन्सारी रहेका प्रहरीले जनाएको छ । हिजो
अपरान्न ४ बजे दुर्घटना भएपछि आक्रोसित पीडित पक्षले त्यसक्षेत्रमा
अबेरसम्म यातायात अबरुद्ध पारेका थिए । पीडित पक्षले बसचालकको लापरबाहीले
आफन्त गुमाउनु परेको आरोप लगाउँदै कडाभन्दा कडा कारबाहीको माग गर्दै
अबेरसम्म पनि शव उठाएका थिएनन् । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रण
लिई कारवाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी
नायब निरीक्षक महाशर्मा पाण्डेले बताउनुभएको छ ।
No comments:
Post a Comment