Voice of Gulmi,गुल्मी । ट्याक्टरको पछाडिको ढालाले लागेर शुक्रबार दिब्रुङ ३ दहमा ७
बर्षिय एक बालकको मृत्यु भएको छ । दिब्रुङ ३ का अमर बलालको छोरा बिलनको
लु२त २७०६ नम्बरको ट्याक्टरको पछाडिको ढालाले लागेर घटनास्थलमै मृृत्यु
भएको हो । इलाका प्रहरी शान्तिपुरका सहायक निरीक्षक शंकर श्रेष्ठका अनुसार
ट्याक्टरको पछाडि झुन्डिन खोज्दा ढाला खुलेर निधारमा गहिरो चोट लागेकाले
अत्यधिक रक्तस्राव भएको थियो ।
No comments:
Post a Comment