Monday, January 27, 2014

मुटु रोग पिडित श्यामलाई पौने दुई लाख सहयोग

Voice of Gulmi,
प्रेम सुनार, गुल्मी  माघ १२-
 मुटुले काम नगरे पछि आर्थिक अभावका कारण उपचार गर्न नसकेर मृत्यु स्वीकार गर्न बाध्य भएका गुल्मी हस्तीचौरका श्याम घर्तिको जिवन रक्षाका लागि आज एक संस्थाले उनको उपचार्थ झण्डै पौने दुई लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । गुल्मी सेवा समाज युएई सहित अन्यले आज सामुदायिक रेडियो स्काईले आयोजना गरेको कार्यक्रममा १ लाख ६९ हजार रुपैयाँ श्यामकी आमालाई हस्तान्तरण गरेको हो । सामुदायिक रेडियो स्काईबाट उत्पादन हुँदै आएको चर्चित रेडियो कार्यक्रम ओझेलका खवरमा केहि हप्ता अघि उनको कथा–ब्याथा गुल्मी टाईम्स डटकम मार्फत सुनेपछि दुबईमा कार्यरत र गुल्मी सेवा समाज युएईको नामबाट संगठित गुल्मेलीहरुको सक्रियतामा रु १ लाख ३९ हजार र अर्को स्थानबाट पठाईएको ३० हजार समेत कर्यक्रमको अध्यक्षता गरी रहेका गुल्मी सेवा समाज नेपाल शाखाका अध्यक्ष शंकर ज्ञवाली र कार्यक्रमका प्रमुख अतिथी सामुदायिक रेडियो स्काईका उपाध्यक्ष हरिबहादुर के.सी.ले श्यामकीआमा गोमा घर्तिलाई सो रकम हस्तान्तरण गरेका थिए । गुल्मी सेवा समाजका सयौंले सहयोग गरी सो रकम पठाएका थिए भने सोही दोहा कतारमा कार्यरत गुल्मी दर्लामचौर ४ रामकोटका वावुराम महतको सक्रियतामा त्यहाँ रहेका अन्यर दर्लामचौरवासी र हस्तीचौरका प्रेम के.सी., कमल केसी, नमदेव पन्थी गजेन्द्र केसी, खिम केसी,रोशन कुँवर, तम्घासका राजु उपाध्याय,दिपक पछाई, गोविन्द पन्थी, किसन केसी, सुर्य बोहरा, कृष्ण बोहराबाट सहयोग संकलन भई ओझेलका खवर सञ्चालक प्रेम सुनारको नाममा पठाएको ३० हजार रुपैयाँ आजै हस्तान्तरण गरिएको हो । रकम हस्तान्तर गर्दै कार्यक्रमका प्रमुख अतिथी हरिबहादुर के.सीले त्यस सामुदायिक रेडियो खोल्ने समस्त शेयर सदस्यहरुको उद्देश्यको बाटोमा आफुहरु हिड्न सुरु गरेको महसुस भएको बताए । भने–‘ हामी १ सय ३० जना शेयर सदस्यहरुले यस्तै असाहय, गरिव र पछाडी परेको वर्गको उत्थान र उपकार गर्न सकियोस भनेर सामुदायिक रेडियो खोलेका थियौं , अहिले श्याम जस्ता पिडितहरुको पक्षमा खवर बनाएर सहयोग गर्न पाएकोमा त्यही उद्देस्य पथमा हामी हिड्न सुरु गरेको महशुस गरेका छौं । उनले कार्यक्रम ओझेलका खवर र उ सित सहकार्य गरी रहेका अन्य रेडियोहरु र अनलाईन मिडिया गुल्मी टाईम्स डटकम लगायतका सञ्चार माध्यमको पनि खुलेर प्रंशसा गर्दै धन्यवाद दिए । उनले अवका सञ्चार माध्यमले यस्तै ओझेलमा परेका दुखी गरिवको कुराहरु उठाउनु पर्नेमा जोड दिदै भने –‘श्यामको कुरा सञ्चार माध्यममा नआएको भए यसरी उनको जिवन रक्षा गर्ने कार्य अगाडी बढ्नै सक्दैन्थ्यो । कार्यक्रममा गुल्मी सेवा समाज नेपालका अध्यक्ष शंकर ज्ञवालीले प्रवास र स्वदेशमा आफुहरुले मानव उद्धारको क्षेत्रमा उल्लेख्य सेवा गर्दै आएको बताउँदै समाजले श्यामलाई सहयोग संकलन कार्य जारी नै राखेको बताए । समाजका उपाध्यक्ष एवं जिल्लाका पुराना पत्रकार समेत रहेका भुवन अर्यालले रेडियो स्काईबाट उत्पादन हुने कार्यक्रम आझेलका खवरले उठाउँदै आएका मानव उद्धारका यस्ता विषयलाई अझै अगाडी बढाउन सुझव श्यामको उपचारका लागि सहयोगको अपिल सम्वन्धी खवर ओझेलका खवर सम्म ल्याई पुराएका हस्तीचौर १ तरिखर्कका समाज सेवी ईन्द्रबहादुर कुँवरले ओझेलका खवर युनिट र पत्रकार अनिल खत्री तथा सहयोगदता सबै प्रति आभार प्रकट गरे । श्यामकी आमाले सहयोग रकम समात्दै मेरो छोरा अव बाँच्छ होला भन्दै भक्काने छाडिन् ।कार्यक्रमका बक्ताहरुले गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष तुल्सीराम पौड्याल, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष रामलाल न्युरे र गुल्मी टुडे डटकम सञ्चालक मानबहादुर कुँवर लगायतका गुल्मेलीहरुले श्यामको सहयोग संकलनमा खेलेको भुमिकाको प्रंशसा गरेका थिए । कार्यक्रम पत्रकार विशाल भट्टराई , सामुदायिक रेडियोका शेयर सदस्य थम्मन केसी, लक्ष्मण बस्नेत , रेडियो गुल्मीका प्रतिनीधीहरु माया पुन र संगम मरासीनी लगायतको सहभागिता थियो । समाजका अध्यक्ष शंकर ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष भुवन अर्यालको स्वागत मन्तब्य र ओझेलका खवर सञ्चालक प्रेम सुनारको सञ्चालन रहेको थियो । यस अघि ईजराईलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा ईजराईल युरोप र अमेरिकामा कार्यरत नेपालीहरुले ३० हजार , दर्लामचौरको रामकोट निवासी जगनाथ अधिकारीले १५ हजार २५ रुपैयाँ , गुल्मीको अर्खले घर भई ईजराईलमा कार्यरत मञ्जु थापाले १० हजार रुपैयाँ सहयोग पठाएका थिए ।
श्यामकी आमालाई सहयोग हस्तान्तरण गर्दै  रेडियो स्काईका उपाध्यक्ष हरिबहादुर केसी र समाजका अध्यक्ष शंकर ज्ञवाली
तस्वीरः प्रेम सुनार

No comments:

Post a Comment