Friday, February 12, 2016

कारको ठक्करबाट एक जनाको मृत्यु

Voice of Gulmi,


माघ २९ – निजी कारले ठक्कर दिँदा धादिङको गजुरीमा एक जना पैदल यात्रीको ज्यान गएको छ ।
काठमाडौंबाट चितवनका लागि छुटेको बा ५ च ६८४४ नम्बरको कारले गजुरीमा बाटामा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिँदा अन्य चार जना घाइते भएका छन् ।
कारको ठक्करबाट गजुरी–१ की १९ वर्षकी सपना लामाको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment