Voice of Gulmi, (झापा), माघ २८ ।
पूर्व
उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण
मुलुक सिक्किमीकरण र भुटानीकरण हुनबाट बचेको बताउनुभएको छ ।
प्रेस
चौतारी झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट
कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीको ‘चट्टानी’ अडानकै कारण नेपालीको
राष्ट्रिय भावनाप्रति भारतीय शासकलाई सोच्न बाध्य बनाएको बताउनुभयो ।
उहाँले मुलुकलाई सिक्किमीकरण, भुटानीकरण वा फिजीकरण हुनबाट जोगाउन वर्तमान
सरकारको सचेतताले भूमिका खेलेको छ भन्नुभयो ।
युवा
सङ्घ नेपालका पूर्व अध्यक्षसमेत रहनुभएका बस्नेतले विदेशिएका ३० लाख
युवाले पठाउने विप्रेषणको तुलनामा मुलुकको गार्हस्थ्य उत्पादन नबढेको भन्दै
छ खर्ब व्यापार घाटा भएको अवस्थामा उत्तिकै मात्रामा आएको विप्रेषणले
मुलुकको अर्थतन्त्र धानिरहेको धारणा राख्नुभयो ।
No comments:
Post a Comment