Thursday, February 4, 2016

विश्व ​फुटबल वरियतामा नेपाल आठ स्थान माथि

Voice of Gulmi, माघ २१ – नेपाल विश्व फुटबल बरियतामा आठ स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता क्रममा नेपाल ४१ अंकसहित १ सय ८८ औं स्थानमा उक्लिएको हो । 
यसअघि नेपाल १ सय ९६ औं स्थानमा थियो । अफगानिस्तान विश्व वरियताको १ सय ५४ स्थानमा र दक्षिण एसियामा भने शीर्ष स्थानमा कायमै छ भने माल्दिभ्स १ सय ५७, भारत १ सय ६२, बंगलादेश १ सय ७७ र पाकिस्तान १ सय ८५ औँ स्थानमा छन् । यस्तै श्रीलंका १ सय ८९ औं र भुटान १ सय ९३ औँ स्थानमा छ ।
विश्ववरियतामा बेल्जियम शीर्ष स्थानमा, अर्जेन्टिना दोस्रो र स्पेन तेस्रो स्थानमा छन् । उत्कृष्ट १० भित्र क्रमशः बेल्जियम, अर्जेन्टिना, स्पेन, जर्मनी, चिली, ब्राजिल, पोर्चुगल, कोलम्बीया, इंगल्याण्ड, अष्ट्रिया रहेका छन् ।

No comments:

Post a Comment