Sunday, February 14, 2016

सातौं राष्ट्रपति रनिङ्ग शिल्ड क्षेत्र नं २ को छनोट प्रतियोगीता सुरु

Voice of Gulmi,
khelkud जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालन भएको क्षेत्रिय छनोट प्रतियोगीतामा क्षेत्र नं २ को छनोट कार्यक्रम जिल्लाको सदरमुकाम तम्घासको चिदीचौरमा आजबाट सुरु भएको छ ।
शनिवार र आईतवार दुई दिन चल्ने छनोट प्रतियोगीतामा क्षेत्र नं २ का १६ बिद्यायका खेलाडी प्रचियोगीतामा सहभागीता रहेको छ । प्रतियोगीतामा भलिवल,एथ्लेटिक्स, ज्यावलिङ्ग थ्रो, हाइजम्प, लङ्गजम्प, सटफुट,कराँते त्रिपलजम,रिले दौड, कवडीखेल लगायतका खेलहरु संञ्चालन हुनेछन् ।
पहिलो दिन महिलातथा पुरुष भलिवल, सटफुट, कवडी महिला तथा पुरुष लगायतका खेल सम्पन्न भएका छन् । प्रतियोगीता सम्पन्न गर्न शशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल प्रहरी, स्थानीय युवा क्लव तथा जिल्ला खेलकुद विकास समितिका कार्यालयका टिम खटिएका छन् ।
छनोट प्रतियोगीताको आज एक कार्यक्रमका बिच सुरु गएिको छ । सदरमुकाम तम्घासमा सम्पन्न एक कार्यक्रका बिच जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले प्रतियोगिताको उदघाटन गर्नु भएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रमुख, बिभिन्न बिद्यालयका प्रअ, खेलाडी तथा पत्रकारहरुको सहभागिता कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष कृष्ण बिश्वकर्माको स्वागत रहेको थियो । छनेट प्रतियोगित क्षेत्र नं. १ को कुर्घामा माघ २२, २३ र २४ गते सम्पन्न भएको थियो भने क्षेत्र नं ३ को क्षेत्रिय छनोट माघ २७ र २८ गते पृथ्वी उमावि पुर्कोटमा, सम्पन्न भएका छन् ।

No comments:

Post a Comment