Voice of Gulmi,प्रेम सुनार गुल्मी । -
अन्तराष्ट्रिय नारी दिवसका अवसरमा नारी हक अधिकारका कुरा उठी रहेका
बेला जिल्ला प्रहरी कार्यालय गुल्मीले भने अवैध सम्वन्धबाट शिसुको जन्म दिई
जंगलमा फालेको अभियोगमा गुल्मी खज्र्याङ्गकी एक युवतीलाई पक्राउ गरेको
समाचार दिएको छ ।
फागुन ११ गते खज्याङ्गको बाटो नजिकै जंगलमा मृत फेला परेको शिसु उनैको
भएको आशंकामा प्रहरीले २१ वर्षिया सुस्मीता (नाम परिवतर्न) लाई पक्राउ
गरेको जानकारी दिएको हो । त्यस कार्यालयका सुचना अधिकृत रहेका प्रहरी
निरक्षक निशन्त श्रीवास्तवले उनि त्यस दिन देखि फरार रहेको र वुटवल देखि
पक्राउ गरी हिरासतमा लिएको बताए ।
ति युवतीले शिसु मारेर फालेको आशंका गरिए पनि त्यो शिसु कुन पुरुषको हो
भन्ने नखुलेको उनको भनाई छ । ति युवतीसंग निकै हेउपेउ रहेको भनिएका एक
स्वास्थ्यकर्मी पुरुषलाई भने प्रहरीले सामन्य सोधपुछ गरी छाडेको बताईएको छ
।
ति पुरुष कुनै एक दलको प्रभावशाली कार्यकर्ता रहेकोले राजनैतिक संरक्षण
पाएको खज्र्याङ्गका केहि समाज सेवीहरुको आरोप छ । प्रहरी निरक्षक
श्रीवस्तवले भने त्यो आरोप गलत भएको बताएका छन् । मृत शिसुको गलामा महिलाको
भित्री वस्त्रले कसीएको बताईन्छ । मृत शिसु स्थानियले फेला पारेर
प्रहरीलाई जानकारी दिएका थिए । नारी दिवसको अवसरमा उनको जवानी लुट्ने पुरुष
पानी माथीको ओभानो हुने र ति युवती शिसु हत्याको अभियोगमा जेल जाने हुन की
भन्ने संकेत देखा परेको छ ।
No comments:
Post a Comment