Voice of Gulmi,सीता भण्डारी,गुल्मी, २८। - फागुन,गुल्मीको
ग्वादीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते
भएका छन् । ग्वादीवाट रीमुवा तर्फ बालुवा लिएर जाँदै गरेको लु २ त ४३९९
नम्बरको ट्याक्टर ग्वादीको वार्ड नं ८ पोसापाखामा दुर्घटना ग्रस्त भएको हो ।
दुर्घट्नामा परी वामीका १५ वर्षिय युवराज रसाइलीको उपचारका क्रममा मृत्यु
भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घाईतेहरु ग्वादी
वार्ड नं ८ की १९ वर्षिय मीना विक,सोही ठाउकै २३ वर्षिय लीला विक, रिमुवा ४
की १५ वर्षिय निरा विक, रिमुवा ८ का ५० वर्षिय भक्त बहादुर सिंजाली र उनकी
श्रीमती होमा सिंजालीको पाल्पा मिसन अस्पताल तान्सेनमा उपचार भईरहेको छ ।
उक्त ट्याक्टर उकालो वाटोमा गेयर चेन्जगर्ने क्रममा अनियन्त्रीत भई सडकबाट
करीब ३ सय मीटर तल खसी दुर्घटना ग्रस्त भएको हो । ट्याक्टर चालक भने फरार
रहेको र खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment