Voice of Gulmi,अनिल खत्री गुल्मी फाल्गुन २३ :-गुल्मी जिल्लाको क्षेत्र
नं. १ जुनिया गाबिसको चोरकाटेमा दुई दिने एकिकृत घुम्ती सिबिर सम्पन्न भएको
छ । जिल्ला प्रसासन कार्यालय गुल्मीको आयोजनामा बिहिबार र शुक्रबार दुई
सम्म सम्पन्न शिबिरमा सदर मुकाम तम्घासबाट दिइने सेवा प्रदान गरिएको थियो ।
शिबिरमा जिल्ला प्रसासन कार्यलयबाट नागिरता,जिल्ला हुलाक कार्यलय बाट
हुलाक टिकट बितरण,नेपाल टेलिकम बाट सिमकाड बितरण,जिल्ला आर्युबेद
कार्यलयबाट बिामी जाच जेष्ट नागरिक शक्त्ती व्र्दक औषदी बितरण नसा रोगीलाई
मेसिनबाट सेक्ने,महिला तथा वालवालिका अपाङ्गपरिचय पत्र बितरण, र महिला
हिंसा बिरुद्ध शिक्षा ,जिल्ला स्वाथ्य कार्यलयबाट बिरामी जाच औषदी बितरण र
स्वाथ्य शिक्षा ,जिल्ला कृषि बिकास कार्यलयबाट बिउपल बितरण,वालिबिरुवाको
नमुना सहित प्लान्ट क्लिनिक,जिल्ला निर्वाचन कार्यलयबाट फोटो सहितको मतदाता
नामावली संकलन ,जिल्ला पसु सेवा कार्यलयबाट नाम्ले तथा माटे रोगको औषदी
बितरण,जिल्ला प्रहरी शान्ति सुरक्षा सम्बन्धी शिक्षा लगायतका कार्यलयको
सेवा प्रदान गरिएको साहयक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकादिनु
भयो । दुई दिन सम्म संञ्चालित घुम्ती शिबिरमा जिल्ला प्रसासनबाट १ सय ८४
जनाले नागरिता प्राप्त गरेका छन । ६ सय ६३ जनाले आर्युबेद स्वाथ्य सेवा,३
सय ६० जनाले जिल्ला कृषि कार्यलयबाट बिउ वाली तथा कृषि सम्बन्धी परामर्स, ३
सय ६५ जनाले नेपाल टेलिकम बाट सिम काड ,२ सय ४३ जनाले पसु सेवा बाट नाम्ले
तथा माटे रारेगको औषदी बितरण , ३१ जनाले अपाङ्ग परिचय पत्र ,२ सय ६४ जनाले
फोटो सहितको मतदाता नामावालीमा नाम दर्ता,२ सय ३५ जनाको जिल्ला स्वाथ्य
कार्यलय बाट स्वाथ्य परिक्षण गरेकोे साहयक प्रमुख जिल्ला अधिकारी गौरव
पन्थीले जानकादिनु भयो । स्वाथ्य परिक्षण गरिएका मध्ये ५ जनाको पाठेघरको
सम्बन्धी अप्रेसनको लागी अनेत्र सिफारिस गरिएको बताइएको छ ।
No comments:
Post a Comment