Voice of Gulmi,शिबलाल सुबेदी गुल्मी २ चैत्र । -
रंगहरुको चाड होली पर्व आज गुल्मी जिल्लामा बिभिन्न कार्यक्रमहरु ग्रि
मनाइएको छ । गुल्मी जिल्लामा पछिल्लो समयमा होली बिशेष हर्सोल्लासका साथ
मनाउन थालिएको छ ।
रगंहरुको पर्व होली आज गुल्मी जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न
स्थानहरुमा घैटो फोर्ने तथा बिभिन्न सागिंतिक मनोरञ्जनका कार्यक्रमहरु ग्रि
मनाइएको हो । केटाकेटी देखि युवायुवती र बृद्धबृद्धाहरु समेतले आज रगंहरु
दलेर होली पर्व मनाएका छन । होलीमा रातो, निलो, पहेलो, हरियो, लगायतका
बिभिन्न रगंहरुको प्रयोग भएका थिए । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र
सद्भाव दर्शाउने पर्वको रुपमा समेत लिने गरिन्छ ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीले पनि होलीको दिन आज सुरक्षा ब्यवस्थालाई
कडा बनाएको थियो । होलीमा जथाभावी रगं दल्ने, लोला हान्ने लगायतका बिभिन्न
उछिन्खल गतिबिधीहरु ह्ुने भन्दै सुरक्षा ब्यवस्था कडा पारेको थियो ।
प्रहरील्े आज दिनभर होलीलाई अनुशासित र मर्यादित बनाउनका लागि बिहानैदेखि
माइकिङ्ग गदै सदरमुकाम तम्घास बजारको परिक्रमा गरेको थियो । होलीमा समाजमा
विकृति, विसंगति र उच्छृङखल गतिविधि हुन सक्ने भन्दै प्रहरीले
जिल्लावासीहरु बिशेष अनुरोध गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका निमित्त
प्रहरी प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिन्भयो ।
यस्तै होली पर्वमा हुन सक्ने दुर्घटना न्यूनीकरण्ँ गर्न ट्राफिक प्रहरीले
समेत आज दिनभर विशेÈ अभियान सञ्चालन गरेको थियो । जिल्ला ट्राफिक प्रहरी
कार्यलय गुल्मीले सदरमुकाम तम्घासका बिभिन्न स्थानहरुमा चेकप्वाइन्ट खडा
गरी सवारी जा“च तथा चालकहरुले मदिरा सेवन गरे नगरेको चेकजाचं गरेको थियो ।
मादक पदार्थ सेवन गरी गाडी चलाउने, हेलमेट नलगाउने, Ôमता भन्दा बढी यात्रु
चढाउने, लगायतका बिभिन्न गल्ती गर्ने केही सवारीका साधन र चालकहरुलाई
ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ । गुल्मी जिल्लामा अघिल्ला दिनहरुको
तुलनामा आइतबार सवारीका साधनहरु समेत कमी चलेका थिए । अघिल्ला बर्षहरुमा स
साना दुर्घटनाहरु ह्ुने गरेकाले यस बर्ष भने कुनै दुर्घटना नभएको जिल्ला
प्रहरी कार्यलय गुल्मीले जनाएको छ । आईतवार पहाडमा होली पर्व मनाइएको हो
भने सोमबार तराइमा गरि यस बर्षको होली मनाइदै छ
No comments:
Post a Comment