Tuesday, March 11, 2014

जीप दूर्घटनामा दुईको मृत्यु, ११ घाईते

Voice of Gulmi,
जनार्दन घिमिरे/गुल्मी समाचारदाता गुल्मी, २७ फागुन ।- गुल्मीको ठूलोलुम्पेक गाविसमा मंगलवार भएको जिप दूर्घटनामा परि एकै घरका दुई जनाको ज्यान गएको छ भने अन्य ११ जना घाईते भएका छन् । दूर्घटनामापरि सोही गाविस ३ निवासी ६० वर्षीय सन्त वहादुर राहाडी र निजकि ५५ वर्षीय श्रीमती खगिसरा राहाडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलवार विहान सन्त वहादुरको घटना स्थलमै ज्यान गएको वताए पनि गंभिर घाईते भएका उनीहरु दुवै जनाको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वताईएको छ । ठूलो लुम्पेकवाट वुटवलतर्फ जादै गरेको लु १ ज १९५८ नम्वरको उक्त जीप मंगलवार विहान सोही गाविस २ र ३ वार्डको सिमाना स्थित कुँदार भन्ने स्थानमा दूर्घटना भएको वताईएको थियो । व्रेक फेल भई दूर्घटना भएको उक्त जीप सडकवाट ५० मिटर तल खसेको छ । घाईतेहरु मध्य मंगलवार सात जनाको प्राथमिक स्वास्थ्य केन्द्र रिडि र अन्य चार जनाको पाल्पा स्थित लुम्विनि मेडिकल कलेज प्रवासमा उपचार भईरहेको प्रहरीले वताएको छ । घटना स्थल सदरमुकाम तम्घासदेखि १४ कोष टाढा पूर्वमा पर्दछ ।

No comments:

Post a Comment