Voice of Gulmi,काठमाडौं शुक्रबार , २३ फागुन नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज प्राविधिक गडबडीका कारण काठमाडौं विमानस्थलबाट उड्नासाथ आपतकालीन अवतरण गरेको छ ।
काठमाडौंबाट लामीडाँडा उड्दै गरेको ट्विनअटर जहाज रनवे छाडेर एक सय फिट माथि पुगेपछि आपतकालीन अवतरण गरेको हो ।
विमानस्थलमा रहेका प्रहरी उपरीक्षक दीलिप चौधरीले विमान ‘इमर्जेन्सी ल्यण्डिङ’ गरेको र यात्रुहरु सकुशल रहेको पुष्टी गरे पनि त्यसबारे विस्तृत विवरण आफूलाई थाहा नभएको बताए ।
विमानको चालक दलमा क्याप्टेन सञ्जय वैद्य, को–पाइलट प्रशान्त राईका साथै १५ जना वयस्क र तीन जना बालक रहेको बुझिएको छ ।
यसअघि पोखराबाट जुम्ला जाँदै गरेको निगमकै ट्विनअटर विमान ४ फागुनमा अघाँखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

No comments:
Post a Comment