Voice of Gulmi,टोपलाल अर्याल
। आगामी स्थानिय निकायको चुनावमा नेकपा एमालेलाई पहिलो
शत्तिको रुपमा उभ्याउन एमाले नेता प्रदिपकुमार ज्ञवालीले आफ्ना जिल्ला
स्तरिय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । दोस्रो संविधान सभा
चुनावमा गुल्मी जिल्लामा नेकपा एमाले दोस्रो शत्ति भएपनि जनमतको हिसावले
पहिलो भएकाले निरासा होइन नयाँ उमङ्ग र आशाका साथ निर्वाचनमा लाग्न उहाँले
अनुरोध समेत गर्नु भयो ।
नेकपा एमाले गुल्मी क्षेत्र नं २ को दोस्रो अबिधेशनलाई संबोधन गर्दै एमाले प्रचार बिभाग प्रमुख ज्ञवालीले पहिले एमाओवादीले गर्ने जस्तो गलत प्रचारबाजी गर्ने प्रवृति अहिले काङग्रेसमा हावी भएको आरोप लगाउनु भयो । तम्घास -अर्खले –भुवनपानी –नयाँगाउँ मोटरबाटोको लागी हामीले अर्थमन्त्रालयको ढोका ढकढकाएर रकम प¥यौ, अहिले केहि काङग्रेसका नेताहरुले आफुले गरेको भन्दै नाम राख्दै हिडेका छन रे । उहाँले भन्नु भयो लङका जित्ने हनुमान पगेरी गुथ्ने ढेडु ।
अधिबेशनको उद्घाटन सत्र सकिएको र आगामी २ बर्षको लागी नयाँ नेतृत्व चयन गर्नका लागी बन्दसत्र शुरु भएको अनेरास्वावियूका जिल्ला सचिव राजेन्द्र बिक्रम कुवंरले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निलकण्ठ गौतम, नर्मदा भण्डारी, मैना भण्डारी, अञ्चल कमिटि सदस्य कोशल पोख्रेल, पुर्व जिल्ला अध्यक्ष बोम बहादुर खड्का, जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्थ, सचिव सोमनाथ सापकोटा, गुल्मी काडमाण्डौ सम्पर्क मञ्च क्षेत्र नं २ का अध्यक्ष रविन्द्र जंङ्ग रायमाझि लगायतले शुभकामना मन्तव्य ब्याक्त गर्नुभएको थियो । अधिबेशन आयोजक कमिटि सयोजक देवनारायण ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रम आयोजक कमिटि सदस्य कर्ण बिकको स्वागत एवं उपसंयोजक भुवन टण्डनको संचालनमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment