Tuesday, July 30, 2013

रिडीमा सटर भाडा आकाशियो

Voice of Gulmi,    रिडी बसपार्क तथा आसपासका ठाउँहरुमा ब्यवसाय संचालनका लागि प्रयोग गरिने सटरहरुको भाडा अप्रत्यासित रुपमा आकाशीएको छ्। हिजो रिडी उच्च माबिले बसपार्क चोकमा रहेको करीब ८ वटा सटरहरु भाडामा दिनका लागि गरेको गोप्य बोलपत्रका क्रममा ३०० प्रतिशतले मुल्य ब्रिद्धी हुँदै भाडाका लागि गएको छ ।
प्रती महिना ३ हजार रुपैँया रहेको सटरको भाडा गोप्य बढीबढामा जाँदा अहिले ११ हजार रुपैया कायम भएको छ । त्यस्तै प्रतीमहिना २००० रुपैँया रहेको सटरको भाडा अहिले ९ हजार रुपैँयामा कायम भएको छ । अप्रत्यासित रुपमा यसरी सटरहरुको भाडा बृद्दी भए पछी सटरमा बस्ने ब्यबसायीहरु तथा उपभोक्ताहरु मारमा पर्ने भएका छन भने यसले रिडीमा रहेका अन्य सटरहरु तथा घरको भाडा बढ्ने निस्चित भएको छ । साथै यस्ले रिडीमा महंगी निम्त्याउने सम्भावना पनि प्रबल बनाएको छ ।

No comments:

Post a Comment